मुख्य समाचार

बारा-२ मा जनता समाजवादीका अध्यक्ष यादव विजयी

काठमाडौं, १३ वैशाख ।  बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनि जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्दै विजयी भएका हुन् । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले यादवले २८ हजार ४ सय १५ मत पाए । कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए । नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याए। चितवन र तनहुँमा विजयी भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार… पुरा पढौ

लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

काठमाडौं,  १३ वैशाख । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। वैशाख १३ गते (बुधवार) दिउँसोː लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको  सम्भावना… पुरा पढौ

अर्थतन्त्र सुधार्न उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ : परिसङ्घ

काठमाडौं, १३ वैशाख । नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र सुधार्नका लागि उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्ने बताएको छ । परिसङ्घको टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर सरकारले उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिएको हो । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको उच्च सङ्कुचनका उद्योगी व्यवसायी नाजुक अवस्थामा रहेको बताए। उनले उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको भन्दै अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गरे। परिसङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत… पुरा पढौ

१९०५ विन्दुमा उक्लियो नेप्से, कारोबारमा शिवम सिमेन्ट अब्बल

काठमाडौं, १२ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सुधार भएको छ । नेप्सेमा आएको सकारात्मक परिवर्तनले लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.९२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.२७ अंकले बढेर ३६३.६५ विन्दुमा पुगेको छ । यसदिन १३ वटै उपसमूहहरुमध्ये एउटा म्युचुअल फण्डमा मात्रै रातो लागेको छ । यो समूहको सेयर घटेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरुको सेयर… पुरा पढौ

सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने

चितवन, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन्। चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए। उनले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भने, “मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।” यही अपेक्षालाई आफूले शिरोपर गरेको उनको भनाइ छ । उनले भने, “यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।”… पुरा पढौ

गण्डकी प्रदेश प्रमुखले गरे सरकार गठनकाे आह्वान

पाेखरा, १२ वैशाख । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार तीन दिन (वैशाख १४ गते दिनको ४ बजे) भित्रमा सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस धारामा कुनै पनि दलको स्पष्ट बहुमत नभएका अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्ने… पुरा पढौ

अब नेपालकाे पानी विदेश निर्यात हुने, गुणस्तर मापदण्ड पारित

काठमाडौं, १२ वैशाख । गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको सो मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा हालै बसेको बैठकले पारित गरेको हो । मापदण्ड पारित भएसँगै अब नेपालकाे पानी विदेश निर्यात गर्ने बाटो खुलेको छ । विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ ।परिषद्को सोही निर्णयसँगै पानी, चिया, कफीलगायत वस्तु विदेश निर्यातमा सहज हुने विभागका प्रवक्ता ज्योती जोशी भट्टले जानकारी दिइन… पुरा पढौ

तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउछु: डा वाग्ले

दमौली, १२ वैशाख । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन। मतगणनाअनुसार डा वाग्ले ३४ हजार ९ सय ११ मत प्राप्त गरी विजयी भएका हुन्। सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे। उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले… पुरा पढौ

माईखोला हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, १२ वैशाख । माईखोला हाइड्रोपावरकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको बताइएकाे छ। कम्पनीले बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयर खुलाएकाे थियाे । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि तथा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ । जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशतले हुने १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता से्यर छुट्याइएकोमा ७६ हजार ४७९… पुरा पढौ

अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं, १२ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहित अन्य देशकाे मुद्राकाे भाउ घटेकाे छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा बिक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ… पुरा पढौ