मुख्य समाचार

नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजले गर्‍यो डिजिटल मूल्यांकन सेमिनार

पोखरा, २० वैशाख । नेपालको पहिलो होटल मेनेजमेन्ट कलेज पोखरा छिनेडाँडाको नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजले बुधबार कलेजमा त्रिकोणात्मक डिजिटल मूल्यांकन पद्धतिका बारेमा ३ अलग अलग कार्यक्रम गरेको छ । आफ्नो जीवनकालमा विषयगत क्षेत्रमा सिकेका सिप र ज्ञानहरुलाई हस्तान्तरण गर्न पम नेदरल्याण्ड्सबाट आएका मार्टिन, एरेण्ड र ज्यान सहितका तीनजना एक्सपर्टले विशेषगरी हस्पिटालिटिको बारेमा प्रविधियुक्त मूल्यांकन पद्धतिका बारेमा सेमिनार चलाएका हुन् । यसअघि पनि उनिहरु भोलेन्टेयरको रुपमा नेपाल आएका थिए । पहिलेपनि हामीहरुले उहाँहरुलाई बोलाएका थियौं । उहाँहरुले पहिलाका सेसनहरुमा… पुरा पढौ

अर्थतन्त्र वलियो बनाउन स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नुपर्छ: योजना आयोग उपाध्यक्ष डा. श्रेष्ठ

काठमाडौं, २० बैशाख । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगकाे कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो । भेटमा मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्ने बताए । स्वदेशी उत्पादनहरु प्रवर्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउनका लागि भूमिका खेल्न आयोग समक्ष उनले अनुरोध गरेका थिए । मूख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरु जताततै छ्याप्छ्याप्ती रहेको… पुरा पढौ

आगामी बजेटका बिषयमा सत्ता गठबन्धनबीच छलफल

काठमाडाैं, २० बैशाख । सत्तागठबन्धन आबद्ध दलका बीचमा बजेट पूर्वको छलफल, सरकारको वार्षिक नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र बजेटलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन। “आर्थिक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने, आर्थिक व्यवस्थापन कसरी गर्ने, बजेटलाई राम्रो बनाउने, जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरी बजेटको व्यवस्था गर्ने बारेमा मूलतः छलफल भयो”, बैठकपछि उनले भने । राष्ट्रपति… पुरा पढौ

नेप्से ९ अङ्कले घट्याे, ६२ करोडमा खुम्चियो कारोबार

काठमाडाैं, २० बैशाख । घट्दो क्रममा रहेको शेयरबजारले आज पनि निरन्तरता पाएको छ । यो साताकाे कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक रातो देखिएको हो । नेप्से परिसूचक आज ९ दशमलव १८ अङ्कले घटेर १ हजार ८ सय ५७ दशमलव २३ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार २ सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार पाँच सय ८६ कित्ता शेयर १८ हजार आठ सय ७६ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू ६२ करोड दुई… पुरा पढौ

चेम्बर अफ कमर्स र उद्योग वाणिज्य महासंघले ब्याजदर घटाउन संयुक्त पहल गर्ने

काठमाडौं, २० बैशाख । निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्धामा सहकार्य गर्ने समझदारी भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ सहित कार्यसमितिलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा बधाई एवं स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियार सम्वन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको हो । मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन र निजी क्षेत्रको आवाजलाई संगठित बनाउन चेम्बर र महासंघले समन्वय गर्नुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए… पुरा पढौ

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे किन परे पक्राउ ?

काठमाडाैं,२० बैशाख। नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । कडायतका अनुसार “नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा सचिव पाण्डेलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको छ । प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो… पुरा पढौ

व्यवसायी कँडेल मृत्यु प्रकरण: २ जनाविरुद्ध पर्याे उजुरी

चितवन, २० बैशाख । पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा २ जनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले राती समाजिक सञ्जाल ह्वाटएप मार्फत उजुरी आएको बताए । कँडेल नेपाली कांग्रेस चितवनका महासमिति सदस्य थिए । कांग्रेस… पुरा पढौ

सबै अधिकारको चालक अभिव्यक्ति स्वतन्त्रता

काठमाडौं। युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको सम्मेलनले बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको सम्झनामा प्रत्येक वर्षको मे ३ का दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्र सङ्घले निर्णय गरेपछि सन् १९९३ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा पनि विगत लामो समयदेखि यो दिवस मनाइँदै आएको छ । विश्वमा यो दिवस मनाउन थालेको ३० वर्ष भयो । यस अवधिमा नेपाल र विश्वभर थुप्रै परिवर्तन भएका छन् । प्रेस… पुरा पढौ

एकैदिन १८ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं, २० वैशाख । बुधबार सुनचाँदीको भाउ भारि मात्राले बढेको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउमा १ हजार ८ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ८ हजार ८ सय रुपयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १८… पुरा पढौ

दार्चुला हिमपहिरो: बेपत्ताको पहिचान खुल्यो, उद्धारमा कठिनाइ

खलङ्गा, २० वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहँु गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन् । दुवैजना आमाछोरा हुन् । यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५… पुरा पढौ