मुख्य समाचार

पोखरा-मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

कास्की, १९ पुस। पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड)को तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एशियाली विकास बैङ्क(एडिबी)को ऋण सहयोगमा चार वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ । योजनाको यसअघि दुई पटक म्याद थप गर्दासमेत काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीको मागअनुसार सडक विभागले विसं २०८३ असार १५ गतेसम्म समय थप गरिदिएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले… पुरा पढौ

बुद्ध एयर जहाज दुर्घटना : सहचालकसहित ७ यात्रु घाइते

झापा, १९ पुस। भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिनुभयो । उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक… पुरा पढौ

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर-लुम्बिनी-पोखरालाई जोड्न जरुरी’

भरतपुर (चितवन), १८ पुस। सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । आज सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुरको पर्यटन’ विषयक समूहगत छलफलका क्रममा सहभागीहरूले तीनवटा पर्यटकीय गन्तव्यलाई जोडेर ‘गोल्डेन ट्रायङ्गल’का रूपमा विकास गर्न सकिने सुझाव दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भरतपुरमा पर्यटनको ठूलो सम्भावना भएको उल्लेख गर्दै पर्याप्त रूपमा यसको उपयोग गर्न नसकिएको बताउनुभयो । उहाँले भारतमा गत वर्ष आयोजना भएको महाकुम्भको उदाहरण दिनुहुँदै नारायणी, देवघाटजस्ता क्षेत्रमा पनि सो प्रकारका पर्यटक… पुरा पढौ

अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आदेश

काठमाडौं, १८ पुस। सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आज अपाङ्गता भएका व्यक्तिको नाम अनिवार्य रूपमा समावेश गरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा सो आदेश दिएको हो । आदेशमा भनिएको छ, “निर्वाचन आयोगले सबै राजनीतिक दलले पेस गरेको बन्द सूची छानबिन गरी, संविधान र कानुनअनुसार अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व नभएमा सम्बन्धित दललाई… पुरा पढौ

कैदी आममाफीका लागि कतार सरकारप्रति नेपालद्वारा कृतज्ञता

काठमाडौं, १८ पुस। कतार सरकारले त्यहाँ कैद १३ नेपाली नागरिकलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दिवस र अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कतार सरकारले १३ नेपाली कैदीलाई आममाफी दिएकाप्रति कतार सरकारप्रति आभार प्रकट गरेको छ । मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ । यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई अझ सुदृढ बनाउने अपेक्षा मन्त्रालयको छ… पुरा पढौ

हिमाल हेर्न बेलढुङ्गामा पुग्दै पर्यटक

गलकोट (बागलुङ), १८ पुस। एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित भइसकेको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइ आँखै अघिको हिमाल पर्न जान्छ । पहिचान, प्रचार र प्रवद्र्धनसहित स्थानीय जागरुक बनेर बेलढुङ्गाले चर्चा बटुल्न थालेपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली सिमानामा अवस्थित बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइमा हिमाल पर्ने गरेको छ । बेलढुङ्गाबाट… पुरा पढौ

निर्यात प्रवर्द्धनलाई जोड दिन ‘दशौँ निर्यात दिवस’ मनाइने

काठमाडौं, १८ पुस। नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्व जगाउनुका साथै निर्यात प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासलाई सक्षम र सबल बनाउन ‘दशौँ निर्यात दिवस’ मनाइने भएको छ । नेपाल निर्यात परिषद्ले आज पत्रकार सम्मेलन गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा यही पुस २० र २१ गते ठमेलको छायाँ सेन्टरमा निर्यात मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा उत्पादित हस्तकला, कृषिलगायत सामाग्रीलाई अन्तरराष्ट्रिय बजारमा निर्यात गर्नुका साथै वैदेशिक मुद्रा आर्जन गरी व्यापार घाटा… पुरा पढौ

यी ९ वटा कम्पनीहरुको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, १८ पुस । आज पुस १८ गते शुक्रबार नाैवटा कम्पनीहरुकाे शेयरमूल्य नेप्सेमा समायाेजन गरिएकाे छ। शुक्रबार शेयरमूल्य समायाेजन भएका कम्पनीहरुमा स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, मेरो माइक्रोफाइनान्स, अपि पावर, ग्लोबल आइएमई लघुवित्त, कालिका पावर, हिमालयन लघुवित्त र युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर रहेका छन् । सबै कम्पनीहरुलर् साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको हो। अब आइतबार पुस २० गतेबाट नयाँ समायाेजन भएकाे शेयर मूल्यकाे… पुरा पढौ

सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १८ पुस । सिटिजन्स क्यापिटल लिमिटेडकाे सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजनाको इकाई पुस ४ गतेदेखि खरिदका लागि आवेदन खुला गरिएकाे थियाे । सिटिजन्स क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्रीमा ल्याएकाे हाे । यसमा न्यूनतम १ करोड ५० लाख इकाई कोषकाे प्रबर्द्धक रहेकाे सिटिजन्स बैंक इन्टरनेशनलका लागि सुरक्षित राखिएकाे… पुरा पढौ

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा, १८ पुस । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले तयार गरेको अभिलेखअनुसार सन् २०२५ भरि १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् । चौध हजार ७३८ विदेशी, सार्क राष्ट्रबाट ३४४… पुरा पढौ