मुख्य समाचार

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

(नवलपरासी) १७ पुसः बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशङ्कर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आउनुभएको छ । तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उहाँ चार वर्षदेखि व्यावसायिक आलुखेतीमा जोडिनुभएको हो । आलुखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नरहेकाले तोरी र गँहु उत्पादन हुने जमिनमा आलुखेती गरेको चौधरीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष रु पाँच लाखको आलु बिक्री भएको थियो । “एक कठ्ठामा करिब पचास किलो मात्र तोरी उत्पादन हुन्छ… पुरा पढौ

आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल

काठमाडौं, १७ पुस। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बन्द सूची पेस गर्ने दलले समावेशीको समूह (क्लष्टर) मिलाए÷नमिलाएकोलगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिनुभयो ।… पुरा पढौ

महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर, १७ पुस। नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन । महाकालीसन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार केही हदसम्म तयार भएका छन् । दुई पटक टनकपुरबाट मूल नहरको परीक्षणका लागि पानी छाडिए पनि नियमित छाड्नेबारे भारती पक्षले वास्ता गरेको छैन् । यता महाकाली सिँचाइ आयोजना तेस्रो चरणले… पुरा पढौ

नयाँ वर्ष २०२६: परिवर्तनको आधार वर्ष बन्ने अपेक्षा

काठमाडौं, १७ पुस । नयाँ वर्ष केवल पात्रो फेरिने क्षण मात्र होइन, समाज र राष्ट्रले आफ्ना कमजोरी समीक्षा गर्ने र भविष्यको बाटो खोज्ने अवसर पनि हो। सन् २०२६ को सुरुवातमा नेपाल यस्तो मोडमा उभिएको छ, जहाँ एकातिर गहिरो निराशा, राजनीतिक थकान र आर्थिक दबाब छन् भने अर्कोतिर परिवर्तनको तीव्र चाहना, युवा चेतना र सम्भावनाका ढोका पनि खुलिरहेका छन्। यो वर्ष नेपालका लागि निर्णायक बन्न सक्ने संकेतहरू देखिँदै छन्। राजनीतिक अवस्था : परिवर्तनको चाहना र अस्थिर यथार्थ २०२६ मा प्रवेश गर्दा… पुरा पढौ

यी ६ कम्पनीहरुकाे शेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, १७ पुस । आज ६ वटा कम्पनीहरुको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ। नेप्सेका अनुसार बिहिबार नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, अप्पर हेवाखेला हाइड्रोपावर कम्पनी र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरिएकाे हाे । सबै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणका प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेमा मूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे । अब साेहि समायोजन गरिएकाे मूल्यका आधारमा आज दोस्रो बजारमा शेयर कारोबार हुनेछ। पुरा पढौ

भुजुङ्ग हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, १७ पुस । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हाे । कम्पनीका अनुसार २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशनकाे अनुमति मागिएकाे थियो। यसबाट १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएकोबाट ६ लाख कित्ता प्रत्यक्ष… पुरा पढौ

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ, १७, पुसर धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ । उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १७ पुस। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ र बिक्रीदर १९३ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ९४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ६९ पैसा कायम गरिएको… पुरा पढौ

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

पाटन (ललितपुर), १७ पुस। देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ । यसैगरी, कोशी, गण्डकी, कर्णाली र… पुरा पढौ

आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ, १७ पुस। ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन… पुरा पढौ