मुख्य समाचार

सूचना प्रविधि, सुशासन र विकास: प्रधानमन्त्री ओली (विचार)

काठमाडौं, २ भदौ । आज सूचना र सञ्चार प्रविधि, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन, विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ । हामी आइटीविना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छाै । पहिलो कुरा, आइटीको प्रयोग केका लागि भन्दा देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई अझ सभ्य, अझ परिष्कृत, अझ उन्नत बनाउन र देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोगलाई सुशासनको सहयोगीको रूपमा, समाजको सुप्रबन्धका लागि सहयोगीको रूपमा, करप्सन कन्ट्रोलका लागि सहयोगीको रूपमा र जनतालाई सेवा सुविधा… पुरा पढौ

सर्वोत्तम सिमेन्टले १ अर्ब ४५ लाख नाफा कमायाे

काठमाडौं, २ भदाै । सर्वोत्तम सिमेन्टकाे नाफा ५७२.५२ प्रतिशतले बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा रुपैयाँ १ अर्ब खुद नाफा कमाएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म रुपैयाा १४ करोड ९३ लाख खुद नाफा कमाएको थियाे । गत आर्थिक वर्षमा रुपैयाँ १ अर्ब ४५ लाख खुद नाफा कमाएको छ। जाे ५७२.५२ प्रतिशतले बढि हाे । कम्पनीको बिक्री आम्दानी ४९.८७ प्रतिशतले बढेकाे छ । यसरी बढेर रुपैयाँ ९ अर्ब ५५… पुरा पढौ

अलैँचीको भाउ सात वर्ष यताकै उच्च, किसान उत्साही

झापा, २ भदौ। ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन (४० केजी) रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए। “यो निकै राम्रो भाउ हो,” उनले भने, “गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन रु ४० हजारसम्ममा भएको थियो ।” अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ । विसं २०७५ को… पुरा पढौ

डिजिटल नेपाल फ्रेमवर्कको विस्तार र नेपाल टेलिकमको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं, २ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे आज संक्षिप्त जानकारी लिएका छन् । सञ्चार तथा सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै आएका प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्केले प्रधानसहितसँग ब्रिफिङ लिए । नेपाल सरकारबाट हालै राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत भएको सन्दर्भमा डिजिटल नेपाल फ्रेमवर्कलाई थप विस्तार… पुरा पढौ

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाईमा आवेदन दिने अवधि थप

काठमाडौं, २ भदाै। एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने अवधि थपिएकाे छ। अब लगानीकर्ताले उक्त योजनाको इकाई खरिद गर्नका लागि भदौ १२ गतेसम्म आवेदन दिन पाउने छन्। क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएकाे हाे । जसकाे प्रतिइकाई अंकित दर १० रुपैयाँ रहेकाे छ । क्यापिटलले १० करोड इकाईमध्ये बीज पूँजीबापट कुल निष्काशन गरिने इकाईको १५ करोड बराबरको १ करोड… पुरा पढौ

चाँदी आयातका लागि अब ५ लाख डलरसम्मको सटही सुविधा

काठमाडौं, २ भदौ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पु-याएको जनाएको हो । सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनका लागि आयात गर्दा प्रतिपटक तीन लाख अमेरिकी डलर बराबरको सुविधा प्राप्त हुँदै आएको थियो । राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रतिपटक अब पाँच लाख अमेरिकी डलर बराबरको वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको… पुरा पढौ

देशको आर्थिक समृद्धि साझा एजेण्डाः मूख्यसचिव अर्याल

काठमाडौं, २ भदौ । मूख्यसचिव एकनारायण अर्यालले देशको आर्थिक समृद्धि साझा एजेण्डा भएकाले यसप्रति गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक–निजी संवाद कार्यक्रम’ मा उनले विकास प्रक्रियामा देखिएका नीतिगत उल्झनलाई सहजीकरण गर्दै सरकार र निजी क्षेत्रको सहकार्यमा मुलुकको विकास र आर्थिक समृद्धिलाई तीव्रताका साथ अगाडि बढाइनुपर्नेमा जोड दिए। “आर्थिक विकासको ड्राइभर निजी क्षेत्र हो, सरकारले बाटो फुकाइदिने हो”, मूख्यसचिव अर्यालले भने, “नीतिगत सहजीकरणमा… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २ भदौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०८… पुरा पढौ

नेप्से २७ अङ्कले घट्यो, सात अर्ब ७३ करोडकाे काराेबार

काठमाडौं, १ भदौ। यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक २७ दमशलव १४ अङ्कले घटेको छ । शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक दुई हजार ७६१ दशमलव २२ को बिन्दुमा कायम भएको हो । आज ३१७ कम्पनीको दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता शेयर ८६ हजार ६६९ पटक खरिद बिक्री हुँदा रू सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक घटेको छ ।… पुरा पढौ

चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधा अब ५ लाख

काठमाडौं, १ भदाै । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि सुविधा बढाएकाे छ । बैंकले चाँदी आयातका लागि अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको हाे । केन्द्रीय बैंकका अनुसार विनिमय कारोबार गर्ने निकायको एकीकृत निर्देशनमा संशोधन गरेर यसखालकाे सुविधा बढाएको उल्लेख छ। याे सुविधापछि सुनचाँदीको व्यवसाय गर्ने उद्योगले चाँदीको गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा बनाउन, औद्योगिक कच्चा पदार्थका रुपमा ल्याउन सक्नेछन् । यस्तै, आफ्नै प्रयोजनका लागि आयात गर्दाखेरि हरेक पटकमा अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको… पुरा पढौ