मुख्य समाचार

ग्राहकको गोपनीयता भंग गरेको आरोप नबिल बैंकद्वारा अस्वीकार

काठमाडौं, १२ वैशाख । नबिल बैंक लिमिटेडले ग्राहकको सूचना र गोपनीयता भंग गरेको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा बैंकमाथि लगाइएका यस्ता दाबीलाई बैंकले 'भ्रामक र आधारहीन' प्रचारको संज्ञा दिएको हो। बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा यस्ता गतिविधिले समग्र बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने प्रयास भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। समाचारको मुख्य पक्ष र बैंकको स्पष्टीकरण बैंकका अनुसार, गत २०८३ वैशाख ९ गते प्रकाशित "गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै… पुरा पढौ

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौं, १२ वैशाख। बङ्गलादेशस्थित नेपाली दूतावासले बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्धः आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा तथा पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय सहकार्यका व्यापक सम्भावना रहेका उल्लेख गर्दै दुई देशबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउन व्यावसायिक सम्बन्ध विस्तारमा जोड दिनुभयो । कार्यक्रममा रङ्गपुरका अतिरिक्त जिल्ला मजिस्ट्रेट क्रिस्टोफर हिमाल रिचिल, रङ्गपुर मेट्रोपोलिटन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष गुलाम जकारिया, रङ्गपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कार्यवाहक… पुरा पढौ

वीरगञ्जबाट पेट्रोलियम आयात-६० अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), १२ वैशाख- चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६० अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ५७ अर्ब ५३ करोड राजस्व प्राप्त भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज नाकाबाट उक्त अवधिमा रु एक खर्ब ४८ अर्ब १६ करोड बराबरका पाँच किसिमका पेट्रोलियम पदार्थ आयात गरेर उक्त रकम राज्यकोषमा दाखिला भएको हो । उक्त अवधिमा आठ लाख आठ हजार सात सय ४५ किलोलिटर… पुरा पढौ

सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह

काठमाडौं, १२ वैशाख। नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौताका लागि लागि सम्पर्क गर्न आउन आग्रह गरेको छ । प्राधिकरणले स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न लागेको छ । प्राधिकरणको २०८२ कात्तिक १९ को बैठकबाट सौर्य विद्युत् आयोजनाको बिजुली खरिद बिक्रीको सम्झौता गर्ने निर्णय गरेको थियो । स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनाको प्रतियुनिट चार रुपैयाँ ९९… पुरा पढौ

वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

काठमाडौं, १२ वैशाख। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपकम श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपकम उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् तोयराज नेपालले… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १२ वैशाख। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा कायम गरिएको… पुरा पढौ

देशका विभिन्न भागमा बदली, केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं, १२ वैशाख। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराई भेगमा भने मौसम मुख्यतया सफा रहेको छ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा… पुरा पढौ

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्राप्त

काठमाडौं, ११ वैशाख । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रको प्रतिष्ठित ‘एसटीपी (Straight Through Processing) अवार्ड २०२५’ प्राप्त गरेको छ । व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत जर्मनीको प्रसिद्ध कमर्ज बैंक एजीले एनएमबि बैंकलाई यो सम्मान प्रदान गरेको हो । अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई पूर्ण रूपमा स्वचालित, सरल र त्रुटिरहित ढंगले सम्पादन गर्ने सीमित बैंकहरूले मात्र यो अवार्ड प्राप्त गर्ने गर्दछन् । यो अवार्डले एनएमबि बैंकको प्राविधिक सक्षमता, कार्यगत अनुशासन र अन्तर्राष्ट्रिय स्तरको भरपर्दो बैंकिङ… पुरा पढौ

तनहुँ बस दुर्घटना अपडेट : दुईको मृत्यु, ९ जना घाइते

दमौली (तनहुँ), ११ वैशाख । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाइ सडकमै बस पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २७ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् पोखरास्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल पठाइएको… पुरा पढौ

मार्जिन ट्रेडिङका लागि नीतिगत सहजीकरण गर्न राष्ट्र बैंकसमक्ष व्यवसायीको प्रस्ताव

काठमाडौं ११ वैशाख । नेपाल धितोपत्र बोर्डले 'मार्जिन ट्रेडिङ कार्यविधि, २०८२' जारी गरेसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाद्वारा स्थापित धितोपत्र व्यवसायीहरूले सक्रियता बढाएका छन्। यसै सिलसिलामा बैंकका सहायक कम्पनीका रूपमा रहेका विभिन्न धितोपत्र व्यवसायीका प्रमुख कार्यकारी अधिकृत (CEO) हरूको टोलीले नेपाल राष्ट्र बैंकसँग महत्त्वपूर्ण छलफल गरेको छ। छलफल र नेतृत्व सिटिजन्स सेक्यूरिटीजका मनीष अर्याल, एनआईएमबि स्टक मार्केटका सन्दीप दाहाल, प्रभु स्टक मार्केटका भीष्म उप्रेती, एनएमबि सेक्यूरिटीजका नवीन बिष्ट र नबिल स्टक डिलरका मदन तिमिल्सिना सम्मिलित टोलीले नेपाल… पुरा पढौ