मुख्य समाचार

चालु आवको पहिलो महिना व्यापार घाटा १० प्रतिशतले घट्यो

काठमाडौं, ८ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात श्रावणमा व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.३८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को साउन समग्र व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड रहेकामा १ वर्षको अनतरालमा यो साउनमा आइपुग्दा उक्त आँकडा १ खर्ब १६ अर्ब ४७ करोडमा झरेको हो । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको वैदेशिक व्यापार तथ्याङ्कले यो प्रवृत्ति देखाएको छ । यसबाहेक यो महिना आयात… पुरा पढौ

ङादी ग्रुपको हकप्रद सेयरमा मागको ६७ प्रतिशतमात्र आवेदन

काठमाडौं, ८ भदौ । ङादी ग्रुप पावर लिमिटेडले गत साउन १८ गतेबाट निष्कासन गरेको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयरका लागि मागको ६७ प्रतिशतमात्र आवेदन परेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार उक्त सेयरका लागि आवेदन दिने अन्तिम म्याद भदौ ७ मंगलबार साँझ ५ बजे सम्म मागको ६७.१९ प्रतिशत अर्थात् ७१ लाख २५ हजार ५२६ कित्ताका लागि मात्र आवेदन परेको छ । कम्पनीले हाल कायम रहेको १ कित्ता बराबर नयाँ १.५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर… पुरा पढौ

‘भारत गौरव पर्यटक रेल’ ६६ दिनपछि फेरि जनकपुरधाम आउँदै

महेन्द्रनगर, ८ भदौ । ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल ६६ दिनपछि पुनः जनकपुरधाम आउन लागेको छ । असार ९ गते उक्त रेल चार सय ९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो । सो रेलमा १४ डिब्बा थिए । त्यति बेला भारतको सङ्घीय राजधानी नयाँ दिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै धार्मिक पर्यटक थिए । प्याकेजमा आएका पर्यटकको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए । रेलको दुई… पुरा पढौ

जुम्ली किसानलाई स्याउ टिप्न चटारो, सुर्खेत र अछाममा १२ लाखको कारोबार

जुम्ला, ८ भदौ । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए । बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, “स्थानीय जातको स्याउ र गोल्डेन, जातका स्याउ लगाएका छन् । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ । घरमै प्रतिकेजी रु ६० मा बिक्री सुरु गरेका छौँ । गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लिने गरेका छन् ।”… पुरा पढौ

खप्तड लघुवित्तकाे १ करोड ३२ लाखको सेयरमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ८ भदाै । खप्तड लघुवित्त वित्तीय संस्थाले आजदेखि १ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ । लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सेयर जारि गरेकाे हो। प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर बिक्रीमा ल्याइएकाे हाे । लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म माग बमाेजिमकाे आवेदन पेश नभएमा ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन पाइनेछ। लगानीकर्ताले घटिमा १०… पुरा पढौ

राष्ट्र बैंकद्वारा चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी, कहिलेदेखि लागू हुन्छ ?(पूर्णपाठ)

काठमाडौं, ८ भदाै । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको छ। कात्तिक १ गतेदेखि चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागू हुने भएपछि मार्गदर्शन, २०७९ अनुसार गर्न गराउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  अनुगमन प्रक्रिया संस्थापिच्छे फरक फरक हुँदा विविधता मात्र नभई चालू पूँजी कर्जाको लागि ऋणीको क्षमताको विश्लेषण त्रुटीपूर्ण र कमजोर हुने गरेको छ । निरीक्षण तथा सुपरिवेक्षणको क्रममा यस्ता कर्जाको सदुपयोगिता यकीन गर्न समेत कठिन हुने… पुरा पढौ

धौलागिरी लघुवित्तकाे सेयर बाँडफाँड आज बिहान १० बजे हुँदै

काठमाडौं, ८ भदाै । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर बाँडफाँड आज बिहान १० बजेदेखि हुँदैछ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले सेयर काठमाडौं कमलपोखरीस्थित कार्यालयमा बाँडफाँड हुने जानकारी गराएकाे छ । धौलागिरी लघुवित्तको सेयरमा मागभन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । लगानीकर्ताहरुले कम्पनीले निष्काशन गरेकाे सेयर संख्याबाट आवेदकले चाहेकाे जति सेयर पाउने छैनन् । साे सेयर गोलाप्रथाबाट १० कित्ताकाे हिसाबले बाँडफाँड गर्न लागिएकाे छ ।  सेयर बाँडफाँडकाे क्रममा १९ लाख २१ हजार ५३१ जना आवेदक रित्तै फर्किनेछन् । ३० हजार… पुरा पढौ

एमालेले आगामी निर्वाचनमा मुद्दा मिल्ने पार्टीसँग तालमेल गर्ने

काठमाडौं, ७ भदौ । नेकपा (एमाले) ले आफ्नो मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको स्थायी कमिटी बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, “हामी चुनौती सामाना गरेर एक्लै चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो । यस क्रममा जो–जोसँग एजेण्डा मिल्छ सोही पार्टीसँग चुनावी तालमेल गर्ने छौँ ।” आजको बैठकबाट यही भदौ १० र ११… पुरा पढौ

चालु वर्षकाे साउनमा आयात १३ प्रतिशत र निर्यात २८‍‍.६८ प्रतिशतले घट्याे

काठमाडौं, ७ भदाै । चालु आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२ दशमलव ९० प्रतिशतले घटेको छ । यस्तै, सोही महिनामा कूल वस्तु निर्यातसमेत २८ दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार गत साउन महिनामा रु एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले रु एक खर्ब… पुरा पढौ

१.०५ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम खुम्चियो

काठमाडौं, ७ भदौ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सामान्य सुधारको संकेत देखा परेको छ । नेप्सेमा यसदिन दोहोरो अंकको बृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.०५ अंकले बढेर २०५४.९८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.०९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.५८ अंकले बढेर ३९७.६९ विन्दुमा पुगेको छ । कुल २२२ कम्पनीको सेयर कारोबार भएको छ । ४० लाख ३१ हजार २५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३३ करोड ३५ लाख… पुरा पढौ