मुख्य समाचार

नेपाल ‘ग्रे लिष्ट’मा भएपनि सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने अवसर

कीर्तिपुर (काठमाडौँ), २८ माघ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले नेपाल अन्तरराष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ । राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा आज आयोजित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादलाई वित्तीय सहयोगसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा उहाँले यो हाम्रा लागि अवसरका रूपमा पनि रहेको बताउनुभयो । “यसले हामीलाई आन्तरिक संयन्त्र सुदृढ, पारदर्शी र विश्वव्यापी मापदण्डअनुसार बनाउनुपर्ने पाठ सिकाएको छ”, उहाँले… पुरा पढौ

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं, २८ माघ। काठमाडौं को वायु प्रदूषण अझै अस्वस्थ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको छ । ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई)अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १९२ एक्युआई मापन गरिएको हो । आइतबार काठमाडौं को वायु प्रदूषण अझै अस्वस्थ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई मापन गरिएको थियो । प्रदूषण बढेर मङ्गलबार १९२ एक्युआई मापन गरिएको थियो । आज पनि प्रदूषण कम नभएको वातावरण विभागले जनाएको छ । विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयदेखि वर्षा नहुँदा र हावा… पुरा पढौ

एआईद्वारा किसानलाई डिजिटल कृषि सल्लाह दिन सहकार्य

काठमाडौं, २८ माघ। ‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठ र कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहालले सो सम्झदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । यसबाट नेपाली किसानलाई ‘डिजिटल प्लेटफर्म’मार्फत कृषिसम्बन्धी समस्या समाधानमा सजिलो हुने विश्वास गरिएको छ । कनेक्ट किसानले विकसित गरेको ‘भ्वाइस बेस’ र ‘टेक्स्ट बेस एआई एडभाइजरी’ प्रविधिले किसानलाई खेतबारीमा… पुरा पढौ

राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्दै

काठमाडौं २८ माघ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने जनाएकाे छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गरेर 'निक्षेप सङ्कलन उपकरण' मार्फत साे रकम सङ्कलन गर्न लागेको जनाएकाे हो। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि बैंकले ४६ दिनका लागि यो उपकरण प्रयोग गर्न लागेको जनाएकाे छ । यसमा बैंक तथा वित्तीय संस्थाहरूले आजै दिउँसाे ३:०० बजेसम्म अनलाइन बिडिङबाट बोलकबोलमा सहभागी हुन पाउनेछन्। सूचना जनाइए अनुसार, सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा… पुरा पढौ

फागुन १२ गतेदेखि पाल्पा सिमेन्टकाे आईपीओ आउदै

काठमाडौं, २८ माघ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडकाे आईपीओ फागुन १२ गतेदेखि निष्काशन गरिने भएकाे छ। यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँट गरिेसकेकाे छ । याे दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाउन लागेकाे हाे । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा जारी १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । ५ लाख ६२ हजार ५०० कित्ता विदेशमा रोजगार गरी… पुरा पढौ

मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं, २८ माघ। सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने गरी अर्धवार्षिक समीक्षामा नयाँ प्रक्षेपण सार्वजनिक गरिएको हो । गत आवमा भने कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर… पुरा पढौ

रिज लाइन इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौं, २८ माघ । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँड गरेपछि याे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हो। कम्पनीले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बाँडफाँट गरिसकेको छ। साथै १ लाख ४२ हजार २०० कित्ता विदेशमा रोजगार… पुरा पढौ

ग्यासको आपूर्ति सहज बनाउन विभागले नियमन गर्दै

काठमाडौं, २८ माघ। खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यास वितरणमा समस्या देखिएपछि उपभोक्ताले सास्ती बेहोर्नु परेको छ । विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कार्य गर्न आग्रह गरेको छ । विभागले ठूला ग्यासको उत्पादन कम्पनीलाई पनि आवश्यक निर्देशन दिएको छ । काठमाडौँ उपत्यकाका उपलब्ध ग्यास बोटलिङ उद्योगको अनुमगनको क्रममा उपभोक्ताको माग अनुसारको… पुरा पढौ

विज्ञानमा महिला-बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौं, २८ माघ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले २२ डिसेम्बर २०१५ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ११ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेअनुरुप सन् २०१६ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । विश्वभर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी सबै तहका विषयहरूमा लामो समयदेखि लैङ्गिक… पुरा पढौ

निर्वाचन २२ दिन बाँकी : ६ हजार ७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौं, २८ माघ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।… पुरा पढौ