मुख्य समाचार

गृहमन्त्री गुरुङद्वारा राजीनामा घोषणा

काठमाडौं, ९ वैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । उहाँले आज राजीनामाको घोषणा गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।” पछिल्ला दिनहरूमा नागरिक स्तरबाट आफ्नो शेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उहाँले जनाउनुभएको छ । गुरुङ गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त… पुरा पढौ

बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले थप ४० अर्ब खिच्दै

काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न पुनः ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको छ। कर्जाको माग न्यून हुँदा बैंकहरूमा पैसा थुप्रिएपछि केन्द्रीय बैंकले १६० दिनका लागि उक्त रकम बजारबाट तान्न लागेको हो। मुख्य विवरणहरू: निक्षेप संकलन रकम: ४० अर्ब रुपैयाँ अवधि: १६० दिन (साँवा र ब्याज भुक्तानी आगामी असोज २१ गते) प्रक्रिया: अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल न्यूनतम सीमा: १० करोड रुपैयाँ (५ करोडको गुणांकमा कुल आह्वान रकमसम्म) ब्याजदर… पुरा पढौ

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयास

काठमाडौं, ९ वैशाख। दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमाका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००९ देखि प्रत्येक वर्ष अप्रिल २२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवसले पृथ्वीको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सामूहिक प्रयास आवश्यक भएको सन्देश दिएको छ । महासागरहरू प्लास्टिकजन्य फोहरले भरिँदै गएका छन् र तीव्र रूपमा अम्लीय बन्दै गइरहेका छन् । अत्यधिक तापक्रम, डढेलो र बाढीपहिरोका घटनाले लाखौँ मानिस… पुरा पढौ

मञ्जुश्री फाइनान्सको नाफा २७.९३ प्रतिशतले बढ्यो

काठमाडौं, ९ वैशाख । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उच्च नाफा आर्जन गरेको जानकारी दिएको छ। सार्वजनिक विवरण अनुसार फाइनान्सले गत वर्षको तुलनामा आफ्नो खुद नाफामा २७.९३ प्रतिशतको उत्साहजनक वृद्धि हासिल गरेको छ। नाफा र आम्दानीको अवस्था चालु आर्थिक वर्षको पहिलो ९ महिना (चैत मसान्त) सम्ममा फाइनान्सले २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको नाफा १७ करोड ११ लाख रुपैयाँ रहेको थियो।… पुरा पढौ

सर्वोत्तम पेन्ट्सकाे आईपीओ बैशाख २१ गतेदेखि आउदै

काठमाडौं, ९ वैशाख । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले बैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागिएकाे हाे । कम्पनीले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिने भएकाे छ । लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा… पुरा पढौ

झापामा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

झापा, ९ वैशाख । खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ । ‘पेलेट ऊर्जा’लाई वातावरणमा न्यून असर पार्ने इन्धनको स्रोत मानिदै आएको हुँदा यसलाई पत्थर कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्पका रूपमा मानिएको छ । पराजुली बायोमास व्रिकेट उद्योगले ‘पेलेट ऊर्जा’को उत्पादन सुरुआत गरेको हो । उद्योगको १२ घण्टामा ७० हजार किलोग्रामसम्म ‘पेलेट ऊर्जा’ उत्पादन गर्ने क्षमता रहेको जनाउँदै उद्योगका सञ्चालक आदित्य पराजुलीले यहाँबाट उत्पादित पेलेटलाई झापामा मात्र… पुरा पढौ

करिब ७ खर्बको वस्तु तथा सामान आयात

वीरगन्ज (पर्सा), ९ वैशाख । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने छ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँबराबरका वस्तु तथा सामान आयात भएको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह… पुरा पढौ

यस्तो छ आज तय भएको विदेशी मुद्राको भाउ

काठमाडौं, ९ वैशाख। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ५३… पुरा पढौ

सेबाेनकाे अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं, ८ वैशाख। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । समितिमा अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहनुभएको छ । मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा… पुरा पढौ

पिटर्सबर्ग संवाद जारी, जलवायु वित्त प्रवाह बढाउनुपर्नेमा जोड

काठमाडौं ८ वैशाख । जर्मनीको बर्लिनमा आजदेखि शुरु भएको ‘पिटर्सबर्ग जलवायु संवाद’ मा उपस्थित मुलुकका प्रतिनिधिहरूले विकसित र विकासशील मुलुकमा जलवायु वित्त प्रवाह बढाउनुपर्नेमा जोड दिएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसीसी)का पक्ष राष्ट्रहरूको हरेक वर्षको कोप सम्मेलनले समेत जलवायु वित्त बढाउनुपर्ने विषयमा जोड दिदैं आएको छ । जर्मनीको बर्लिनमा शुरु भएको सो संवादमा पनि विश्वका विकसित तथा विकासशील मुलुकहरूमा जलवायु वित्त प्रवाह बढाउनुपर्नेमा जोड दिएका हुन् । सो संवादको उद्घाटनसत्रलाई सम्बोधन गर्दै महासन्धि (युएनएफसिससीसी)का कार्यकारी सचिव… पुरा पढौ