मुख्य समाचार

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं, २१ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम… पुरा पढौ

शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतामा जोड्नुपर्छ-राष्ट्रपति

काठमाडौं, २० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन्। राष्ट्रपति पौडेलले सेन्ट मेरिज माध्यमिक विद्यालय जावलाखेलको ७०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरे । “विद्याले विनयशील नागरिक जन्माउँछ, अनि सक्षम देशभक्त तयार हुनुपर्छ, हामीले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ”, राष्ट्रपति पौडेलले भने। देशमा उत्पादन, रोजगारी बढाएर आत्मनिर्भर अर्थतन्त्रको विकासप्रति केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। राष्ट्रपति पौडेलले निश्चय नै शिक्षा अन्तस्करणको चेतना जागृत गर्ने माध्यम मात्र नभएर… पुरा पढौ

नेपाली विशेषताको समाजवादः समृद्ध नेपाल सुखी नेपाली होः अध्यक्ष ओली

गोदावरी (ललितपुर), २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताएका छन्। गोदावरीमा अध्यक्ष ओलीको राजनीतिक प्रस्तावको प्रतिवेदनको विस्तृत विवरण उपमहासचिव प्रदीप ज्ञवालीले वाचन गरे। अध्यक्ष ओलीको नेपाली विशेषताको समाजवादको अवधारणा प्रस्तावमा भनिएको छ, “नेपाली समाजको विशेषताका रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइनेछ । एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रवद्र्धन गरिनेछ ।”… पुरा पढौ

ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित

काठमाडौं, २० भदाै । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।  मंगलबार सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका संचालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरि तथा करेस्पोन्डेन्ट बैंकिङ्ग विभागका म्यानेजर शिशिर शाक्यलाई उक्त अवार्ड हस्तान्तरण गरिएकाे हो । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व,… पुरा पढौ

स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

काठमाडौं, २० भदौ। आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत सुविधा पाउने भएका छन् । हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले यो सुविधा पाउँदै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो । एकीकृत सुविधा कार्यान्वयनका लागि मन्त्रालयले हाललै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० (पहिलो… पुरा पढौ

‘फोहर व्यवस्थापनमा पोखराले धनगढीबाट सिक्न सक्छ’

गण्डकी, २० भदौ । “सडक, पुल, भवन नभई हाम्रो नगर गौरवको योजना फोहर व्यस्थापन र सरसफाइ प्रवद्र्धन हो”, कैलालीको धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमालले यसो भनिरहँदा कार्यक्रमका सहभागीले परर ताली बजाए । प्रमुख हमालले भने, “फोहर व्यवस्थापनमा जनशक्ति, स्रोतसाधन छैन भनेर गुनासो मात्र गरेर बस्ने होइन, हामीले फोहर नै नगर्ने बानी बसाल्नुपर्छ ।” उनको यो भनाइमा फोहर व्यवस्थापनमा व्यापक सामुदायिक सचेतना र जनसहभागिताको खाँचो रहेको भाव थियो । फोहर व्यवस्थापनमा धनगढी उपमहानगरपालिकाले अपनाएको सीप, प्रविधि र असल अभ्यासबारे अनुभव आदानप्रदानका… पुरा पढौ

एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनः नेपाली विशेषताको समाजवाद, बहुलता र विविधताको समायोजन

गोदावरी (ललितपुर), २० भदौ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सारेका छन्। उनले समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताए । आजदेखि सुरु भएको दोस्रो महाधिवेशनमा अध्यक्ष ओलीका तर्फबाट उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन वाचन गर्दै समाजको विशेषताका रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्य गर्दै अगाडि बढाइने उल्लेख गरे। उनले भने, “एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्द्धन गरिने छ ।” प्रतिवेदनमा नेपाली विशेषताको… पुरा पढौ

लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले डाक्याे एजिएम

काठमाडौं, २० भदाै । माछापुच्छ्रे बैंकले असोज १० गते साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे । बैंकले २७ औँ वार्षिक साधारण सभा असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा बाेलाएकाे छ । सभा बिहान ११ बजेबाट शुरु हुने जनाइएकाे छ। सभाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमाेदन गरिनेछ । सभाले प्रतिशेयर… पुरा पढौ

झापा इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौं, २० भदाै । झापा इनर्जीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरिसकेकाे छ । पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बाँडफाँट गरिएकाे थियाे । ५७ हजार २९ कित्ता विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिएकाे थियाे । यस चरणमा कम्पनीले सामूहिक लगानी कोषहरुका लागि २८ हजार ५१४ कित्ता छुट्याएकाे छ । कर्मचारीहरुका… पुरा पढौ

एमाले विधान महाधिवेशन आजदेखि सुरु, अध्यक्ष एवं प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा आजदेखि प्रारम्भ हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सम्पन्न हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव… पुरा पढौ