मुख्य समाचार

बुटवल उपमहानगरपालिकाकाे बजेट २ अर्ब ३६ करोड

लुम्बिनी, १० असार । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि रु दुई अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा आज उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण रु ३० करोड १७ लाख, ससर्त अनुदान रु ४७ करोड ९२ लाख, समपूरक अनुदान रु ८० लाख र विशेष अनुदान रु दुई करोड रहने अनुमान गरिएको छ । यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु दुई करोड ३१ लाख ६९ हजार, ससर्त… पुरा पढौ

भरतपुर महानगरपालिकालाई हरियाली सहर बनाइने

भरतपुर,१० असार । भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ । महानगरपालिकाको आज भएको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाइने बताउनुभएको हो । नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र खाली स्थान एवं चोकमा हरियाली वातावरण सिर्जना गरी मनमोहक तथा वातावरण मैत्री महानगर बनाउन एक परियोजनाका रुपमा हरियाली प्रवद्र्धन कार्यक्रमको थालनी गरिने उल्लेख छ । केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास… पुरा पढौ

टिसर्ट, झोला तथा मोटरसाइकल लगायतमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ । विधेयकअनुसार कुनै व्यक्ति, संस्था, कम्पनी वा फर्मले आफ्नो सेवा वा वस्तुको बिक्री वितरण वा प्रबर्द्धन गर्न पसल व्यवसायको पहिचान वा परिचयका लागि सञ्चालन भएको स्थानमा बढीमा ३० वर्ग फुटसम्मको विज्ञापन बोर्डलाई परिचयपाटी (साइनबोर्ड) को रुपमा राख्न दिइनेछ । त्यस्तो विज्ञापनमा पनि करको दर… पुरा पढौ

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम: पर्यटन, पूर्वाधार विकास, उद्यमशीलता, सुशासनलाई प्राथमिकता

पाेखरा, १० असार । कास्कीको पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखराको लक्ष्य हासिल गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुन्नत पोखरा निर्माणको लक्ष्यसहित थालिएका असल अभ्यासलाई अनुशरण गर्दै ‘समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ अघि बढेको बताए । विकास आयोजना निर्धारित समयमा नै सम्पन्न नहुने र तोकिएको भन्दा बढी लागत लाग्ने अवस्था न्यूनीकरण गर्न आयोजनाको प्रारम्भिक… पुरा पढौ

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडकाे बजेट

काठमाडौं १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गरेकाे बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट नियोजन गरिएको छ । कामपाले चालु आवका लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट… पुरा पढौ

लामो समयपछि नेप्सेमा उछाल, २११७ विन्दु क्रस गर्दा साढे ६ अर्बको कारोबार

काठमाडौं, १० असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा उछाल आएको छ । १३ वटै उपसमूहरुमा हरियाली छाएको छ भने कारोबार रकम पनि अहिले सम्मकै उच्च भएको छ । सेयर बजारमा आएको यो सकारात्मक उछालले लगानीकर्ताहरुमा खुसी छाएको छ । उनीहरुले बिगतको झैं ३० अंक बढीको बृद्धि कहिले होला भनेर पर्खिरहेका छन् । जे होस् यसदिनको सकारात्मक लहरले लगानीकर्ताहरुलाई र अर्थ बजारलाई चलायमान बनाएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ६२.२१ अंकले… पुरा पढौ

मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरपछि १५ वटा नयाँ बीमा योजनाहरु ल्याउने

काठमाडाैं, १० असार । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड आषाढभित्र मर्ज भएपछि इन्स्योरेन्सले १५ वटा नयाँ बीमा योजनाहरु ल्याउने भएकाे छ । एकिकृत कारोबार पछि बन्ने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” ले बजारमा विक्रिको लागि ल्याउने बीमा योजनाहरु छनोट गर्ने याेजना अनुरूप दुबै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्यन विश्लेषण पछि श्रावण १ गतेबाट विक्रि वितरणको लागि १५ वटा नयाँ बीमा योजनाहरु छनौट भइसकेकाे बताइएकाे छ । नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबारपछि प्रचलनमा ल्याउनका लागि उक्त योजनाहरु स्वीकृति… पुरा पढौ

विंडहाम होटल्स एण्ड रिसोर्टले ईटहरीमा ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’ सन्चालन गर्ने

इटहरी,१० असार । विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधिन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’को रुपमा सञ्चालनमा आउने भएको हो । रमडाको मातृ कम्पनी विंडहाम होटलस् एण्ड रिसोर्ट र ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेतबिच भारतको दिल्लीमा हालै होटल सञ्चालनको लागि सम्झौता भएको छ । सम्झौतापछि बोल्दै बस्नेतले नेपालको पर्यटन प्रबद्र्धन र होटल व्यवशायको प्रबद्र्धनमा याे नयाँ खुड्किलो भएको बताएका छन् । उनले रमडा ब्राण्डसँग आफ्नो होटललाई आबद्ध गर्न पाउँदा खुसी लागेको… पुरा पढौ

बजेट संशोधन नभई संसदमा छलफल गर्नुकाे कुनै औचित्य नभएकाे सांसदहरूकाे धारणा

काठमाडाैं, १० असार । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन नहुने हो भने त्यसबारे संसद्मा छलफल चलाउनुको औचित्य नरहने धारणा सांसदहरुले राखेका छन्। सदनमा उठेका विषयलाई सरकारले स्वामित्वकरण गर्न नसकेको र औपचारिकताका लागि मात्रै छलफल चलाइएको धारणा सांसदबाट आएको हो । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिनुहुँदै सांसद रमेश लेखकले बजेटमा संशोधन हुँदैन भन्नेकुरा विगतदेखिकै कार्यशैलीबाट स्थापित हुँदै गएको र प्रतिनिधिसभा नियमावलीले पनि त्यसलाई अनुमोदन गरेको बताए । “विनियोजन विधेयकका सन्दर्भमा… पुरा पढौ

प्रतिनिधिसभामा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीकाे प्रस्ताव

काठमाडौं, १० असार । प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएकाे छ । ३ जना सांसद डा अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले यस्तो प्रस्ताव पेस गरेका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार डा अमरेश कुमार सिंह र भगवती चौधरीले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाइ एक रूपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत… पुरा पढौ