मुख्य समाचार

सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं, १३ असार । साताको सुनचाँदीको करोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ

याे साताकाे सेयर काराेबार हुने आज अन्तिम दिन, अब असार १७ गतेमात्र खुल्ने

काठमाडौं, १३ असार । याे साताकाे लागि सेयर काराेबार हुने आज बुधबार अन्तिम दिन हाे। नेपाल सरकारले बिहिबार बकर इदकाे सार्वजनिक बिदा दिएकाेले काराेबार हुने छैन । शुक्रबार र शनिबार काराेबार नहुने भएकाेले अब सेयरकाे काराेबार आइतबार असार १७ गते मात्रै खुल्नेछ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्तिमा जारी गरी असार १४ गते बिहीबार देशभर सार्वजनिक बिदा दिइएकाे जनाएका छन्। पुरा पढौ

सामुदायिक लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आजसम्म मात्र

काठमाडौं, १३ असार । सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बिहिबार बुकक्लोज गर्ने जानकारी दिएकाे छ। यसका लागि आजसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरु साधारण सभामा सहभागिता हुन र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन्। सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही असार २२ गते नवौँ वार्षिक साधारण सभा डाकेकाे छ । सभा काभ्रेपलाञ्चोककाे धुलिखेल लज रिसोर्ट, धुलिखेलमा डाकिएकाे छ । उक्त दिन सभा पूर्वान्ह ११… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोलगायत अन्य केही देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९५ पैसा बिक्रिदर १३१… पुरा पढौ

अप्पर स्याङ्गे हाईड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १३ असार । अप्पर स्याङ्गे हाईड्रोपावरले बिक्रीमा ल्याएकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५०० कित्ता सेयर निष्काशन गरेकाे थियाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता तथा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर बाँडफाँड गरेपछि सर्वसाधारणका सेयर निष्काशन गरेको थियाे । कम्पनीले ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकाे थियाे… पुरा पढौ

महालेखा नियन्त्रकद्वारा सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र

काठमाडौं, १३ असार । चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गरेको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोलेनिका र प्रलेनिकालाई पत्र पठाउँदै असार २४ गतेपछि भुक्तानी रोक्न भनेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था… पुरा पढौ

पोखरा महानगरको ७ अर्ब, १५ करोडको बजेट पारित

पाेखरा, १३ असार । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो महानगर पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट पारित भएको छ । महानगरको १३ औँ नगरसभामा गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी थिइन। पोखराले चालु आवको भन्दा कम बजेट आगामी आवका लागि ल्याएको थियो । चालु आवको बजेट ८ अर्ब, ९९ करोड दुई लाख २९ हजार रहेकामा असार ८ गतेसम्म रु तीन अर्ब… पुरा पढौ

ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ, ३ जना छुटे

काठमाडौं, १३ असार । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पनि पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर बडायतले जानकारी दिए। शाहले विसं २०७३ देखि २०७५ सम्म निर्वाचन आयुक्त भएर काम गरेका थिए। खोज तथा अनुन्धानका क्रममा सीआईबीले शाहसहित सात जनालाई पक्राउ गरेको थियो । उद्यपि यसअघि नै सर्वाेच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि पक्राउ परेका तीन जनालाई भने कागज गराएर छाडिएको छ… पुरा पढौ

ललिता निवास जग्गा प्रकरणमा थप ५ जना पक्राउ

काठमाडौं, १२ असार । ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले काठमाडौँका विभिन्न क्षेत्रबाट उनीहरुलाई आज पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपालीसहित धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की रहेका बताए । सिआइवीले कीर्ते गरेको कसुरमा उनीहरुविरुद्ध अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा आज बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर… पुरा पढौ

नेप्से परिसूचक अर्धशतक माथि, साढे ५ अर्बको कारोबार

काठमाडौं, १२ असार । केहि दिनदेखि नेप्सेको उकालो यात्रा जारि रहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा अर्धशतक पूरा भएको छ । १३ उपसमूहरुमध्ये १० वटा उपसमूहरुमा हरियाली छाएको छ । कारोबार रकम पनि सन्तोषजनक छ । यसले लगानीकर्ताहरुको मनोबल बढाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.६७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १३.४० अंकले बढेर ४१२.५१ विन्दुमा पुगेको छ । १३ वटा… पुरा पढौ