मुख्य समाचार

जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी भित्र्याइयोस्: प्रम देउवा

काठमाडौं, ४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरे। “प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गर्नुभयो”, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सो भेटमा सहभागी नेपालका लागि इन्डोनेशियाका… पुरा पढौ

उत्पादनमूलक क्षेत्रलाई कम ब्याजमा ऋण दिनुपर्छ: अर्थमन्त्री

काठमाडौं, ४ असोज । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री शर्माले औद्योगिक एवं उत्पादनमूलक क्षेत्र लगानी अभावमा समस्यामा पर्न नहुने बताए । मन्त्री शर्माले ती क्षेत्रको विकासबिना देशको आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै लगानीको अभावमा धरासायी बन्न नहुने उल्लेख गरे । परियोजनालाई धितो राखेर नै लगानी गर्ने प्रबन्ध गरिनुपर्नेमा उनको जोड थियो । ग्रामीण अर्थतन्त्रको विकास… पुरा पढौ

अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या, काठमाडौं पठाइँदै

कैलाली, ४ असोज । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा विगत ९ दिनदेखि अनसन बसिरहेका डा. केसीको आमाशयमा रक्तस्राव भएपछि काठमाडौं पठाउने तयारी भइरहेको छ । डा. केसीले काठमाडौं जान नमाने पनि उनको जीवन रक्षाको लागि अस्पताल प्रशासनले जबर्जस्ती काठमाडौं पठाउने तयारी गरेको बुझिएको छ । डा. केसी आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडानमा रहेकाले स्वास्थ्य गम्भीरतालाई ध्यानमा राख्दै काठमाडौं पठाउने व्यवस्था गर्न लागिएको अस्पतालको भनाइ छ । काठमाडौंबाट डा. केसीलाई पठाउन… पुरा पढौ

नेप्सेमा ३८.८१ अंकको गिरावट, कारोबार रकम १ अर्ब माथि

काठमाडौं, ४ असोज । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार राताम्मै भएको छ । नेपाल बैंकर्स संघले यसअघिको भद्र सहमतिलाई तोड्दै बैंकहरुले स्वतन्त्र तवरले ब्याजदर बढाउन सक्ने निर्णय गरेसंगै ओरालो लागेको सेयर बजारमा सकारात्मक लय कहिले आउने हो यो पत्ताे छैन । सेयर बजारमा भइरहेको नकारात्मक प्रभावले लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ । नेप्सेमा २.०७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.०० अंकले… पुरा पढौ

टुकुचा खोतल्ने महानगरको अभियानमा पुरातत्वको ध्यानाकर्षण

काठमाडौं, ४ असोज । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोतल्न थालेकोप्रति पुरातत्व विभागको ध्यानाकर्षण भएको छ । महानगरले राजदरबारबाट निस्केपछि हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोज्न अभियान चलाएपछि विभागको ध्यान तानिएको हो । विभागले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म परम्परागत प्रविधिबाट भूमिगत गरिएको टुकुचा पुरातात्विक पूर्वाधार भएको भन्दै महानगरले खोतल्न थालेपछि त्यसबारे अध्ययन गर्ने भएको हो । विभागले टुकुचामा महानगरले उत्खनन गरिरहेको पूर्वाधारबारे अध्ययन गर्न एक टोली खटाएको छ । उक्त टोलीले अध्ययन गरेर टुकुचा भूमिगत गरिएको क्षेत्रको पूर्वाधारबारे प्रतिवेदन बुझाउने विभागको… पुरा पढौ

दसैंका लागि ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ

काठमाडौं, ४ असाेज । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसैका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत,… पुरा पढौ

भारतमा बिजुली निर्यातबाट ४ महिनामा ७ अर्ब आम्दानी

काठमाडौं, ४ असोज । नेपालबाट भदौ महिनामा २ अर्ब ४२ करोड रुपैयाँ बराबरको बिजुली भारतमा निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत हुन नसकेको २४ करोड ६५ लाख २९ हजार युनिट बिजुली भारत निर्यात गरेको हो । यसबापत् भदौ महिनामा प्राधिकरणलाई २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी भएको छ । देशभित्र खपत गरी बाँकी रहेको वर्षायामको बिजुली गएको जेठ १९ गतेदेखि बिक्री गर्न थालिएको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे(अहेड बजारमा… पुरा पढौ

आजदेखि थप काउन्टरबाट ई-सिम वितरण गर्दै टेलिकम

काठमाडौं, ४ असाेज । नेपाल टेलिकमले सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकलाई निःशुल्क ई–सिम वितरण गरिरहेकोमा आजदेखि कम्पनीका थप ग्राहक सेवा केन्द्रहरुबाट वितरण शुरु गरेकाे छ । आन्तरिक परीक्षण र प्रयोग सफल भएपछि टेलिकमले ग्राहकमाझ प्रबर्द्धनात्मक परीक्षणका रुपमा वितरण शुरु गरेकाे हाे ।कम्पनीसँग अधिक संख्या मौज्दात रहेको जनाइएकाे छ।  ग्राहकको सुविधालाइ ध्यानमा राखेर शुरुमा सुन्धारामा रहेकाे ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई-सिम आजदेखि थप ग्राहक सेवा केन्द्रहरु नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी, पुलचोकलगायतका केन्द्रबाट वितरण हुँदैछ ।… पुरा पढौ

आशा लघुवित्तकाे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, ४ असाेज । आशा लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता सेयरकाे लिलामी बिक्री खुल्ला गरिएकाे जनाएकाे छ । लघुवित्तले संस्थापक समूहको ३ लाख कित्ता सेयर लिलामी बिक्रीका लागि खुल्ला गरेकाे हाे । यसमा लघुवित्तका संस्थापक सेयरधनीहरु, अन्य व्यक्ति र विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्ने भएका छन्।  लिलामी बिक्मारीमा ल्याइएकाे साे सेयरकाे मूल्य घटीमा प्रतिकित्ता ३९५ रुपैयाँ रहेकाे छ । खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्यलाइ आधार बनाएर त्यसभन्दा माथिकाे मूल्यमा बोलकबोल पेश गर्नुपर्नेछ।  लगानीकर्ताले घटीमा १० हजार… पुरा पढौ

त्रिशुली हाइड्रोको बाँकी सेयर रकम दाखिला गर्न सकिने

काठमाडौं, ४ असाेज । त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएकाे साधारण सेयरकाे चुक्ता गर्न बाँकी रकम रहेकाे रकम आजबाट बुझाउन सकिने भएकाे छ।  माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक रहेकाे त्रिशूली जलविद्युत कम्पनीले एउटा सूचना प्रकाशन गरेर बाँकी रहेकाे रकम बुझाउन सेयरधनीहरुलाई आव्हान गरेकाे हाे ।  कम्पनीकाे २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म रुपैयाँ २ अर्ब ४७ करोडको ३७ करोड ५ लाख रुपैयाँ बराबरको ३७ लाख ५ हजार कित्ता साधारण सेयर जारी भएकाे थियो। १० रुपैयाँका दरले रकम… पुरा पढौ