मुख्य समाचार

३ अर्बको ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक

काठमाडाैं, ९ भदाै । कुमारी बैंकले बैंकले भदौ १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन गर्ने भएकाे छ। १० वर्षे अवधिकाे साे ऋणपत्र वार्षिक ११ प्रतिशत ब्याजदरमा निष्काशन गरिने भएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याउन लागिएकाे हाे । यसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८… पुरा पढौ

देशभर आंशिक बदली, बागमती र गण्डकीमा हल्का वर्षा 

काठमाडाैं, ९ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। देशभर आंशिक बदली देखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। भदौ ९ गते (बिहीबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती : देशको… पुरा पढौ

क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दाहाल पक्राउ

काठमाडौं, ९ भदाै‌ । क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ विराटनगर महानगरपालिका–१६ घर भई काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई पक्राउ गरेको हो । पक्राउ परेका दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक रु एक लाखसम्म तलब हुन्छ भनी पीडितसँग रु छ लाख २४ हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई… पुरा पढौ

राति जथाभावी फोहर फाल्नेलाई  महानगरले कारबाही गर्ने

काठमाडौं, ८ भदौ । काठमाडौं महानगरपालिकाले अब राति जथाभावी फोहर फाल्नेलाई कारबाही गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताएका हुन् । नेपाल प्रहरीको आयोजनामा बुधबार काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताएका हुन् । विशेष गरी रातको समयमा यसरी जथाभावी रूपमा फोहर फालिने गरिएकोले त्यसको… पुरा पढौ

सनराइज बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडाैं, ८ भदाै । सनराइज बैंक लिमिटेडले २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएकाे छ। संस्थाले यसका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड सेबाेनमा अनुमतिका लागि निवेदन पेश गरेकाे छ । सेबाेनबाट ऋणपत्र निष्काशनकाे अनुमति पाएपछि बैंकले सर्वसाधारणका लागि २ अर्ब बराबरकाे साे ऋणपत्र निष्काशन गर्ने भएकाे छ। यसकाे अविध १० वर्षकाे रहेकाे छ । बैंकले रू १ हजार अंकित मूल्यकाे २० लाख इकाइकाे ‘सनराइज डिबेन्चर २०८९’ निष्काशन गर्नेछ। त्यसबाट १२ लाख इकाइ व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ । बाँकी रहने… पुरा पढौ

एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न, ५५ प्रतिशत लाभांश पारित

काठमाडाैं, ८ भदाै। एनआईसी एशिया क्यापिटलको आज सम्पन्न छैटौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५५ प्रतिशतले हुन आउने रु. ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।  क्यापिटलको थापाथलीमा रहेकाे रजिस्टर्ड कार्यालयमा भएको साधारण सभाबाट आव २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदन,गत असार मिहनासम्मको वासलात, नाफा नोक्सानकाे हिसाब, वित्तीय विवरण, नगद प्रवाह लगायतका एजेण्डामाथि छलफल गरी पारित गरिएकाे छ।   क्यापिटलले आव २०७८–७९ मा रु. १२ करोड ८ लाख खुद मुनाफा आर्जन गरेकाे, इपीएस आम्दानी रु. ६०.३९ रहि चालु… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको वृद्धि, अरुण काबेलीको १७ करोडको कारोबार

काठमाडौं, ८ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार भदाै ८ गते आज नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि देखिएको छ । कारोबारमा साढे १ अर्बको आकडा देखिए पनि उल्लेखनिय प्रगति हुन आगामी दिनहरुलाई कुर्नै पर्ने भएको छ। १३ उपसमूहहरुमध्य ७ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ६ वटा उपसमूहहरुमा रातो लागेको छ। उनीहरुको सेयर घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.८७ अंकले बढेर २०५७.८५ विन्दुमा उक्लिएको छ । नेप्सेमा… पुरा पढौ

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, ५ जनालाई ११ कित्ता

काठमाडौं, ८ भदौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज ३ लाख ९ हजार २९५ कित्ता आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आफ्नो सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा सेयर बाँडफाँट गरेको हो । लघुवित्तले साउन २४ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको थियो । निष्कासित ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीहरुका… पुरा पढौ

अपराधको स्वरुप र प्रवृत्ति परिवर्तन हुनाले जटिलता थपियो: मन्त्री खाण

काठमाडौं, ८ भदौ । गृहमन्त्री बालकृष्ण खाणले अपराधको स्वरुप र प्रवृत्तिमा आएको परिवर्तनले थपिएको जटिलताप्रति सरकारको ध्यान गएको बताएका छन् । आज आयोजित ‘उपत्यका अपराध अनुसन्धान समीक्षा गोष्ठी’को शुभारम्भ समारोहमा बोल्दै मन्त्री खाणले आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने क्रममा कहिलेकाहीँ उल्झन हुने भएकाले त्यसतर्फ सतर्कता अपनाउनु जरुरी रहेको औँल्याए । उनले भने, 'अपराधका सङ्ख्या पनि बढिरहेको छ, अपराधको स्वरुप र प्रवृत्तिमा पनि ठूलो परिवर्तन आइरहेको छ, नयाँ प्रविधि विज्ञानका कारणले अपराध नियन्त्रणमा केही सहजता भएको छ तथापि त्यसले अपराधमा वृद्धि हुँदा… पुरा पढौ

साउनमा ६२ करोडभन्दा बढीका बिजुली गाडी आयात

काठमाडौँ, ८ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनभर नेपालमा विभिन्न देशबाट ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरका २११ थान विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० साउन मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्कमा उक्त आँकडा उल्लेख गरिएको छ । तथ्याङ्कअनुसार साउन महिनाभरी आएका २११ विद्युतीय गाडीहरु चीन, भारत, दक्षिण कोररिया तथा अमेरिका गरी ४ देशबाट आएका पाइएको छ । तीमध्ये सबैभन्दा बढी भारतबाट १२५ थान १०० किलोवाट क्षमता… पुरा पढौ