मुख्य समाचार

विवाह मण्डपबाटै बेहुला पक्राउ, जन्तीको बिचल्ली

दमक, ८ असार । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले आज झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप… पुरा पढौ

देशभर बदली, केही स्थानमा मेघ-गर्जन चट्याङ्गसहित वर्षा

काठमाडौं, ८ असार । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ । बाँकी भू-भागमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली  रही सबै प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ । आषाढ ०८ गते (शुक्रबार)  दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम  प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको… पुरा पढौ

लम्पी स्किन रोगबाट अहिलेसम्म २१ हजार पशुको मृत्यु भएको छ : कृषिमन्त्री

काठमाडौं, ८ असार । कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले ७६ जिल्लामा लम्पी स्किन रोगबाट महामारी फैलिएको र त्यसबाट छ लाख आठ हजार पशु सङ्क्रमित हुँदा २१ हजार चार सयभन्दा बढी पशुको मृत्यु भइसकेको जानकारी दिएका छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री भुसालले महामारीकै रूप लिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोपको व्यवस्था भइरहेको र सिड भाइरस ल्याएर खोप उत्पादन गर्ने सोच रहेको पनि जानकारी दिए। किसानलाई आवश्यक मल खरिदका लागि सरकारले रु ३० अर्ब सुनिश्चत गरिसकेको… पुरा पढौ

राष्ट्रिय योजना आयोगद्वारा नयाँ आवधिक योजनाका लागि सुझाव सङ्कलन शुरु

काठमाडौं, ७ असार । राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजनाको अवधारणपत्र तयार पार्नका लागि सुझाव सङ्कलन थालेको छ । आयोगले बुधबारदेखि विभिन्न क्षेत्रका विषय विज्ञसँगको छलफल गरी सुझाव लिइरहेको छ । आज पनि चलेको छलफलमा योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य, अर्थविद्हरू, नेपाल सरकारका बहालवाला तथा पूर्वसचिव तथा विभिन्न विषय विज्ञ सहभागी छन् । आजको छलफलमा सहभागी विज्ञहरूले राष्ट्रिय योजना आयोगले बनाउने १६औँ आवधिक योजनाले सङ्घीयताको संरचनाअनुरुप योजना तर्जुमा हुनुपर्नेमा जोड दिए । प्रदेश र पालिकाको जिम्मेवारी तथा उपस्थितिलाई समेत विचार गरेर… पुरा पढौ

बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय

काठमाडौं, ७ असार । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ । चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा अर्थ मन्त्रालयले आज अरू विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ । छलफलका क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरे। उनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि… पुरा पढौ

नेप्सेमा झिनो अंकको बृद्धि, ३ अर्ब ४४ करोडको कारोबार

काठमाडौं, ७ असार । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा झिनो अंकको बृद्धि भएको छ । कारोबार रकम अघिल्ला केहि दिनहरुकोभन्दा थोरै भएपनि सन्तोषजनक रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.३० अंकले घटेर ३८५.८१ विन्दुमा रहेको छ । १३ वटै उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ ।… पुरा पढौ

पूर्व बैंकर अनिल शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

काठमाडौं, ७ असार । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाउदैं पार्टीमा स्वागत गरेका थिए । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समेत दिएको छ । शाह नेपालका अनुभवी र कुशल बैंकरका रूपमा परिचित थिए। हाल उनले बिभिन्न तालिम तथा सेमिनारहरूमा प्रशिक्षकका रूपमा कार्य गर्दै आएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अनिल केशरी शाहकाे… पुरा पढौ

अब साइबर क्राइम र ‘चेक बाउन्स मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने

काठमाडौं, ७ असार । अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ । सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरेपछि उक्त मुद्दाका काम, कारबाहीमा पीडित तथा सम्बद्ध अधिकारीका लागि सहज बनेको छ । नेपाल प्रहरीले सरकारले गरेको निर्णयले पीडितको सास्ती अली कम हुने र प्रहरीलाई पनि होलो हुने बताएको छ । उच्च अदालत पाटनले पनि चेक ‘बाउन्स’को मुद्दा जिल्लामा जाने भएपछि धेरै होलो हुने जनाएको छ । उच्च… पुरा पढौ

हवाई इन्धनको मूल्य घटेपछि जहाजकाे भाडा पनि घट्याे

काठमाडौं, ७ असार। नेपाल आयल निगमले हवाई इन्धनकाे मूल्य घटाएपछि नेपालमा संचालित वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले पारित गरेको नयाँ मूल्य अनुसार काठमाडौंबाट हुने हवाई भाडा अधिकतम् ४४५ रुपैयाँ सम्मले घटेको छ। यसअघि प्रतिलिटर १६० रुपैयाँ रहेको हवाई इन्धन १० रुपैयाँले घटेर १५० रुपैयाँ कायम भएपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका हुन। काठमाडौंबाट विभिन्न गन्तव्यमा हुँदै आएको नियमित उडानमध्ये धनगढी तर्फको हवाई भाडा ४४५ रुपैयाँले घटेको छ। यसैगरी काठमाडौं-भरतपुर तर्फको भाडा ११० रुपैयाँले घटेको… पुरा पढौ

राष्ट्रिय योजना आयोगले लियो १६औं योजनाका लागि विज्ञसँग सुझाव, कसले के भने ?

काठमाडौं, ७ असार । राष्ट्रिय योजना आयोगले १६औं योजनाका लागि आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्य तथा विज्ञहरुसँग सुझाव लिएको छ । आयोगले आर्थिक वर्ष २०८१-८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ । १६ औँ योजना कस्तो बनाउनु पर्छ भन्ने विषयमा बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर आयोगले पूर्व उपाध्यक्ष तथा विज्ञहरुसँग सुझाव लिएको हो। कार्यक्रममा अर्थमन्त्री समेत भइसकेका आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर… पुरा पढौ