मुख्य समाचार

कृषिलाई सहकार्य, सहकारी, सामूहिक प्रणालीबाट अघि बढाउनु पर्छ : अध्यक्ष ओली

चितवन, १५ असार । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताएका छन्। धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने उल्लेख गरे। अध्यक्ष ओलीले भने, “अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि पेसातर्फ आकर्षण कम हुने गरेको छ । सहकार्य र सहकारी आवश्यक छ ।” खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने उल्लेख गर्दै… पुरा पढौ

आईएमई लाइफकाे आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, १५ असार । आईएमई लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकि रहेको छ। कम्पनीले असार १ गतेदेखि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर बिक्रीमा ल्याएकाे थियाे । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर जारि गरेकाे थियाे । कम्पनीका अनुसार जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर खुलाउने… पुरा पढौ

‘सफ्ट ओपनिङ’काे दिनमै कमलादीकाे स्काइवाकमा मनोरम दृश्य हेर्नेकाे भिड

काठमाडौं, १५ असार । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १० करोड टिकटमै खर्चिन्छन् । फ्रान्सको आइफल टावरमात्रै होइन, पर्यटक आकर्षित गर्न दुबईमा बुर्ज खलिफा, इटालीमा लिनिङ टावर, जापानमा स्काइट्रीलगायत विश्वका कैयन् देशले यस्ता संरचना बनाएका छन् । ती संरचनामार्फत ती देशले विदेशी… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, १५ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ र यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ बिक्रिदर १३१ रुपैयाँ ६० रहेको छ । यूरो १ को… पुरा पढौ

आज धान दिवस : खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै

काठमाडौं, १५ असार । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा… पुरा पढौ

उद्यमीलाई परियोजनामा ऋण दिनुपर्छ : अध्यक्ष ओली

चितवन, १५ असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताएका छन्। नेपाल युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले राम्रो परियोजनाका लागि पैसाको अभाव हुन नहुने बताए । बैंक र वित्तीय संस्था साहु हुन नहुने भन्दै उनले युवा उद्यमीलाई प्रोत्साहित गर्नुपर्ने बताए। उनले भने, “परियोजना उपयुक्त छ भने ऋण दिनुपर्छ । त्यसको अनुगमन पनि बैंकले गर्नुपर्छ ।” उद्यमी बिग्रँदा ऊ मात्रै नबिग्रने बैंक पनि बिग्रने भन्दै उनले अनुगमनको… पुरा पढौ

गोरखा सदरमुकामबाट ५४ केजीको टल्कने ढुङ्गा बरामद

गोरखा, १५ असार । गोरखामा प्रहरीले टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए। ‘साइन स्टोन’ हो भन्ने जानकारी आएपछि प्रहरीको टोलीले सम्बन्धित घरमा उक्त ढुङ्गा बरामद गरेर ल्याएको छ”, उनले भने “ढुङ्गा पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको रहेछ, प्रहरीलाई गोप्य ढङ्गबाट सूचना प्राप्त भएपछि घरबाट बरामद गरेर ल्याइएको हो, अहिलेसम्म हामीले हेर्दा बुझ्दा टल्कने ढुङ्गा भन्ने… पुरा पढौ

निजी क्षेत्रसँग सरकारको सहकार्य भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन्। नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले आर्थिक एवं औद्योगिक विकासका लागि परिसङ्घबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यावहारिक सुझाव प्राप्त भइरहेको र त्यसलाई सरकाले प्राथमिकतामा राखेको बताए। परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसङ्घ पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँगको भेटमा पुँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरेको थियो ।… पुरा पढौ

भैरहवामा खुल्यो पाँचतारे होटल ‘सिद्धार्थ भिलासा’

भैरहवा, १४ असार। हस्पिटालिटीकाे क्षेत्रमा एग्रेशिभ रूपमा अघि बढिरहेकाे सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पाँचतारे होटल 'सिद्धार्थ भिलासा' सञ्चालनमा ल्याएको छ । साढे २ अर्ब लगानीमा ४ बिघा क्षेत्रफलमा फैलिएको याे सिद्धार्थ भिलासा हाेटल लुम्बिनी प्रदेशको तेस्रो पाँचतारे होटल हाे ।यस होटलमा डिलक्स एक्जुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, स्वीट र डिलक्ससहित ८५ वटा कोठा रहेकाे बताइएकाे छ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमाेटर बाबुराम पन्तका अनुसार सुबिधासम्पन्न उक्त होटलमा क्यासिनोको समेत सुविधा छ । क्यासिनोकै लागि १८ हजार वर्गफिट… पुरा पढौ

२ अर्ब लगानीमा खुल्याे अन्तर्राष्ट्रिय गुणस्तरको टायल उद्योग

काठमाडाैं, १४ असार । घर तथा आवासलाई सुन्दर बनाउन हामीले प्रयोग गरेको टायलबाट वार्षिक कति रकम मुलुकबाट बाहिर जान्छ भन्ने अनुमान गर्नुभएको छ ? शहरीकरणका कारण मानिसका आवश्यकता र चाहनामा परिवर्तन भएका छन् । सोही कारण नेपालबाट वार्षिक १५ अर्ब बराबरको रकम टायल खरिदका लागि विदेशिने गरेको भन्सार विभागको तथ्याङ्क छ । यही यर्थाथतालाई मध्यनजर गर्दै नेपाली उद्योगी व्यवसायीले नै देशभित्र अन्तर्राष्ट्रिय गुणस्तरको टायल उत्पादन शुरु गरेका छन् । सरकारले लिएको औद्योगिककरणको नीति तथा हरेक क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यलाई सफल… पुरा पढौ