मुख्य समाचार

भोकमरी र गरिबी कायमै रहेकाे बेला विकासकाे गफ दिनु सार्थक हुदैन: अध्यक्ष ओली

काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भोकमरी र गरिबी कायमै छ भने विकास र मानवअधिकारका गफ दिनुको कुनै सार्थकता नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबजका आयाम र विशेषता’ विषयक विचारगोष्ठी एवं पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू विगतमा प्रधानमन्त्री हुँदा खान नपाएर र उपचार नपाएर कोही मर्नु नपरोस् भन्ने सोचका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प अघि सारेको… पुरा पढौ

वैदेशिक लगानीकाे सुरक्षा र संरक्षण गर्न सरकार प्रतिबद्द छ: उपप्रधानमन्त्री श्रेष्ठ

छेन्दु (चीन) १४ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक लगानीकाे सुरक्षा र संरक्षण गर्न सरकार प्रतिबद्द रहेकाे बताएका छन। सरकारले नेपालको लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी दिएका हुन। चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै उनले भने, “प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर गर्दै नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेका छौँ, लगानी गर्नुहोस् ।” नेपालमा लगानीका अवसरबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने,… पुरा पढौ

निजी विद्यालयका शिक्षकलाई सामुदायिक सरहको तलब दिन मेयर बालेन्द्र शाहकाे निर्देशन

काठमाडाैँ, १४ असार। काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन । सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोध समेत गरेका छन । महानगरका संस्थागत (निजी) विद्यालयका शिक्षकबाट तलबका विषयमा गुनासो आउने गरेको समेत उनले बताएका छन । ‘शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब… पुरा पढौ

१ करोड ६५ लाख कित्ता हकप्रद सेयर जारी गर्दै अपि पावर

काठमाडौं, १४ असार। अपि पावर कम्पनीले १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर जारी गर्ने भएकाे छ। हकप्रद सेयर जारीका लागि कंपनीले बुक क्लोज मिति समेत तोकेको छ। कम्पनीको हालै बसेको संचालक समितिको बैठकले असार २२ गतेका लागि बुक क्लोज मिति तोकेको हो। कम्पनीले १ बराबर १.४० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने बताएकाे छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनका लागि असार ६ गते स्वीकृति पाएको थियो। बुक क्लोज भन्दा अघिल्लो दिन अर्थात… पुरा पढौ

आज सार्वजनिक बिदा भएपनि बैंक तथा वित्तिय संस्थाहरु खुल्ला

काठमाडौं, १४ असार । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा भएपनि देशभरका अधिकांश बैंक तथा वित्तिय संस्थाहरु खुल्ला रहेका छन। गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको थियो । असार मसान्त नजिकै आएको र बैंकलाई रिकभरीको अत्याधिक प्रेसर समेत भएकोले आज बैंकहरु खुल्ला भएको एक बैंकरले बताए । उता बिदाको कारण स्कूल, कलेज, सरकारी कार्यालय, सेयरबजार लगायतका कार्यालय आज बन्द छन । पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कस्तो ?

काठमाडौं, १४ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको बढेको छ । अन्य देशहरुको मुद्राको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ बिक्रिदर… पुरा पढौ

चालु आवको पुषसम्म प्रमुख कृषि बाली उत्पादन ४.३ प्रतिशतले बढ्याे: राष्ट्र बैंक

काठमाडौं, १४ असार । नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर केन्द्रीय बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन ४ दशमलव ३ प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने २ दशमलव १ प्रतिशतले घटेको छ । खाद्य तथा अन्य बालीको… पुरा पढौ

आज हरिशयनी एकादशी पर्व, तुलसीको बिरुवा सारीदै

काठमाडौं, १४ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा बकर इद पर्वको शुभकामना

काठमाडौं, १४ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन्। मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्दै इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने बताए । मुस्लिम समुदायको ठूलो… पुरा पढौ

‘विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान हो’, प्रधानमन्त्री

काठमाडौं, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन्। इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अजहा) २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य भएको उल्लेख गरेका छन। बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री दाहालले यस्ता विविधतायुक्त विशेषता… पुरा पढौ