मुख्य समाचार

करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं, २९ माघ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने देशभरका सम्पूर्ण सहकारीलाई दर्ता अभिलेखीकरण सुरु गरेको हो । सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरीवेक्षण गर्ने प्रमुख जिम्मेवारी प्राधिकरणलाई दिइएको छ । ती सहकारीले प्राधिकरणमा दर्ता अभिलेखीकरण नगरी कारोबार गरेमा त्यसलाई गैरकानुनी मानिने… पुरा पढौ

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं, २९ माघ। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो । यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन् । आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा राखेको छ । आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले ती… पुरा पढौ

स्वास्थ्य बिमाबापत १ लाख बराबरको उपचार सेवा यथावत्

काठमाडौं, २९ माघ। स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो । उहाँले बीमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल रु एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताउनुभयो । बोर्डले रु २५ हजार ओपिडी सेवा र रु ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २९ माघ। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ नौ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८७ पैसा कायम गरिएको… पुरा पढौ

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, २९ माघ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ । तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ । कोशी… पुरा पढौ

‘नेपालबाट वार्षिक एक खर्ब बढीको आइटी सेवा निर्यात’

काठमाडौं, २८ माघ। सरोकारवालाहरुले आइटी क्षेत्रमा काम गर्नेहरुले वार्षिक सवा खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको ‘नेपाली आइटी उद्योगको अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उहाँहरुले आइटी उद्योगबाट मुलुकले ठूलो लाभ लिनसक्ने बताए । नासआइटीका अध्यक्ष गौरवराज पाण्डेले एक अध्ययनमा सन् २०२२ मा यस क्षेत्रले रु ६७ अर्ब बराबरको सेवा निर्यात गरेको बताउनुभयो । उहाँले नेपालमा डिजिटल सेवा र एआईको सम्भावना विषयमा प्रस्तुतीकरण दिँदै आइटी सेवाको विकासमार्फत नेपालको… पुरा पढौ

मार्जिन कारोबार सुविधासम्बन्धी नयाँ निर्देशिका जारी

काठमाडौं, २८ माघ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा ऋण लिएर शेयर खरिद–बिक्री गर्ने व्यवस्थालाई व्यवस्थित, पारदर्शी र जोखिम–नियन्त्रित बनाउने उद्देश्यले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको छ । नयाँ निर्देशिकाले मार्जिन कारोबार सुविधा प्रदान गर्न पाउने धितोपत्र दलाल (ब्रोकर) कम्पनीको योग्यता, पुँजी र नेटवर्थको सीमा, प्रारम्भिक तथा सम्भार मार्जिनको दर, मार्जिन कल र शेयर बिक्रीको प्रक्रिया, राफसाफ (क्लियरिङ) व्यवस्था, ऋणको स्रोत, एक ग्राहकमा दिन पाइने अधिकतम सीमा, खाता सञ्चालन तथा सूचना प्रवाहसम्मका विषयलाई थप स्पष्ट पारी निर्देशिका ल्याएको हो… पुरा पढौ

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

काठमाडौं, २८ माघ। नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र दिगो ‘डिजिटल प्लेटफर्म’मा जोड्ने उद्देश्यले नेपालमै बनेको ‘एआई’ समर्थित एकीकृत डिजिटल इकोसिस्टमको रुपमा ग्लोबल डायरी सञ्चालनमा आएको छ । आम नागरिक, व्यवसायी र सरकारी निकायलाई लक्षित गरी यस डिजिटल प्लेटफर्म अभ्यासमा ल्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसमार्फत व्यवसायलाई आफ्नो डिजिटल उपस्थितिलाई वेबसाइटस्तरमा पु¥याउने, बजारीकरणको खर्च घटाउने र ग्राहकसँग सीधा संवाद गर्ने सुविधा दिएको कुनै पनि व्यवसायको विस्तार र प्रवद्र्धनमा पनि सहयोग पुग्ने जनाइएको छ… पुरा पढौ

आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको हो : अर्थमन्त्री खनाल

काठमाडौं, २८ माघ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद भुवनबहादुर सुनुवारको प्रश्नको जवाफ दिँदै उहाँले बजेटीय दबाब र प्राथमिकता पुनसंरचनाका कारण यस्तो निर्णय गर्नुपरेको स्पष्ट पाुर्नभयो । उहाँले आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवा पुनःसञ्चालन, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतको व्यवस्थापन, चालु तथा महत्वपूर्ण आयोजनामा कम विनियोजनका… पुरा पढौ

नेप्सेमा झिनो अङ्कको गिरावट, ८ अर्ब ६९ करोडकाे काराेबार

काठमाडौं, २८ माघ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आज ३२९ कम्पनीको दुई करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, विकास बैंक शून्य दशमलव १८, जलविद्युत्… पुरा पढौ