मुख्य समाचार

मनोनयन पत्र दर्तामा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं, ४ माघ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने स्पष्ट पारेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही माघ ६ गते हुने मनोनयन पत्र दर्ता गर्दा उम्मेदवारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । उम्मेदवारी दिँदा सङ्घीय, प्रदेश वा स्थानीय सरकारमा तथा नेपाल सरकार,… पुरा पढौ

एकल विन्दु सेवा केन्द्रको तयारी गर्दै लगानी बोर्ड

काठमाडौं, ४ माघ। राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानीकर्तालाई छिटो, सहज र समन्वयात्मक सेवा उपलब्ध गराउने उद्देश्यसहित लगानी बोर्डको कार्यालयले एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य अघि बढाएको छ । बोर्डले छरितो सेवा प्रवाहमार्फत लगानीको वातावरण थप सुधार गर्ने र लगानी आकर्षणलाई गति दिने लक्ष्यका साथ यो संरचना निर्माणको तयारी थालेको हो । यस प्रयोजनका लागि बोर्डले सहसचिव हेमराज तामाङलाई एकल विन्दु सेवा केन्द्रको संयोजन गर्ने जिम्मेवारी तोकेको छ भने सेवा प्रवाहलाई प्रभावकारी बनाउन १४ वटा सरकारी निकायले अख्तियारीसहित ‘फोकल पर्सन’… पुरा पढौ

बालेनले दिए मेयर पदबाट राजीनामा

काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधसभा निर्वाचनमा लड्नका लागि साहले राजनामा दिएका हुन्। साहले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा पत्र बुझाएका हुन् । साहले उपप्रमुखसमक्ष राजीनामा पत्र पेश गरिसकेकाे महानगरले जानकारी गराएकाे छ। उनको राजीनामा डंगोलले नेपालको संविधानको धारा २१६ (८) (क) बमोजिम स्विकृत गरेकी छन्। साहकाे बजारकाे चर्चा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे चुनावी क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनमा हाेमिने रहेकाे छ । साह रास्वपाका वरिष्ठ नेताका रूपमा… पुरा पढौ

नेप्से ३१.१२ अंकले बढ्याे, करिब साढे ८ अर्बकाे काराेबार

काठमाडौं, ४ माघ । साताको शेयर काराेबार हुने पहिलो दिन आइतबार नेपाली शेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यसदिन नेप्से अघिल्लाे काराेबारकाेभन्दा १.७४ अंकले बढिले बढेकाे हाे । नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ४.७० अंकले बढेको छ । फ्लोट इण्डेक्स २.४१ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंकले बढेको नेप्सेले जनाएकाे छ। यसदिन नेप्सेका साथसाथै कारोबार रकममा पनि बृद्धि भएकाे छ । आज ३३८ कम्पनीहरुकाे ९५ हजार ४४५ पटकको कारोबार हुँदा ८ अर्ब… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचनः अध्यक्ष ओली झापा-५ को उम्मेदवार

झापा, ४ माघ। नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुनुहुनु भएको छ । यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो । काठमाडौँमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो । झापा–१ बाट रामचन्द्र उप्रेति, २ बाट देवराज घिमिरे, ४ बाट मनोज ताम्ली प्रत्याशी हुनुहुने भएको छ । पुरा पढौ

सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ४ माघ । सोलु हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियाे । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरिसकेकाे छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण शेयर निष्कासनकाे अनुमति पाएकाे थियाे । आईपीओको पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई शेयर जारी गरिसकेको कम्पनीले, सामूहिक लगानी कोषका… पुरा पढौ

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको… पुरा पढौ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास

काठमाडौं, ४ माघ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो । छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र माननीय आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित राजनीतिक दलले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त… पुरा पढौ

राष्ट्रियसभाको अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं, ४ माघ। राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसक्नुभएको छ । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव… पुरा पढौ

काभ्रेपलाञ्चोकमा मल्चिङ विधिबाट कफीखेती गर्दै किसान

धुलिखेल, ३ माघ। आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका किसानले पछिल्लो समय नयाँ प्रविधि अवलम्बन गरेका छन् । गुणस्तरीय कफी उत्पादनका लागि पालिकाले किसानलाई खेतीमा मल्चिङ विधि, थोपा सिँचाइ र छहारीको व्यवस्थापनमा सघाएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । गाउँपालिकाको सहयोगमा वडा नं ५ को चौडिक र खोलाघारीमा पहिलोपटक मल्चिङ विधिबाट परीक्षणका रुपमा खेती भइरहेको छ । वडा नं ५ का वडाअध्यक्ष विजय राना मगरले पाँच रोपनीमा ६०० भन्दा बढी बिरुवा रोपेर व्यावसायिक रुपमा मल्चिङ विधिबाट कफीखेती… पुरा पढौ