मुख्य समाचार

सुनमा रेकर्ड ब्रेक : ताेलाकाे २ लाख ५० हजार ९ सय

काठमाडौं, ३० असोज । सुनचाँदीकाे भाउले नयाँ रेकर्ड बनाउने क्रम राेकिएकाे छैन । साताकाे सुनचाँदीकाे काराेबार हुने पाँचाै दिन बिहिबार पनि सुनले रेकर्ड ब्रेक गरेकाे छ । यसदिन सुन ताेलामा दुई हजार रुपैयाँले बढेर रेकर्ड ब्रेक भएकाे हाे । चाँदीमा पनि ताेलामा रुपैयाँ ३५ ले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोलाकाे २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । याे भाउ हालसम्मको उच्च हो । बुधबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार… पुरा पढौ

आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित

काठमाडौं, ३० असोज। नेपाल वातावरण पत्रकार समूह (नेफेज) का पूर्वअध्यक्ष रोशनी अधिकारी पाठक अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित भएकी छन् । अधिकारी सन् २०२६–२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित भएको संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । यही अक्टोबर ९ देखि १५ तारिखसम्म अबुधाबीमा सम्पन्न आयुसिएन विश्व संरक्षण महासभाका क्रममा भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपालका सात उम्मेदवारबीच पाँच क्षेत्रीय परिषद् सङ्ख्याका लागि प्रतिस्पर्धा भएको… पुरा पढौ

असाेजकाे बाढीले पाैने ६ करोडको धानबाली नष्ट

झापा, ३० असोज। यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ । कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिए। “बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन”, उनले भने, “पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ ।” वर्षाका कारण कनकाई… पुरा पढौ

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी (अमेरिका), ३० असोज। विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो । पुरा पढौ

विश्व बैङ्कको साढे २९ कराेड अनुदानमा सडक स्तरोन्नति गरिँदै

कञ्चनपुर, ३० असोज। लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए। उनका अनुसार पाँच मिटर चौडाइमा कालोपत्रको कार्य गरिने छ भने सडकको चौडाइ नालासहित आठ मिटरदेखि १० मिटरसम्म हुनेछ । “सडक… पुरा पढौ

नेपाल विश्वकपमा छनाेट, शुक्रबार अन्तिम खेल सामोआसँग खेल्ने

काठमाडौं, ३० असोज। आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई÷दुई विकेट… पुरा पढौ

आज ४५औँ विश्व खाद्य दिवस मनाइदै

काठमाडौँ, २९ असोज । सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ । समारोह मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । विभागका महानिर्देशक सञ्जेलले खाद्य वस्तुको प्रदर्शनी,… पुरा पढौ

मृत्युलाई जितेका श्रेयसले भने, ‘सुशासनयुक्त देशकाे सपना देखेका छौं’

काठमाडौं, २९ असाेज । गत भदाैकाे २३ र २४ गते भएकाे जेन्जीकाे आन्दाेलनकाे क्रममा गाेली लागेर शक्त घाइते भएका भक्तपुरका श्रेयस न्याैपानेले मृत्युलाई जितेका छन् । अध्ययनले, सूजबूजले, सामाजिक चिन्तनले, सद्भाव, सहयाेग र मृदुभाषि हँसिलाे मुहारका उनले आफ्नै मातृभूमिमा केहि हाेस्, केहि गर्न सकियाेस् र राज्यले त्याे वातावरण् बनाउनुपर्ने र सुशासनयुक्त मुलुककाे सपना देखेका छन् । श्रेयस न्यौपाने जी जेन्जीकाे सपना, गन्तव्यका कुरा र आन्दाेलनकाे अनुभव बताउनु हुन्छ ? धन्यवाद, सफल आवाज परिवारलाई । मलाई यहाँ आफ्नाे अनुभव र बिचार… पुरा पढौ

कात्तिक ६ गते पोखरामा १८ औँ भाइटीका महोत्सव हुने

गण्डकी, २९ असोज । होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औँ भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको बताउँदै उनले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। महोत्सवका संयोजक एवं सङ्घका उपाध्यक्ष गणेशराज पहारीका अनुसार महोत्सवमा विभिन्न… पुरा पढौ

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

पाटन (ललितपुर), २९ असोज । १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ । प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताए। “पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको मेहनतले आफ्नै प्रयासमा भए गरेको काम सराहनीय छ,… पुरा पढौ