मुख्य समाचार

बजेट कार्यान्वयनमा गएसँगै आर्थिक सुधारकाे थालनी : अर्थमन्त्री महत

काठमाडौं, २५ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएसँगै दोस्रो चरणको आर्थिक सुधार थालनी भएको बताएका छन् । आज अर्थमन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री महतले अहिले अर्थतन्त्र सुधारोन्मुख रहेको र आगामी आर्थिक वर्षको बजेटमा राखिएका योजना तथा कार्यक्रमको कार्यान्वयनबाट थप सकारात्मक लय समात्ने उनको भनाइ छ । “अर्थतन्त्रलाई कसरी लयमा ल्याउने भन्ने हिसाबले आगामी आर्थिक वर्षको बजेट प्रस्ताव भएको छ । यसबाट दोस्रो चरणको शुरुआत भएको छ । यो सुधारलाई हामीले घनीभूत बनाएर लैजानुपर्नेछ । यसलाई… पुरा पढौ

नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार

काठमाडौं, २५ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार ओरालाेको यात्रामा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८० अंकले घटेर २०७६.९६ विन्दुमा झरेको छ । नेप्सेमा ०.०४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.११ अंकले बढेर ३८८.६२ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहरुमध्ये ७ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । ६ वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । कुल ९९३ वटा कम्पनीहरुको सेयर खरिदबिक्री… पुरा पढौ

शोधनान्तर स्थितिमा सुधार, जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २१.८ प्रतिशतले बढ्यो

काठमाडाैं, २५ असार। चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ७४ करोडले बचतमा छ । साथै समीक्षा… पुरा पढौ

आइतबार मात्रै भयाे ४१ अर्व ६८ करोडको सरकारी भुक्तानी

काठमाडाैं, २५ असार । सरकारले हिजाे आइतबारमात्रै ४१ अर्ब ६८ करोड रूपैयाँको भुक्तानी गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङअनुसार आइतबार भएको भुक्तानी चालु आर्थिक वर्षभर भएको खर्चको अनुपातमा ३ प्रतिशत हो। यही व्यवस्थाको कारणले असार २० गतेदेखि २४ गतेसम्मको ४ दिनमा १ खर्ब रूपैयाँ खर्च भएको छ। यो हालसम्म भएको खर्चको ७ प्रतिशत रकम हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष अन्त्य हुनुभन्दा कम्तीमा १ साताअघि खर्च गर्ने व्यवस्था गरेकोमा आइतबार यसरी अत्यधिक भुक्तानी भएको हाे। आर्थिक कार्यविधि… पुरा पढौ

आइएमइ, प्रभु र खल्तीपे पनि नेपालपे क्युआरमा आबद्ध

काठमाडौं, २५ असार। हाल नेपालमा संचालित डिजिटल वालेटहरू आइएमइपे, खल्ती र प्रभुपे नेपालपे क्युआरमा आबद्ध भएका छन्। अब ग्राहकले यी वालेटहरु प्रयोग गरी नेपालपे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएकाे हाे । नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपेका अपरेसन्स तथा फाइनान्स हेड रवि सिग्देललगायतले बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधिहरूका बीच संयुक्त रुपमा यी सेवाहरू सार्वजनिक भएको… पुरा पढौ

मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वका लागि मौद्रिक नीति आउँछ: शिवाकोटी

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताएका छन्। काठमाडौँमा आयोजित ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै शिवाकोटीले यस्तो बताएका हुन। “नेपाल राष्ट्र बैंकले तोकेअनुसार नै मुख्यगरी दुईवटा विषयलाई केन्द्रमा राखेर मौद्रिक नीति आउनेछ । मुद्रास्फीति नियन्त्रणमा राख्ने र वित्तीय स्थायित्व कायम गर्ने कुरा मुख्य हुन्”, उनले भने । सरकारी राजस्व बढाउने, रोजगारी बढाउने जस्ता विषय मौद्रिक नीतिले प्रत्यक्षरूपमा नहेर्ने… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९ पैसा… पुरा पढौ

आइएमई लाइफकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २५ असार । आइएमई लाइफ इन्स्योरेन्सकाे सेयर (आईपीओ)मा आज आवेदन दिने अन्तिम दिन बाँकी रहेकाे छ । यसअघि असार २० गतेबाट सेयर खुल्ला गर्ने बताइएकाेमा प्राविधिक कारणले असार २१ का लागि मिति सारिएकाे थियाे । इन्स्योरेन्सले जनाए अनुसार प्रतिशेयर रुपैयाँ १०० अंकित दरमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रतिशेयर २३६ रुपैयाँ ९१ पैसामा कायम गरी सेयर खुलाइएकाे हाे। इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर खुलाउने भनेकाेमा १२ लाख कित्ता सेयर वैदेशिक… पुरा पढौ

पाठकले गर्छिन् अचार बिक्रीबाट वार्षिक ५ लाख आम्दानी

गल्याङ, २५ असार । स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छन् । उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिएकि थिइन। उनी आत्मनिर्भर मात्र बनिनन् प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आएकी छन् । तालिम लिएपछि उनले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक रुपमा अचार बनाउन थालिन । उनले रु ६० हजारबाट सुरु गरेको अचार उद्योगको लगानी हाल पाँच लाख… पुरा पढौ

सबै प्रदेशमा मेघ-गर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, २५ असार । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आषाढ २५ गते (सोमबार) दिउँसो:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि… पुरा पढौ