मुख्य समाचार

मनै लोभ्याउने पुनहिल

गण्डकी, ५ कात्तिक। झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ । पुनहिल गएर सूर्योदय नहेरी के फर्कनु ! घोरेपानीमा रात काटेका आगन्तुकहरू सूर्योदय नियाल्न सखारै पुनहिलको उकालो लाग्छन् । पूर्वमा लाली चढ्दै गर्दा पुनहिल सेरोफरो आगन्तुकले ढाकिइसकेको हुन्छ । सबै सूर्योदय नियाल्न व्यग्र देखिन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै हिमाल खुल्न थाल्छ । घामको पहिलो झुल्का हिउँचुचुरोमा पर्दाको दृश्यले मोहित तुल्याउँछ । छिनभरमै घामका कलिला किरण पुनहिलमा छाइसक्छन् । हिमालको काखबाट सूर्य उदाएको दृश्यले कसलाई पो नलोभ्याउला र ! सूर्योदयको मनप्रिय दृश्यलाई… पुरा पढौ

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवास अवलोकन

भक्तपुर, ५ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निवास अवलोकन गरेका छन्। उनले जेनजी आन्दोलनका क्रममा जलेर भग्नावशेषमा परिणत भएको घरको अवलोकन गरे। अध्यक्ष ओलीले आफ्नो निवास परिसरभित्र रहेका पुस्तकालय, सुरक्षाकर्मीको घरसहितका संरचना अवलोकन गरे। अवलोकनपछि अध्यक्ष ओलीले भने, “यो मेरो सम्पत्ति थिएन, यो सरकारको सम्पत्ति हो । हामीले त बाँचुन्जेल बास बस्न र खानका लागि मात्रै प्रयोग गरेको हो । अब त त्यो अवस्था पनि रहेन ।” अध्यक्ष ओलीले थप भने, “मेरो श्रीमतिले राष्ट्र… पुरा पढौ

तीन महिनामा ७ अर्ब ६४ करोड राजस्व सङ्कलन

बागमती, ५ कात्तिक। चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको ११ दशमलव ३४ प्रतिशतअर्थात् रु सात अर्ब ६४ करोड ५० लाख ८१ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आश्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२÷८३ मा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकामा साउनदेखि असोजसम्ममा लक्ष्यको १४ दशमलव २१ प्रतिशतअर्थात् रु चार अर्ब ३८… पुरा पढौ

आगामी निर्वाचनमा जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छः प्रधानमन्त्री

भक्तपुर, ५ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको आगामी निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आज आयोजित शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउने कार्यमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै वर्ग–समूहको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्, “सरकारले २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्न जिम्मेवारी पाएको विदितै छ । सरकारसँग नेपालको संविधानअनुसार जेनजीको यथोचित आवाजलाई… पुरा पढौ

राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं, ५ कात्तिक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताएका छन्। नेपाल संवत् ११४६ नयाँ वर्षा आरम्भका अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली हाम्रो शक्ति हो भन्दै विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौँ र सद्भावको सुगन्ध फैलाउन आग्रह गरे। “राष्ट्रमाथि खडा गरिएको चुनौतीको सामना गरौँ । सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना”,… पुरा पढौ

यस्ताे छ अलौकिक ‘पञ्चकुण्ड हिमताल’

म्याग्दी, ५ कात्तिक। उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्याेदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ टलक्क टल्कने । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको पञ्चकुण्ड तालको सौन्दर्य लोभलाग्दो छ । अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड… पुरा पढौ

मुस्ताङ भन्सारद्वारा साढे तीन अर्ब राजस्व सङ्कलन

मुस्ताङ, ५ कात्तिक। नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौ ३१ गते पूर्ण रुपमा व्यापारिक मार्गको रुपमा सञ्चालनमा आएको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले मङ्गलबारसम्म उक्त राजस्व सङ्कलन गरेको जनाएको छ । चीनबाट आयातनिर्यात गरिने मालसामान तथा विद्युतीय सवारीको सो भन्सार कार्यालयले सम्बन्धित व्यापारीको भन्सार एजेन्टमार्फत मालसामानको जाँचपास गर्ने गरेको छ । हालसम्म कार्यालयले ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यमा पठाएको न्हेचुङस्थित मुस्ताङ भन्सार… पुरा पढौ

असोजसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

काठमाडौं, ५ कात्तिक। विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ । विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । विभागले चालु आवको असोज मसान्तसम्ममा लापा खोला (चार दशमलव ७२ मेगावाट), लोअर बरुण (एक सय… पुरा पढौ

असोजमा घरजग्गा कारोबारबाट पाैने ३ अर्ब राजस्व सङ्कलन

काठमाडौं, ५ कात्तिक। गत असोजमा देशभरका मालपोत कार्यालयले कूल रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व सङ््कलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो । चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व सङ्कलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार गत असोजमा सेवा कर रु २१ करोड ३० लाख ७५… पुरा पढौ

कस्तो छ आजको मौसम ?

काठमाडौं, ५ कात्तिक। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै एकाध स्थानमा हिमपातको सम्भावना रहेकाले पछिल्लो मौसमी जानकारी लिन महाशाखाले आग्रह गरेको छ । यसैगरी आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया… पुरा पढौ