मुख्य समाचार

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छः सभामुख घिमिरे

काठमाडौं, २८ मङ्सिर। सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको छ । संसद् सेवा दिवस–२०८२ का अवसरमा आज सङ्घीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले सम्पूर्ण कर्मचारी साथीहरूलाई आफ्नो कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको हो । आजभन्दा १९ वर्षअघि संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक… पुरा पढौ

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माण गर्न सघाउ पुर्याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौं, २८ मङ्सिर। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्याएको बताउनुभएको छ । संसद् सेवा दिवस– २०८२ का अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको छ । लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले भन्नुभएको छ, “मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै… पुरा पढौ

विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै

काठमाडौं, २८ मङ्सिर। निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ । विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ ।… पुरा पढौ

संसद पुर्नस्थापना र मिचिएको संविधान ट्रयाकमा ल्याएर छोडिन्छ : अध्यक्ष ओली

भक्तपुर, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले प्रतिनिधिसभाको पुर्नस्थापना गरेरै छाड्ने र ताजा जनादेशबाट नयाँ प्रतिनिधि सभा निर्माणको बाटोमा जानु पर्ने एमालेको संकल्प रहेको बताएका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजना गरिएको ११ औं महाधिवेशको उद्घाटन सत्रलाई संवोधन गर्दै ओलिले प्रतिनिधि सभा पुर्नस्थापना, संवैधानिक सरकार गठन र ताजा जनादेशबाट नयाँ प्रतिनिधि सभा निर्माणको बाटो नै उत्तम विकल्प भएको बताए । अध्यक्ष ओलीले भने, सरकार अहिले जालझेल र प्रतिशोधको बाटोमा गएको छ । एकातिर निवर्नचनको हल्ला गर्ने र… पुरा पढौ

राष्ट्रिय स्वाधिनताका पक्षमा उभिएकै कारण एमालेमाथि बढी हमला-बिप्लव सी

भक्तपुर, २७ मंसिर । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' सि ले नेकपा एमाले राष्ट्र, राष्ट्रियता र स्वाधिनताका पक्षमा उभिएकै कारण बढी हमला भईरहेको बताएका छन् । विविध कमजोरीका बावजुद राष्ट्रिय स्वाधिनता र राष्ट्रियताका पक्षमा उभिएको एमालेलाई अडिग भएर अगाडि बढ्न शुभकामना व्यक्त गर]। हामी पनि साथमा छौं, हामीलाई कुनैपनि प्रकारको साम्राज्यवादी हैकम स्वीकार्य छैन । चन्दले कोहि कसैको गिद्धेनजर नेपालमाथि लागेको हामीलाई स्वीकार्य छैन । उनले भने, अहिले बनेको अनौठो प्रकारको अध्याँरो कुनाबाट बनेको सरकारलाई समर्थन नभएको बताए ।… पुरा पढौ

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड (फाेटाे फिचर)

भक्तपुर, २७ मङ्सिर। सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्णरूपमा सम्पन्न भइसकेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । उहाँका अनुसार मञ्च, ध्वनि प्रणाली,… पुरा पढौ

चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’ (पुस्तक चर्चा)

काठमाडौं, २७ मङ्सिर । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति राष्ट्रको रूपमा मात्र नभएर आगामी शताब्दीलाई पनि आफ्नो अनुकूल हिँडाउन सक्षम रहने यसले लिएका आर्थिक विकासका रणनीतिहरूले सहजै अनुमान लगाउन सकिन्छ । एक्काइसौँँ शताब्दीको जटिल र परस्पर सम्बद्ध विश्वमा चीनले आफ्नो अनौठो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक अनुभवका आधारमा विकास, सुशासन र अन्तरराष्ट्रिय सम्बन्धका लागि एक व्यवस्थित दृष्टिकोण विकास गरेको छ । यो दृष्टिकोण केवल आर्थिक सूचाङ्कमा मात्र केन्द्रित नभएर मानव समुदायको भविष्यका लागि साझा भाग्यको एक सामूहिक खोजीमा… पुरा पढौ

राष्ट्र बैङ्कले साढे रु ६ अर्ब बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्दै

काठमाडौं, २७ मङ्सिर । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र व्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले एक बर्षका लागि लगानी गर्न लागिएकाले यही मङ्सिर २९ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ । राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु पाँच अर्ब २८ करोड, ‘ख’… पुरा पढौ

गोल्याण ग्रुपको नेतृत्व युवामा हस्तान्तरण, ३७ वर्षीय अक्षय गोल्याण बने नयाँ अध्यक्ष

काठमाडौं, २७ मङ्सिर। नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गरिएकाे छ । साे परिवारबाट ३७ वर्षीय अक्षय गोल्याण अध्यक्षमा बनेका छन्। उनी ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका थिए । काँधमा जिम्मेवारी थपिएपछि उनले ६ दशक लामो व्यावसायीक यात्रा पार गरेकाे ग्रुपकाे नेतृत्व गर्ने भएकाछन्। गोल्याण ग्रुपभित्र उनकाे बारेमा नयाँ युगको पदचाप र परिवर्तनको चाहना प्रतिविम्बित भएको भनिएकाे छ। वार्षिक उत्सवको अवसरमा ग्रुपले शुक्रबार एक विज्ञप्ति जारी गरेर पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका… पुरा पढौ

एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं, २७ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दिपेन्द्रसिंह… पुरा पढौ