मुख्य समाचार

हिमालयन बैंकको साढे २ अर्ब बराबरको ऋणपत्र भदौ १५ देखि आउने

काठमाडौं, ७ भदौ । हिमालयन बैंक लिमिटेडले वार्षिक आगामी भदौ १५ गतेबाट २  अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैकले वार्षिक १०.५ प्रतिशत ब्याजदरयुक्त ७ वर्ष अवधि भएको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले बिक्री खुला गर्न लागेको ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ रहेको छ भने जम्मा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी हुने बैंकले जनाएको छ । बैंकका अनुसार यसरी… पुरा पढौ

अब प्रहरीले पेट्रोल पम्पलगायत २५ ठाउँमा चार्जिङ स्टेशन राख्ने

काठमाडौं, ७ भदौ । अब प्रहरी कल्याण कोषले सञ्चालन गरेको ५ वटा पेट्रोल पम्प, प्रस्तावित ४ वटा पेट्रोल पम्प तथा प्रहरी कार्यालयहरुका अन्य उपयुक्त स्थानहरु गरी २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना हुने भएको छ । यसका लागि नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बिच नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर… पुरा पढौ

कालीगण्डकी नदीमा बागलुङ-पर्वत जोड्ने अर्को झोलुङ्गे पुल थपिँदै

बागलुङ, ७ भदौ । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि फेरि अर्को झोलुङ्गे पुल निर्माण गरिने भएको छ । लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ-पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । उक्त पुल ७ करोड लागतमा निर्माण हुन जनाइएको छ । दुई वर्षमा निर्माण सक्नेगरी सस्पेन्सन ब्रिज… पुरा पढौ

नेपालको शान्ति प्रक्रियाबाट सिक्न चाहन्छौं: जीसीटीपी

काठमाडौं, ७ भदौ । ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जीसीटीपी) का उच्च अधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न चाहेको बताएका छन् । जीसीटीपीका अधिकारीहरुले सभामुख सापकोटासँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भएको शिष्टाचार भेटमा नेपालबाट धेरै कुरा सिक्न चाहेको बताएका हुन् । भेटमा विश्व शान्ति र सहिष्णुता क्षेत्रमा काम गर्न विश्वका ९० बढि देश संलग्न उक्त संस्थाका वर्तमान अध्यक्ष अहमद अल जरवानले भने, ‘शान्ति र सहिष्णुताको संस्कार सबैले अंगीकार गर्नु आवश्यक छ, यसका लागि हामीले नेपालको शान्ति प्रक्रियाबाट… पुरा पढौ

इष्टर्न हाइड्रोपावरकाे सेयरमा आजदेखि आवेदन दिन पाइने

काठमाडौं, ७ भदाै । इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट ६ लाख २० हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजनाबा प्रभावित भएका जनताका लागि सेयर बिक्रीमा ल्याएकाे हाे । प्रतिकित्ता रु १०० अंकित दरमा ६ लाख २० हजार कित्ता सेयरमा आयोजनाबाट प्रभावित भएका भोजपुर जिल्लाका सम्पूर्ण जनताले आवेदन दिन पाउनेछन्। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढीमा १ लाख कित्ता सेयरमा आवेदन पेश गर्न पाउनेछन्। लगानीकर्ताले भदौ २१ गतेसम्म आवेदन दिन पाउनेछन् । साे मितिसम्म माग… पुरा पढौ

बन्दले काठमाडाैं उपत्यका सुनसान, लेखनाथमा भेटियो शंकास्पद वस्तु

काठमाडौ, ७ भदौ । अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) तथा नागरिकता विधेयक संसदबाट पारित गरेको विराेध लगायतका माग राखेर ४ राजनीतिक दलले गरेकाे नेपाल बन्दको प्रभाव बिहानैबाट देशभरी परेकाे छ। ठाउँ ठाउँका केही सवारीसाधनहरुमा ताेडफाेड र आगजनी गरिएकाे प्रहरीले बताएकाे छ । बन्दका कारण काठमाडाैं उपत्यका तथा प्रदेशका राजधानीहरु सुनसान देखिएका छन् । सडकमा दुईपांग्रे सवारी साधन न्यून चलेका छन् भने सार्वजनिक सवारी ठप्प भएका छन् । बन्दले पाेखरा पनि सुनसान देखिएकाे छ । मुख्यबजार महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड,… पुरा पढौ

बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने

काठमाडौं, ७ भदाै । प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो विधेयक प्रस्तुत गर्नुहुने संसद्को सम्भावित कार्यसूची रहेको छ । यसैगरी बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेकाे विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्… पुरा पढौ

नागरिक लगानी कोषकाे ३१.५७८९ प्रतिशत नगद लाभांश स्वीकृत

काठमाडौं, ७ भदौ । नागरिक लगानी कोषले विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीको विविधीकरण गर्ने भएको छ । कोषको सम्पन्न २७औँ वार्षिक साधारणभाका अवसरमा आयोजित कार्यक्रममा लगानीको विविधीकरण गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामूलक बनाउने प्रतिबद्धता गरिएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस शेयर र एक दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ… पुरा पढौ

देशभर आंशिक बदली, चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं ७ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको जनाएकाे छ। देशभर आंशिक देखि सामान्य बदली रहेको छ । भदौ ७ गते (मंगलबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू-भागहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती : मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा… पुरा पढौ

पिपुल्स पावरको आईपीओमा मागभन्दा ८ गुणा बढी आवेदन

काठमाडौं, ६ भदौ । पिपुल्स पावर लिमिटेडले गत साउन ३१ गते जारी गरेको आईपीओका लागि मागभन्दा ८ गुणा बढी आवेदन परेको छ । आवेदन दिने अन्तिम म्याद आइतबारसम्म कुल १६ लाख १२ हजार ३२२ आवेदकका तर्फबाट जम्मा १ करोड ८२ लाख ८७ हजार ५ सय कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ । सिडिएस एण्ड क्लियरिङले सोमबार बिहान अद्यावधिक गरेको आँकडा अनुसार कुल जारी २२ लाख ९४ हजार ६८२ कित्तामध्ये ८ गुणा बढी अर्थात् १ अर्ब ८२ करोड… पुरा पढौ