मुख्य समाचार

निर्वाहमुखीबाट औद्योगिकीकरणतर्फ पोल्ट्री व्यवसाय

चितवन, २४ असोज। कोभिडपछि साना व्यवसायी पलायन हुँदा ठूला व्यवसायीले उत्पादन धानिरहेका छन् । झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भए पनि नेपालको माग धान्नसक्ने गरी उत्पादन भइरहेको हो । कोभिडअघिसम्म तीन हजारभन्दा बढी किसानले देशका विभिन्न भागमा लेयर्स कुखुरा पाल्दै आएका थिए । अहिले यो सङ्ख्या ६०० हाराहारीमा झरेको व्यवसायी बताउँछन् । नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल आठ वर्षअघि आफू केन्द्रीय अध्यक्ष हुँदा तीन हजारभन्दा बढी साना ठूला गरी लेयर्स कुखुरा पालक किसान… पुरा पढौ

‘वास’ क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि समझदारी

काठमाडौं, २४ असोज। खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि दुई प्रमुख संस्थाबीच आपसी सहकार्यको औपचारिक थालनी सुरु भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र तथा वातावरण र जनस्वास्थ्य संस्थाबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा केन्द्रका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठ र एन्फोका कार्यकारी निर्देशक भावना शर्माले हस्ताक्षर गरे। सम्झौताअनुसार दुवै संस्था खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा सुरक्षित रूपमा व्यवस्थापित सेवा प्रणालीको प्रवर्द्धन गर्न संयुक्त रुपमा काम… पुरा पढौ

हिमपातले न्यालु सडक बन्द, पर्यटक अलपत्र

सिमकोट (हुम्ला), २४ असोज। सिमकोट (हुम्ला), २४ असोज। अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् । सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ । सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने उनले बताए। समुद्र सतहबाट न्यालु पाँच… पुरा पढौ

सुनमा सामान्य गिरावट, चाँदीको भाउ बढ्याे

काठमाडौं, २४ असोज। साताकाे सुनचाँदीकाे काराेबार हुने छैटाै दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनकाे भाउमा सामान्य गिरावट भएको छ । चाँदीकाे भाउ भने बढेकाे छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको छ । चाँदीको मूल्य भने बढेको… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९० रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा कायम गरिएको… पुरा पढौ

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौं, २४ असोज। मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ । राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक… पुरा पढौ

स्वास्थ्य बिमाबाट वञ्चित विपन्न परिवारलाई नगरपालिकाको सहयोग

त्रिशूली (नुवाकोट), २४ असोज । आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछिपरेका परिवारलाई यहाँको विदुर नगरपालिकामार्फत स्वास्थ्य बिमाको दायरामा समेटिएका छन् । अहिलेसम्म स्वास्थ्य बिमाको पहुँचमा नरहेका करिब सात सय परिवारका दुई हजार ६०० भन्दा बढी नगरवासीको स्वास्थ्य बिमा नगरपालिकाको आर्थिक लगानीमा गरिएको हो । ‘अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’मार्फत आर्थिक रूपमा विपन्न, दलित र सीमान्तकृत समुदाय एवं सामाजिक रूपमा पछिपरेका परिवारको स्वास्थ्योपचार सुनिश्चितताका लागि स्वास्थ्य बिमा कार्यक्रममा समावेश गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार वडा कार्यालयहरूबाट छनोट… पुरा पढौ

नेप्से २२.५९ अंकले बढ्याे, ५ अर्ब २७ करोडकाे काराेबार

काठमाडौं, २३ असाेज । नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ४.८४ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले बढेको छ। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा २५ करोड सीमा हटाएपछि बजार सकारात्मक भएको छ । सीमा हटाएकाे कारण लगानीकर्ताहरुमा उत्साह थपिएकाे छ । बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढ्दा सकारात्मक सर्किट लागेर २० मिनेट कारोबार बन्द भएकाे थियाे । त्यसपछि खुलेकाे बजार उकालाे लागेर बन्द भएकाे… पुरा पढौ

‘एमाले प्रतिनिधिसभा पुनःस्थापनाकाे पक्षमा छ’-अध्यक्ष ओली

भक्तपुर, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन्। एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा आज गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको र त्यसमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गरे। सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने हो भने राजनीतिक दलहरुको विश्वास जितेर निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्ने बताए। “यतिबेला राष्ट्रलाई एकता र स्थिरता चाहिएको छ । लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा… पुरा पढौ

ग्राहकसँग गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं, २३ असोज । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैँकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता अनाधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको उल्लेख गरेको छ । बैंकद्वारा आज प्रेस विज्ञप्तिमा भनिएको छ “बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै कुनैपनि प्रयोजनका… पुरा पढौ