मुख्य समाचार

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २८ पुस नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८० रुपैयाँ ४१ पैसा कायम… पुरा पढौ

आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै

गोदावरी (ललितपुर), २८ पुस। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित ‘डाटा’ प्रशोधनका लागि प्रयोग गरिनेछ । उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका… पुरा पढौ

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

बेलायत, २८ पुस । “शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु । मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ छु ।” समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहनुभएका हरि बुढामगरले विश्वको सातै महादेशका अग्ला… पुरा पढौ

आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं, २८ पुस । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । पुरा पढौ

किन घट्याे अन्तर बैंक कारोबार ?

काठमाडौं, २७ पुस । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरू बीचको अन्तर बैंक कारोबार घटेकाे छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा काराेबार घटेर ४ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ। जस अनुसार वाणिज्य बैंकहरूले ३ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले ७२ अर्ब २९ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका छन्। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अन्तर बैंक कारोबार अघिल्लो आर्थिक… पुरा पढौ

मुख्य निर्वाचन अधिकृत र अधिकृतलाई प्रशिक्षण दिँदै आयोग

काठमाडौं, २७ पुस। निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही पुस २८ र २९ गते विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ । सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । तालिम सञ्चालन गर्न आयोगका पदाधिकारी र सम्बन्धित कर्मचारीले कार्यविभाजन गरी खटिइसकेका छन् । तालिमले मुख्य प्रशिक्षक तयार गर्न प्रशिक्षक… पुरा पढौ

तेस्रो इन्डियन आइडल बिजेता प्रशान्त तामाङको निधन

काठमाडौं, २७ पुस । इन्डियन आइडलकाे तेस्रो संस्करणका विजेता गायक प्रशान्त तामाङको दिल्लीमा निधन भएकाे छ । उनकाे हृदयघातका कारण निधन भएको बताइएकाे छ । हाल उनी दिल्लीमा बस्दै आएका थिए । चलचित्रकर्मी राजेश घतानीले उनकाे दिल्लीमा रहेकाे उनकै निवासमा आज निधन भएको हो । नेपाली भाषि तामाङ इन्डियन आइडल हुँदाकाे समयमा नेपाल, भारत तथा नेपाली भाषि बसाेबास भएका देशहरुमा बेसि चर्चामा थिए । उनले गायका गीतहरु निकै चर्चामा रहेका छन् । उनका नेपाली फिल्मका गीतहरु पनि च्र्चामा रहेका छन्… पुरा पढौ

कालीगण्डकी पालिकाले दम्पतिलाई आर्थिक सहायता दिने

वालिङ (स्याङ्जा), २७ पुस। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने दम्पतिलाई आर्थिक सहायता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने दम्पतिलाई आर्थिक सहायता गर्ने भएको हो । पछिल्लो समयमा जनसङ्ख्या घट्दै जाँदा दीर्घकालीन रुपमा जनसङ्ख्या सन्तुलनमा राख्न समस्या हुने भएकाले गाउँपालिकाले यस्तो कदम चालेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । “गाउँपालिकाभित्र जनसङ्ख्या घट्दो क्रममा छ, घट्दै जाँदा कालान्तरमा गाउँमा मानिसको सङ्ख्या निक्कै कम हुन सक्छ”, उहाँले भन्नुभयो, “जनसङ्ख्याको घट्दो दरलाई… पुरा पढौ

कांग्रेस विशेष महाधिवेशन सुरु, थापा र शर्माद्वारा उद्घाटन

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गर्नुभयो । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका थिए । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा बृहत् मञ्चको व्यवस्था गरिएको छ भने मञ्च अगाडि हजारौँ सङ्ख्यामा नेता तथा कार्यकर्ताको… पुरा पढौ

आज सार्वजनिक बिदा, सेयर काराेबार नहुने

काठमाडौं, २७ पुस । साताकाे शेयर काराेबार हुने पहिलाे दिन आईतबार नेपाली शेयर बजारमा काराेबार नहुने भएकाे छ । सरकारले सार्वजिनिक बिदा दिएकाे कारण आज सेयर कारोबार बन्द हुने भएको हाे । शुक्रबार शेयरकाे काराेबार नहुने दिन हाे । शनिबार नियमि बिदा परेकाे र सरकारले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा यसदिन सार्वजनिक बिदा दिएकाेले सेयर बजार बन्द रहनेछ। यो सातामा अन्य कुनै बिदा नपरेमा शेयरकाे काराेबार ४ दिन हुनेछ । बिहिबार साताकाे अन्तिम कारोबार भएकाे थियाे । नेप्से परिसूचक ४.५९ अंकले… पुरा पढौ