मुख्य समाचार

इन्टरनेट र एआईबारे २० देशका विज्ञबीच नेपालमा छलफल

काठमाडौं, २५ असोज । इन्टरनेट र एआईका विविध विषयमा २० देशका विज्ञहरूले नेपालमा भेला भएर चार दिनसम्म छलफल चलाएका छन् । इन्टरनेटका क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सद्वारा आयोजित ‘एपीसिग २०२५’ नाम दिएको सम्मेलन यही असोज २१ देखि २४ गतेसम्म भएको आयोजक संस्थाका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए। उनका अनुसार सम्मेलनमा १६ चरणमा छलफल कार्यक्रम भएका थिए भने २२ विज्ञ वक्ताहरूको विषयगत प्रस्तुति रहेको थियो । सम्मेलनमा १६ देशका सरकारी अधिकारी, सूचना प्रविधि विज्ञ,… पुरा पढौ

कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु

जनकपुरधाम, २५ असोज। जेनजीको प्रर्दशनका क्रममा आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त भई सेवा बन्द भएको आन्तरिक राजस्व कार्यालयबाट आजदेखि राजस्व सङ्कलन तथा सेवा प्रवाहको कार्य सुरु भएको छ । उक्त कार्यालयको भौतिक सामग्रीको खरिद, मर्मत सम्भार, सरसफाइ तथा रङरोगन गरी कार्यालय सञ्चालन भएको सो कार्यालयले जनाएको छ । गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनीको भएको थियो । आगजनी तथा तोडफोडबाट कार्यालयको करिब रु दुई करोड ५० लाख बराबरको भौतिक सम्पत्ति जलेर… पुरा पढौ

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २५ असोज । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा… पुरा पढौ

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सरल, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं, २५ असोज। सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरलीकृत गरेको छ । यसअघि देशका विभिन्न मालपोत कार्यालयले जारी गरेको सूचनाका कारण आम नागरिकमा त्रास फैलिएपछि सरकारले थप सरलीकृत गरेको हो । आन्दोलनका क्रममा आगलागीका कारण क्षति भएका मालपोत कार्यालयलाई पत्राचार गर्दै लालपूर्जा र नागरिकतागायत जग्गाधनीसँग रहेका कागजातका आधारमा सहज रूपमा स्रेस्ता कायम गर्न सकिने व्यवस्था गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव जीवनराज सेढाइँका… पुरा पढौ

कोशी प्रदेशको पहाडी भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २५ असोज । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया… पुरा पढौ

कामना सेवाको १९ औं साधारणसभा सम्पन्न, १५.७८९५ प्रतिशत लाभांश पारित

काठमाडौं, २४ असोज । कामना सेवा विकास बैंकको आज काठमाडौंमा सम्पन्न १९ औं वार्षिक साधारणसभाले १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले १० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभासं (करसमेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको हो । साधारणसभाले लेखा परीक्षकको प्रतिवेदन, आ.व.२०८१.८२ को वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायतका प्रस्तावह सर्वसम्मतीले पारित गरेको छ । सभाबाट… पुरा पढौ

तिहारमा काठमाडौं महानगरमा विदेशी फूल प्रतिबन्धित

काठमाडौं, २४ असोज । काठमाडौं महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले आज पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनका लागि महानगरले आगामी कात्तिक १ देखि ६ गतेसम्म ३२ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको जानकारी दिए । “अवैध रुपमा विदेशबाट आयात… पुरा पढौ

सयपत्री फूलमा आत्मनिर्भर बन्दै पोखरा

गण्डकी, २४ असोज। तिहारमा मालाका लागि प्रयोग गरिने सयपत्री फूलमा पोखरा आत्मनिर्भर बन्दै गएको छ । विगतमा तिहारका लागि पोखरामा ठूलै मात्रामा फूल बाहिरबाट आउने गरेकामा पछिल्ला वर्षमा त्यो क्रम क्रमशः घट्दै गएको छ । पछिल्ला वर्षमा घरका लागि आवश्यक हुने फूल अधिकांशले घरघरमा नै तयार गर्नाका साथै यस क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने क्रम बढेसँगै पोखरा सयपत्री फूलमा आत्मनिर्भर बन्दै गएको हो । सयपत्री फूलप्रतिको आत्मनिर्भरता बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता फूलको बीउ वितरणलगायतमा अनुदान सहयोगसमेत गर्दै… पुरा पढौ

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, ३१ जनाको मृत्यु

काठमाडौं, २४ असोज। जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए। जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो । सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन । “विगत… पुरा पढौ

सुन आयातको काेटा बढ्यो, अब दैनिक २५ किलो ल्याउन पाउने

काठमाडौं, २४ असाेज । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर २५ किलाे बनाएकाे छ। अब दैनिक रुपमा साविककाे २० किलाेकाे सट्टामा बढाइएकाे सुन आयातको सीमा अनुसार २५ किलो आयात गर्न पाइने भएकाे छ । यतिबेला नेपालकाे समय चाडबाडकाे रहेकाे छ । याे बेलामा नेपालीले सुनका गरगहनाकाे प्रयाेग गर्ने परम्परागत मान्यता रहेकाे छ । साथै बजारमा सुनको माग बढेकाेले राष्ट्र बैंकले आयातको कोटा बढाएको जनाएकाे छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालाे लागिरहेकाे छ । नेपालमा पनि रेकर्ड ब्रेक… पुरा पढौ