मुख्य समाचार

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ८ वैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ आठ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ १५ पैसा कायम गरिएको… पुरा पढौ

भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार

भक्तपुर, ८ वैशाख। नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भएको ‘१०ौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’सोमबार राति सम्पन्न भएको छ । महोत्सवमा करिब लाखको व्यापार भएको जनाइएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले गत चैत २६ गतेदेखि सञ्चालन गरेको १२ दिने महोत्सवमा एक लाख ३० हजारभन्दा बढी दर्शक तथा उपभोक्ताले अवलोकन गरेका बताउँदै करिब रु ८० लाखभन्दा बढीको व्यापार गरी महोत्सव सम्पन्न भएकोे संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । महोत्सवमा… पुरा पढौ

‘र्‍यानसमवेयर’ आक्रमणबाट जोगिन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी

काठमाडौं, ७ वैशाख। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पछिल्लो समय सूचना प्रविधि प्रणालीमा ‘र्‍यानसमवेयर’ आक्रमण बढ्दै गएपछि आमनागरिक र संस्थालाई सचेत गराउन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी गरेको छ । ‘एडभाइजरी’ मा कम्प्युटर, मोबाइल तथा अन्य उपकरणमा हुने सम्भावित जोखिमबारे जानकारी दिँदै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । ‘र्‍यानसमवेयर’ एक प्रकारको हानिकारक सफ्टवेयर हो । यसले प्रयोगकर्ताको कम्प्युटर वा मोबाइलमा रहेका फाइल तथा डाटालाई ‘इन्क्रिप्ट’ गरी पहुँच अवरुद्ध बनाउँछ । त्यसपछि ती फाइल पुनः खोल्नका लागि आक्रमणकारीले फिरौती ९र्यान्सम० माग गर्ने… पुरा पढौ

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । उहाँले आज विश्वविद्यालय र प्रतिष्ठानहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउन उपकुलपतिहरूलाई निर्देशन दिनुभएको होे । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरिका विश्वविद्यालय र प्रतिष्ठानका उपलकुलपतिहरूसँग साढे ३ घण्टासम्म समसामियक विषयमा छलफल गर्नुभएको थियो । त्यस क्रममा उहाँले राजनीतिक दलसँग आबद्ध… पुरा पढौ

साेमबार नेप्से परिसूचक र कारोबार दुबैमा गिरावट

काठमाडौं, ७ वैशाख । साताको शेयर काराेबार हुने पहिलो दिन साेमबार नेपाली शेयर बजारमा नेप्से परिसूचक तथा कारोबार दुबैमा गिरावट भएकाे छ । यसअघि शुक्रबार सामान्य अंकले बढेर बन्द भएको नेप्सेमा पहिलाे काराेबारकाे दिन साेमबार घटेर बन्द भएको हो। नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.२१ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१९ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले घटेको छ। यसदिन कारोबार रकम पनि गिरावट भएकाे छ। गएकाे शुक्रबार ७ अर्ब ४६ करोड… पुरा पढौ

पीडितमैत्री यौन हिंसा कानुन बनाउदै सरकार-सचिव ढुङ्गाना

काठमाडौं, ७ वैशाख। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले साक्षी परीक्षणपछि कानुन निर्माण गरिने स्थापित मान्यता भएको बताउनुभएको छ । ‘प्राइमा फेसी’ नाटक हेरेपछि महिला, कानुन र विकास मञ्चले आयोजना गरेको समूहगत छलफलका क्रममा सचिव ढुङ्गानाले भन्नुभयो, “यौन हिंसा कानुन पीडितमैत्री हुनुपर्छ, यो कानुनबारे जनचेतना फैलाउन सामाजिक अभियानकर्मी संवेदनशील बन्नुपर्छ ।” सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएसँगै उहाँले जबर्जस्ती करणी, करणीपछि हुने हत्या, यौनजन्य हिंसा तथा बालबालिकासम्बन्धी जघन्य कसुरमा संलग्न दोषीलाई कडा सजाय सुनिश्चित… पुरा पढौ

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङकाे माग

कर्णाली, ७ वैशाख। उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनुपर्छ भन्नुभयो । “कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ । यहाँ बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,” उहाँले भन्नुभयो,… पुरा पढौ

बैशाख २१ गतेदेखि सिद्धार्थ इक्विटी फण्ड २ आउदै

काठमाडौं, ७ वैशाख । सिद्धार्थ क्यापिटलले बैशाख २१ गतेदेखि सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड २ को इकाई सार्वजनिक निष्काशनमा गर्ने भएकाे छ। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्या एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरिने भएकाे छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन याे योजनाकाे अवधि १२ वर्गकाे रहनेछ । याे बन्दमुखी योजना हो। कुल १० करोड इकाईको न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित गरीनेछ । ८५ करोड रुपैयाँ बराबरको… पुरा पढौ

काठमाडौं-ढाका उडानकाे तयारी गर्दै नेपाल एयरलाइन्स

काठमाडौं, ७ वैशाख । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिनुभयो । बङ्गलादेशबाट हाल काठमाडौँमा नियमित उडान हुँदै… पुरा पढौ

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

काठमाडौं, ७ वैशाख । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट ७३० मिटर माथि रहनेछ । आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ६१७.८६ गिगावाट घण्टा प्रतिवर्ष विद्युत् आपूर्ति हुनेछ । निर्माणको चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी प्राप्त गर्नेछन्… पुरा पढौ