मुख्य समाचार

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली

काठमाडौं, २५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताएका छन्। प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गरे। उनले कुनै पूर्वसर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेतालाई आग्रह… पुरा पढौ

नेप्सेमा सामान्य अंककाे गिरावट, साढे ३ अर्बकाे काराेबार

काठमाडौं, २५ मङ्सिर । साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली शेयर बजारमा गिरावट भएर काराेबार बन्द भएकाे छ । अघिल्लो दिन बुधबार पनि नेप्सेमा सामान्य गिरावट भएर काराेबार बन्द भएकाे दृश्यले यसदिन पनि निरन्तरता दिएकाे छ । नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.११ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.१० अंकले घटेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले घटेको छ। बुधबारकाे तुलानामा कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब… पुरा पढौ

‘हिमालका विषयमा नेपालले नेतृत्त्वदायी भूमिका खेल्नुपर्छ’

काठमाडौं, २५ मङ्सिर। कृषि तथा पशुपछी विकास मन्त्री डा मदनप्रसाद परियारले हिमाल संरक्षणको मुद्दामा नेपालले विश्व समुदायबीच अग्रणी र नेतृत्त्वदायी भूमिका खेल्न सक्नुपर्ने बताएका छन् । अन्तरराष्ट्रिय पर्वतीय दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनका असरबाट नेपाल धेरै प्रभावित मुलुकमध्ये एक भएको बताउँदै उनले यसका असरसँग जुध्न सामूहिक प्रयासको आवस्यकता औँल्याए। मन्त्री डा परियारले पर्वतीय क्षेत्रका स्थानीय समुदाय, आदिवासी, जनजाति, दलित र पछाडि परेका समुदायले पर्वत र प्रकृति संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताए।… पुरा पढौ

गाउँघरमा परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

भोजपुर, २५ मङ्सिर। गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ । संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् । ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पिस्ने पानीघट्टा विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानीपिसानी विधि थियो । गाउँघरका बासिन्दाले कुटानी–पिसानीका लागि सहज, सस्तो र सरल विकल्पका रूपमा पानीघट्टालाई अपनाउने गर्थे । तर, अहिले पानीघट्टा चलाउने परम्परा हराउँदै गएको टेम्केमैयुङ–५ का वृद्ध बेनीबहादुर विष्ट… पुरा पढौ

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं, २५ मङ्सिर। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ । आयोगले एक सूचना प्रकाशन गरी आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जनाएको छ । आयोगमा १०० राजनीतिक दलले यस प्रणालीका लागि आवेदन दिएका छन् । प्राप्त भएको आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आगामी फागुन २१ हुने प्रतिनिधिसभा… पुरा पढौ

नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल

हनोइ (भियतनाम), २५ मङ्सिर। थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गरेका छन्। आज भियतनामको राजधानी हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलका क्रममा उहाँले नेपाल र भियतनामबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्र्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानी क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिए। “पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ चुनौती देखिएको छ, यस्तो अवस्थामा दुवै देशले एकापसमा आर्थिक… पुरा पढौ

घोराही सिमेन्टको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडौं, २५ मंसिर । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आजस अन्तिम दिन बाँकी रहेको छ। कम्पनीकाे साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार मंसिर २६ गते बुकक्लोज गरिने भएकाे छ। शेयरधनीहरुले साधारण सभामा सहभागि हुन र लाभांश पाउन याेग्यय बन्नका लागि आजसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । कम्पनीकाे पाँचौ वार्षिक साधारण सभा पुस १४ गते, दाङकाे घाेराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा रहेकाे होटल पौवामा डाकिएकाे छ । सभा बिहान ९ बजे बाेलाइएकाे छ।… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

काठमाडौं, २५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १८ पैसा कायम गरिएको छ… पुरा पढौ

आज अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै

काठमाडौं, २५ मङ्सिर। हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी… पुरा पढौ

प्रभु बैंकका विप्रेषण विभागका प्रमुख शाक्य पक्राउ

काठमाडौं, २५ मङ्सिर । केन्द्रीय अनुसन्धान ब्यूरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंकलाई रु एक अर्बभन्दा बढी हानि नोक्सानी पुर्याएको आरोपमा बैंकका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई आज ललितपुर महानगरपालिका–११ ईखांछेबाट पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैंकलाई हानि र आफ्नो स्वार्थ समूहअन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाइदा हुनेगरी बैंकिङ कसुर गरेको ब्यूरोको आरोप छ । रेमिटबापतको ‘प्रिफण्डिङ’ दिन सक्ने कानुनी व्यवस्थाको दुरुपयोग गरी गराई त्यसका… पुरा पढौ