मुख्य समाचार

सन्दीप लामिछानेविरुद्धको जाहेरीवाला नाबालिग नभएको दावी

काठमाडौं, २४ असोज । नाबालिग बलात्कारको आरोपमा पक्राऊ परेका सन्दीप लामिछानेले जाहेरीवाला नाबालिग नभएको दावी गरेका छन् । म्याद थपका लागि आज सोमबार आरोपित लामिछानेलाई प्रहरीले जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । लामिछानेसँग न्यायाधीशले घटनाबारे सोधपूछ गरेका थिए । सोही क्रममा लामिछानेले जाहेरीवालाकै आग्रहमा होटलमा गएको र उनी नाबालिग पनि नभएको दावी गरेका हुन् । लामिछानेले जाहेरीवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको आरोपितका वकिल सरोजकृष्ण घिमिरेले पनि दोहोर्याए । जाहेरीवालाले आफू १९ वर्षको भएको इजलास समक्ष बताएको घिमिरेको… पुरा पढौ

हाइड्रोजन ऊर्जाको विकासमा नेपालले अग्रणी भूमिका खेल्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं, २४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताएकी छन् । ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ उद्घाटन गर्दै उनले नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातका लागि प्रचुर सम्भावना रहेको बताइन । “हाइड्रोजनको व्यावसायिक प्रयोग नवीनतम प्रविधि हो । यसको व्यापार सहज भइसकेको छैन । पर्याप्त जलस्रोत उपलब्ध भएकाले नेपालमा यसको सम्भावना अन्य देशको भन्दा… पुरा पढौ

हकप्रद सेयर जारी गर्दै मल्टीपर्पस फाइनान्स

काठमाडौं, २४ असोज । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको गत असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल कायम चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति मागेको कम्पनीले जनाएको छ । राष्ट्र बैंकले आगामी वार्षिक तथा विशेष साधारण सभाबाट पारित भएपछि उक्त हकप्रद सेयर निष्कासनको लागि सहमति दिएको थियो । हकप्रद निष्कासनपछि कम्पनीको… पुरा पढौ

कालीकोटमा बेपत्ता १३ मलामीमा मृतकका बाबु र वडाध्यक्ष पनि

कालिकोट, २४ असोज । कालिकोटको तिलागुफामा हेमराज शाहीको अन्त्येष्टिमा गएर बेपत्ता रहेका मलामीमा मृतकका बाबु र वडाध्यक्ष समेत रहेको खुलेको छ । शनिबार मृत्यु भएका तिलागुफा नगरपालिका–४ का १८ वर्षीय हेमराज शाहीको अन्त्येष्टिका लागि उनका बुबा कालीबहादुर शाहीलगायत ६० भन्दा बढी मलामी गएको बुझिएको छ । स्थानीय राचुलीमा रहेको नदी किनारमा हेमराजबा बुबा कालीबहादुरले शवमा दागबत्ती दिए । नगरपालिकाका उपमेयर महेन्द्रबहादुर शाहीलेका अनुसार चिता जल्दै गर्दा माथिबाट पहिरो खसेको पहिरोले मृतकका बुबा कालीबाहादुर तथा वडा नम्बर-४ का अध्यक्ष प्रसिद्ध शाहीसहित… पुरा पढौ

१८ अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २४ असाेज । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेकाे छ । राष्ट्र बैंकले जारी गर्ने साे ट्रेजरी बिलहरू २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि रहेका छन्। साे बिलहरू असाेज २५ गते मंगलबार जारी हुने भएका छन्। यसका लागि आज साेमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको जानकारी दिएकाे छ । यो कात्तिक २२ गते परिपक्व हुने… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ असोज । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिन एकैपटक रूपैयाँ ३००० ले बृद्धि भएको सुन ताेलामा आज रूपैयाँ ८०० ले गिरावट भएको छ । चाँदी ताेलामा रूपैयाँ २५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रूपैयाँ ८०० ले घटेर तोलाको ९५ हजार २०० रूपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको ९६ हजार रूपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ

मलामी गएका १३ जना बेपत्ता, खोजी जारी

कालिकोट, २४ असोज । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा मलामी गएका १३ जना बेपत्ता भएका छन् । बेपत्ता भएका सबै १३ जना तिलागुफा नगरपालिकाको राँचुली गाउँका रहेका बताइएको छ । शनिबार मृत्यु भएका हेमराज शाहीको मलामी गएकामध्ये १३ बेपत्ता भएका कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सफलआवाजलाई जानकारी दिए । 'शनिबार ४-५ बजेतिर मलामी गएकामध्ये १४-१५ जना बेपत्ता भएको र सञ्चार समयमै सञ्चार हुन नसकेकोले हामीलाई आज सोमबार बिहान घटनाबारे सूचना आयो । सूचना आएलगत्तै प्रहरीहरु घटनास्थलमा पठाइएको छ । शुरुमा… पुरा पढौ

काभ्रेमा ६ पदका लागि ६७ को उम्मेदवारी

काभ्रेपलाञ्चोक, २४ असोज । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा छ पदका लागि ६७ ले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता भएकामध्ये चार प्रदेशसभा सदस्यभन्दा दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अधिक रहेको छ । मनोनयन दर्ताअन्तर्गत जिल्लाको दुई प्रतिनिधिसभा क्षेत्रमा ३३ जनाले उम्मेदवारी दर्ता गरेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ र २ मा १६ ले उम्मेदवारी दर्ता गराए । दुवै क्षेत्रको प्रदेशसभा (क)… पुरा पढौ

बाँकेमा अधिकांश स्थानीय तह डुबानमा

नेपालगञ्ज, २४ असोज । केही दिनयतादेखि निरन्तर परेको वर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुबान तथा बाढीले प्रभावित भएका छन् । प्राकृतिक विपद्का कारणले करिब पाँच सय घरपरिवारका कम्तीमा तीन हजार पाँच सय विस्थापित भएका छन् । सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् । राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका–२ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा तीन सय घरधुरी विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए। “विस्थापित भनेका जोखिम देखेर घर छाड्नेहरु… पुरा पढौ

यस्ताे छ आगामी ३ दिनकाे माैसम पूर्वानुमान

काठमाडौं, २४ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएकाे छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  असोज २४ गते (सोमवार) दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा  सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र… पुरा पढौ