मुख्य समाचार

निर्वाचनबारे छलफलका लागि दललाई आयोगद्वारा पत्राचार

काठमाडौं, २२ असोज । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले जानकारी दिइन्। आयोगले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दललाई पत्राचार गरेको जनाएको छ… पुरा पढौ

चौधरी ग्रुपले जेन-जी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एक जनालाई रोजगारी दिने

काठमाडौं,२२ असोज । चौधरी ग्रुपले जेन-जी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ। जेन जी आन्दोलनका शहिदप्रति चौधरी ग्रुपको तर्फबाट श्रध्दाञ्जलि तथा परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक संजाल फेसबुक मार्फत यो घोषणा गरेका हुन। यो केवल वाचा मात्र नभइ गहिरो कर्तव्य र श्रद्धा स्वरुप जेन जि आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्न लागिएको उनले बताएका छन। उक्त आन्दोलनका क्रममा निजी निवास, कार्यालय, शोरूम र उद्योगहरूमा भएको ठूलो… पुरा पढौ

क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान छ: मन्त्री घिसिङ

काठमाडौं, २२ असोज। सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न रु १२ अर्ब ३८ करोड लाग्ने जनाउँदै अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि रु १० अर्ब ६८ करोड लाग्ने अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर मातहतका… पुरा पढौ

सुनको भाउमा रेकर्ड ब्रेक, ताेलाकाे २ लाख ३८ हजार

काठमाडौं, २२ असोज । साताकाे सुनचाँदीकाे काराेबार हुने चाैथाे दिन बुधबार नेपाली बजारमा सुनको भाउ भारि मात्रामा वृद्धि भएकाे छ । यसरी बढेकाे भाउले नयाँ रेकर्ड बनाएकाे छ । यसदिन सुन ताेलामा दुई हजार ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनहरुमा सुनको भाउले नयाँ रेकर्ड बनाइरहेकाे छ । चाँदीको… पुरा पढौ

देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

काठमाडौं, २२ असोज । कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो । बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपंक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण सङ्कलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २२ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३० पैसा… पुरा पढौ

गुर्जाघाटमा सोलार प्यानलबाट ‘चार्जिङ स्टेसन’

ढोरपाटन (बागलुङ), २२ असोज। तमानखोलाको जुर्गाघाटबासीले अब लेकमै पनि सोलारबाट मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् । करिब दुई सय अस्थायी र पाँच घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका-१ र २ मा पर्ने गुर्जाघाटका स्थानीयको घरमा अहिलेसम्म बिजुली पुगेको छैन् । यहाँका स्थानीय अहिले पनि धुपीको दियालोको उज्यालोको भरमा छन् । पाँच सयभन्दा बढी जनसङ्ख्या रहेको यस क्षेत्रका नागरिकले मोबाइल फोन बोके पनि चार्ज गर्न भने गाउँपालिको केन्द्र आसपासको गाउँमा आउनुपर्छ । यहाँ आउनका लागि पैदल दुई दिन जति… पुरा पढौ

यसपटक अलैँचीको मूल्य घट्यो, प्रतिमन ८० हजार

किमाथाङ्का (सङ्खुवासभा), २१ असोज। सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्य घटेको छ । गतवर्ष यही समयमा प्रतिमन (४० किलो) रु ९० हजारमा मूल्य रहेकाेमा यसपटक भने रु ८० हजारमा कारोबार भइरहेको छ । एक दशक अघिदेखि ओरालो लागेको अलैँचीको मूल्य गत वर्ष सुधार भए पनि यसवर्ष फेरि मूल्य घटेको छ । कालो सुनको रूपमा चिनिँदै आएको अलैँचीको मूल्य प्रतिमन रु ८० हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार गतवर्ष प्रतिमन रु एक लाख १०… पुरा पढौ

जुम्लामा १० करोड बढीका भेडा र खसीबोकाको कारोबार

जुम्ला, २१ असोज। जुम्लामा यसवर्षको दसैँमा रु १० करोडभन्दा बढीको भेडा, खसीबोकाको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी, बोका तथा भेडा खरिद बिक्रीबाट यसवर्ष रु १० करोड रकम बराबरको कारोबार भएको चन्दननाथ नगरपालिकाअन्तर्गत पशुपक्षी विकास शाखाका प्रमुख वीरबहादुर रावतले जानकारी दिए। उनले भने, “कारोबार भएको उक्त रकममध्ये भेडातर्फ रु नौ करोड ३४ लाख ८८ हजार तथा रु ३७ लाख ४० हजारको खसी, बोका खरिद बिक्री भएको हो । चन्दननाथ नगरपालिकामा भने रु २६ लाख… पुरा पढौ

सहिद परिवारका १४० सदस्यको निःशुल्क बिमा

जनकपुरधाम, २१ असोज। प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बिमा गर्न बाँकी छ । मधेस र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको आन्दोलनमा एक हजार छ जना घाइते वा अङ्गभङ्ग भएका सबैको बिमा गर्ने प्रतिष्ठानको लक्ष्य छ । सहिद परिवारका पाँच जनालाई भने प्रदेश सरकारले प्रतिष्ठानमार्फत रु तीन हजार ५०० बिमा शुल्क प्रदान गर्दै आएको छ । पुरा पढौ