मुख्य समाचार

सुन र चाँदी दुबैको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौं, ११ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेकाे हाे। नेपाल सुनाचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ २ सयले बढेर तोलाको रुपैयाँ १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको… पुरा पढौ

नारायणगढ-बुटवल सडक : घाम लाग्दा धुलो, पानी परे हिलो

नवलपरासी , ११ असार । ४ लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । यो सँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ । यस खण्डको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सनका कारण पानी पर्नासाथ राजमार्ग बन्द हुने अवस्था रहेको छ । कतिपय पुल निर्माणको क्रममा छन् । यसका कारण डाइभर्सनबाट सवारी पास गर्नुपर्ने अवस्था छ । डाइभर्सन निर्माण… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोलगायत अन्य केही देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९६ पैसा बिक्रिदर… पुरा पढौ

तनहुँका १० स्थानीय तहले ल्याए करिब ८ अर्बकाे बजेट

दमौली, ११ असार । तनहुँका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ७ अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । तनहुँका सबै स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षले आइतबार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जिल्लाका सबै स्थानीय तहले कृषि, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको जनाएका छन् । व्यास… पुरा पढौ

काठमाडौं महानगरका सबै सेवा अब अनलाइनबाटै

काठमाडौं, ११ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गर्ने भएको छ । त्यसका लागि १५ करोड बजेट विनियोजना गरेको कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी गराएकी हुन। ‘सुशासनका लागि अनलाइन सेवा’ भन्ने नाराका साथ उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको पनि उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन। त्यसैगरी, ‘महानगरले देख्छ’ योजनालाई गौरवको आयोजनाका रुपमा विकास गरी त्यसका लागि रु २० करोड विनियोजन गरिएको छ । कामपाले आफ्नै टेलिभिजन सञ्चालान ल्याउने भएको छ । उक्त विषयलाई आगामी आवको… पुरा पढौ

असार २९ गतेदेखि हकप्रद सेयर जारि गर्दै नेशनल हाइड्रोपावर

काठमाडौं, ११ असार । नेशनल हाइड्रोपावरकाे हकप्रद सेयर असार २९ गतेदेखि बिक्रीमा ल्याउन लागिएकाे छ । कम्कानीले नाए अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको ५० प्रतिशत सेयर जारि गरिने भएकाे हाे । हाल कायम रहेकाे १० कित्ता बराबर नयाँ ५ कित्ता सेयर बिक्रीमा ल्याउन लागिएकाे हाे । कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद जारि गर्ने भएकाे छ। यसैकाे प्रयाेजनका लागि असार १ गते बुकक्लोज गरिएकाे थियो। जेठ… पुरा पढौ

पोखरा महानगरको ७ अर्ब १५ करोडको बजेटमा पूर्वाधारलाई मुख्य प्राथमिकता

पाेखरा, ११ असार । पोखरा महानगरपालिकाले आगामी आव ०८०/८१ को बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमा पुर्बाधारलाई मुख्य प्राथमिकता दिएको देखिन्छ। १३औँ नगरसभामा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी थिइन । महानगरले पूर्वाधारतर्फ २ अर्ब बजेट बिनियोजन गरेको छ । पर्यटन सहरी विकास तथा वातावरणतर्फ ७० करोड, आर्थिक विकासतर्फ रु १० करोड, सामाजिक विकासमा रु ६ करोड ५० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ रु ८१ करोड २२ लाख, वडा कार्यालयतर्फ रु… पुरा पढौ

कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको  सम्भावना

काठमाडौं, ११ असार । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको ले देशका विभिन्न स्थानमा आंशिकदेखि भारी बदली  रहने बताएको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले बिहान हल्का वर्षा भइरहेको छ । आषाढ ११ गते (सोमबार)  दिउँसो: देशभर सामान्य बदली रहनेछ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै भूभागहरू र बांकी तराईका थोरै… पुरा पढौ

वानएक्स बेटको प्रचार गर्ने थप १ जना युट्युबर पक्राउ

काठमाडौं, ११ असार । नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, तेमाल–८ घर भई काठमाडौँको बूढानीलकण्ठ–११ बस्ने २२ वर्षीय राजकुमार थापा भन्ने युट्युबर राजकुमार तमाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार तमाङले बेटिङ एप ‘वानएक्स बेट’ मार्फत विभिन्न खेलहरु खेलाउनका लागि आफ्नो युट्युब च्यानलमार्फत वानएक्स बेटलाई प्रचारप्रसारमा… पुरा पढौ

मनकामना इन्जीनियङ्ग र भगवती हाइड्रोपावरले पाए सेयर निष्काशनकाे अनुमति

काठमाडौं, १० असार । मनकामना इन्जीनियङ्ग हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर कम्पनीले सेयर (आईपीओ) निष्काशनकाे अनुमति पाएका छन्। सेबाेनले दुबै कम्पनीलाई सेयर निष्काशनकाे अनुमति दिएको हाे । सेबाेनले मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरका लागि २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशनकाे अनुमति दिएकाे छ । अनुमति पाएकाेले अब कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र सर्वसाधारणका लागि सेयर खुलाउने भएकाे छ । कम्पनीले दोलखाको सिंगटीमा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । जसकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा… पुरा पढौ