मुख्य समाचार

अब शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी बेलायत जान पाउने

काठमाडौं, ६ भदौ । श्रम गन्तव्यको विविधीकरण र नेपाली युवालाई उच्च पारिश्रमिक भएको मुलुकमा रोजगारीका अवसर उपलब्ध गराउने ध्येयका साथ सरकारले बेलायतसँग द्विपक्षीय श्रम समझदारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा आज नेपाल र बेलायतबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरे। समझदारीबाट नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीमा संलग्न हुने अवसर मिलेको छ… पुरा पढौ

रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार रकम पनि घट्यो

काठमाडौं, ६ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सेयरबजार नकारात्मक लयमा गएको छ । म्युचुअल फण्ड बाहेक १२ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयरमूल्य घटेको छ । यसदिन कारोबार रकममा पनि कमि आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.४१ अंकले घटेर २०५३.१३ विन्दुमा झरेको छ । नेप्सेमा ०.३६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.४७ अंकले घटेर ३९७.११ विन्दुमा पुगेको छ । कुल २२२ कम्पनीको सेयर कारोबार भएको छ । ५२ लाख… पुरा पढौ

इन्फ्रास्ट्रक्चर आइडिया हन्ट-२०२२ आयोजना गर्दै परिसंघ

काठमाण्डौं, ६ भदौ । नेपाल उद्योग परिसंघले इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ आयोजना गर्ने भएको छ । व्यापारका नयाँ क्षेत्र, सम्भावना र सम्भाव्यता पहिल्याउन आयोजना गर्न लागिएको यो कार्यक्रममा सहभागिताका लागि आफ्नो आइडिया पठाउन परिसंघले आवेदन खुलाएको छ।  आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा यो सम्मेलन आगामी भदौ २३ गते हुने नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को चौथो संस्करण अन्तर्गतको एउटा कार्यक्रम रहेको परिसंघले जनाएको छ । आइडिया स्टुडियो नेपालका अनुसार पूर्वाधार विकासका लागि नवीनतम बिजनेस आइडिया भएका नेपालभित्र र विदेशमा रहेका नेपालीलाई प्रोत्साहन र अवसर प्रदान… पुरा पढौ

बरुण हाइड्रोपावरको हकप्रद बिक्री रोकिनुको यस्तो छ कारण

काठमाडौं, ६ भदौ । आजैबाट खुला गरिएको बरुण हाइड्रोपावरको हकप्रद सेयरको बिक्री बन्द भएको छ । सिडिएस एन्ड क्लियरिङका अनुसार कम्पनीको बिक्री प्रबन्धक आरबिबि मर्चेण्टले गलत तथ्याङ्क राखेका कारण उक्त हाइड्रोपावरको हकप्रद सेयर बिक्री बन्द गर्नुपरेको हो । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले आजको मितिबाट १ सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद… पुरा पढौ

पवन प्रजापतिद्वारा पोउवाको ३४औं महधिवेशनमा पदाधिकारीसहित उम्मेदवारी घोषणा

पोखरा, ६ भदौ । पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी पवन प्रजापतिले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रजापतिले पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन । भाद्र २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४औं महाधिवेशनबाट २ वर्षको कार्यकालको लागि म नेतृत्व गर्न सक्षम रहेको जानकारी गराउँछु । प्रजापतिले भने, कार्यसमितिमा २ कार्यकाल, कोषाध्यक्ष, उपाध्यक्ष र परिष्ठ उपाध्यक्षको रुपमा एक एक कार्यकाल काम गरेर अनुभव बटुलेको छु । मलाई संघका… पुरा पढौ

सात अर्ब लागत रहेकाे सुपर न्यादीको सुरुङ मार्ग ’ब्रेक थ्रु’

लमजुङ, ६ भदौ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । रु सात अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकाे आयोजनाको हुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको हाे । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका– ६ स्थित ङादीखोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाले केही दिनअघि ‘ब्रेक थ्रु’ गर्न सफल भएको हो । आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङका अनुसार विद्युत्गृह निर्माणका लागि आयोजनाले ३८७ मिटर सुरुङ मार्ग निर्माण… पुरा पढौ

सी-आस्वा शुल्क घट्दै, अधिकतम ५ रुपैयाँमा सीमित हुने

काठमाडौं, ६ भदौ । अबदेखि सेयर कारोबारका लागि प्रयोग हुने सी-आस्वा शुल्क ५ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको बैठकमा उक्त प्रस्ताव लगिएको र केही समयमा कार्यान्वयनमा आउने बताइएको छ । यो प्रस्ताव पारित भएपछि सी-आस्वा शुल्क ५ रुपैयाँभन्दा बढी लिन पाइने छैन । बोर्डका अनुसार यो निर्णय छिटै कार्यान्वयनमा ल्याइने तयारी भइरहेको छ । बोर्डले यसलाई कार्यान्वपयनमा ल्याउनका लागि आवश्यक संशोधन र नियमावलीमा काम गरिरहेको बुझिएको छ । बोर्ड अध्यक्ष रमेश हमालका अनुसार… पुरा पढौ

एरी नेपालको अध्यक्षमा कंगारू एजुकेशनका महेशबाबु चयन

काठमाडौं, ६ भदाै । एरी नेपाल च्याप्टरको अध्यक्षमा महेशबाबु तिमल्सिना चयन भएका छन् । आइतबार सम्पन्न एरी नेपालको चौथो साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चयन भएका तिमल्सिना कंगारू एजुकेशन फाउण्डेसनका प्रमुख हुन। साधारण सभामा अध्यक्ष र कोषाध्यक्ष द्वारा प्रस्तुत गरिएकाे प्रतिवेदन उपर छलफल गरी पारित गरिएकाे समेत बताइएकाे छ । सभामा विधान परिमार्जन सम्वन्धी छलफल पनि गरिएको थियाे । अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने बिधार्थीहरूलाइ परामर्श सेवा प्रदान गर्ने कन्सल्टेन्सीहरुका संचालकहरू सदस्य रहेकाे याे संस्था सन्… पुरा पढौ

प्रभु क्यापिटलका ग्राहकले ट्रयाङक्यूलिटी स्पामा ३० प्रतिशत छुट पाउने

काठमाडौं, ६ भाद्र । प्रभु क्यापिटलका ग्राहकले ट्रयाङक्यूलिटी स्पाबाट विशेष छुट पाउने भएका छन । यस सम्बन्घमा भाद्र १ गते प्रभु क्यापिटल तथा ट्रयाङक्यूलिटी स्पाका बीचमा सम्झौता भएको छ । याे अफर अन्तरगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रयाङक्यूलिटी स्पाबाट सेवा लिदा ३० प्रतिशत छूट पाउनेछन। यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु पे को डिजिटल एप डाउनलोड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक-कनेक्ट गर्नुपर्नेछ । हितग्राहीले चेकआउट बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट… पुरा पढौ

बरुण हाइड्रोद्वारा करिब २७ कराेडको हकप्रद सेयर निष्काशन

काठमाडौं, ६ भदाै‌। बरुण हाइड्रोपावरले आजबाट २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेकाे छ। कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ काे रेसियाेमा हकप्रद सेयर जारि गरेकाे हो। कम्पनीले रु १०० रुपैयाँ अंकित दरकाे २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्काशन गरेकाे हो। हकप्रद सेयर निष्काशनकाे प्रयाेजनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरेको थियो। नेपाल स्टक एक्सचेन्जमा साउन १ गतेसम्म काराेबार गरी… पुरा पढौ