मुख्य समाचार

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं, २८ माघ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सुे रहने सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भागमा साधारणतया बदली हुनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली… पुरा पढौ

पूर्व तयारी बिनाका आयोजनाका कारण खर्च अनुमान घट्योः अर्थमन्त्री खनाल

काठमाडौं, २७ माघ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट ल्याउँदा नै आय व्ययको अनुमान अस्वभाविक रुपमा बढाएर राखिएका कारण अर्धवार्षिक समीक्षामार्फत् त्यसलाई घटाउनुपरेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुहँुदै अर्थमन्त्री खनालले पूर्व तयारी नै नसकिएका आयोजना बजेटमा राखिएका कारण पनि खर्चको अनुमान घटाउनु परेको बताउनुभयो । त्यस्तै, सङ्घीय सञ्चित कोषमा ठूलो चाप पर्दै गएको उहाँको भनाइ थियो । बजेटको अर्धवार्षिक समीक्षमार्फत् सरकारले चालु आर्थिक… पुरा पढौ

बजेट अर्धवार्षिक समीक्षा-प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौं, २७ माघ। चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकारहरूको खर्च अवस्था निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ‘आव २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’अनुसार प्रदेशहरूको खर्च निकै कमजोर देखिएको हो । चालु आवका लागि सातवटै प्रदेशको कुल बजेट रु दुई खर्ब ८७ अर्ब ७० करोड ३३ लाख रहेकामा पुस मसान्तसम्ममा १४ दशमलव १६ प्रतिशत मात्र खर्च भएको देखिएको छ । प्रतिवेदनअनुसार प्रदेशहरूको चालुतर्फ २१ दशमलव ४३ प्रतिशत र पुँजीगततर्फ नौ दशमलव ३३ प्रतिशत… पुरा पढौ

कतारी लगानी भित्र्याउने विषयमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल

काठमाडौं, २७ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डल र गभर्नर पौडेलसँगको भेटवार्तामा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली तथा लगानी सम्भावनाका विषयमा छलफल भएको थियो। उक्त अवसरमा नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष… पुरा पढौ

सानिमा मिडिल तमोरको नाफा ३४.०४ प्रतिशतले घट्याे

काठमाडौं, २७ माघ । सानिमा मिडिल तमोर हाइड्रोपावरकाे खुद नाफा घटेकाे छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३४.०४ प्रतिशतले घटेको हाे। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १८ करोड १० लाख रुपैयाँ खुद नाफा गरेकाे छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३४.०४ प्रतिशत थाेरै हो। याे नाफा गत आर्थिक वर्षको सोही अवधिसमा २७ करोड ४४ लाख रुपैयाँ थियो। विद्युत बिक्री आम्दानी १६.९३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको… पुरा पढौ

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

बागमती, २७ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा ती व्यवसायीविरुद्ध मुद्दा दायर गर्न लागेको हो । कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्ममा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको छ ।… पुरा पढौ

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २६ माघ । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात याे दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीका अनुसार ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ४ लाख कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, २ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ८० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका… पुरा पढौ

यसकारण घलेम्दी हाइड्रोको नोक्सानी बढ्यो

काठमाडौं २७ माघ। घलेम्दी हाइड्रोकाे नोक्सानी बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार नोक्सानी गत आर्थिक वर्षको सोही अवधिकोचन्दा बढेको हाे। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीकाे नाेक्सानी १६ लाख ९७ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड ७० लाख नोक्सानी रहेकाे छ। कम्पनीकाे विद्युत बिक्री आम्दानी केहि बढेकाे भएपनि खर्च बढेकाेले नोक्सानी ब्याेहाेरेकाे हो। विद्युत बिक्री आम्दानी ६ करोड ७४ लाख रुपैयाँबाट बढेर ६ करोड ९७ लाख रुपैयाँ भएकाे छ। अन्य आम्दानी… पुरा पढौ

तीन हजार पाँच सय बढी छात्रालाई एचपिभी खोप लगाइँदै

मध्यविन्दु (नवलपरासी), २७ माघ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि तीन हजार ५९५ बालिकालाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलरपासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईंका अनुसार आगामी फागुन १ गतेदेखि १३ गतेसम्म अभियानका रूपमा सञ्चालन हुने कार्यक्रमबाट जिल्लाभरका तीन हजार ५९५ जना छात्रा लाभान्वित हुनेछन् । अभियान सामुदायिक तथा संस्थागत गरी १७४ विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई लक्षित गरिएको उहाँले जानकारी दिनुभयो । “जिल्लाका आठवटै… पुरा पढौ

खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौं, २७ माघ। बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ । विभागले उपभोक्तालाई अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रुपमा अन्य सक्षम निकायको सहयोग लिइ संयुक्तः बजार अनुमगन अगाडि बढाइएको उल्लेख गरेको छ । सहज रूपमा उपभोक्तालाई राहत दिन, उपभोग्य वस्तुको कृत्रिम अभाव गराउनेलाई कारबाहीको दायरामा ल्याउन विभागले प्रभावकारी रुपमा अनुमगन गरिरहेको उल्लेख… पुरा पढौ