मुख्य समाचार

नेप्सेमा झिनो अङ्कको सुधार, ११ अर्ब ४४ करोडकाे कारोबार

काठमाडौं, १ असार । साता शेयर कारोबार हुने पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४७ अङ्कले बढेर दुई हजार छ सय ५५ दशमलव ८५ को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर ९५ हजार ३७४ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ दशमलव ९४ को कारोबार… पुरा पढौ

‘राजस्व चुहावट नियन्त्रण गरी लक्ष्यअनुरुप राजस्व उठाउनुपर्छ’

काठमाडौं, १ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने लक्ष्यअनुसार राजस्व उठाउन सकिने धारणा राखेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा पार्टीकोतर्फबाट विचार राख्दै उनले रु २० अर्ब राजस्व उठाउन सकिने बताउँदै अहिले ५० प्रतिशत राजस्व चुहावट भइरहेको जानकारी दिए। “बजेट तुलनात्मक रूपमा यथार्थपरक छ, निजी क्षेत्रका समस्या समाधान गर्न उन्मुख बजेट आएको छ, बजेटले आयोजनालाई प्राथमिकीकरण गर्न खोजेको छ, अनुत्पादक क्षेत्रमा ऋण लिनुहुँदैन, आवश्यक… पुरा पढौ

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताएका छन्। आयोगको हीरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गरे। “नेपाल र नेपालीको चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै यसलाई प्रविधिमैत्री र समयसापेक्षा बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ”, प्रधानमन्त्री ओलीले भने, “आयोगलाई थप साधनस्रोत सम्पन्न र… पुरा पढौ

आरोग्य पर्यटनः गन्तव्य नेपाल (विचार)

काठमाडौं, १ असार । अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन, विभिन्न प्रकारका अतिरिक्त पौष्टिक तत्व तथा शारीरिक व्यायाम सिकाउने कक्षा सबै आरोग्य उद्योगका अङ्ग हुन्। संसारभरिका मानिस खर्बौं डलर खर्च गर्न तत्पर छन् । तर वास्तविक आरोग्यका लागि मनको सुख, मनको आनन्द, अनि शरीर र मस्तिष्कको स्वस्थता र आनन्द आवश्यक पर्दछ, जुन इन्द्रीयको प्रयोगका साथै योग र ध्यानबाट मात्र प्राप्त हुन्छ । नेपाल ध्यानको… पुरा पढौ

बिचौलियाको सिन्डिकेट जनप्रतिनिधिकाे संस्थाभन्दा बलियो छ-सांसद श्रेष्ठ

काठमाडौं, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ । नौ वर्षअघि विवेकशील नेपाली दल हुँदै राजनीतिमा प्रवेश गर्नुभएका पूर्वयुवा तथा खेलकुदमन्त्री श्रेष्ठ बागमती प्रदेशका पूर्वप्रदेशभा सदस्य हुनुहुन्छ । पर्यटन व्यवसायीसमेत रहनुभएका उहाँ सम्पदा संरक्षणलगायत विभिन्न सामाजिक सेवामा आबद्ध हुनुहुन्छ । काठमाडौँको इन्द्रचोकमा जन्मिनुभएका युवा सांसद श्रेष्ठसँग राससका प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता सुशील दर्नालले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः यहाँ प्रस्तुत गरिएकाे छ । माननीयज्यू, आजभोलि… पुरा पढौ

‘ग्लोबल आइएमई समुन्नत योजना २’ बिक्रीमा आउदै

काठमाडौं, १ असार । ग्लोबल आइएमई क्यापिटल क्यापिटलले असार २२ गतेदेखि सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई बिक्रीमा ल्याउने भएकाे छ । यसकाे प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। याे १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो। जाे ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन्छ । कुल १२ करोड इकाईको १५ प्रतिशत इकाईमध्ये १.५ प्रतिशत अर्थात १८ लाख इकाई योजना व्यवस्थापक रहेकाे ग्लोबल आइएमई क्यापिटलका… पुरा पढौ

बङ्गलादेशमा व्यावसायिक रूपमा आजदेखि पुनः विद्युत् निर्यात सुरु-मन्त्री खड्का

काठमाडौं, १ असार । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ ९जुलाई १५० मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ ९जुन १५० अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत्… पुरा पढौ

ट्रेड टावरकाे आइपीओ बाँडफाँट सम्पन्न, कतिले पाए ?

काठमाडौं, १ असार । ट्रेड टावर लिमिटेडको आइपीओ आज बाँडफाँट गरेकाे छ । साे शेयर बिक्री प्रबन्धक रहेकाे लक्ष्मी सनराइज क्यापिटलकाे कार्यालयमा बिहान बाँडफाँट गरिकाे हाे । कम्पनीले गएकाे जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ खुलाएकाे थियो। कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरकाे माग गरेका थिए । उनीहरुमध्ये १४ हजार ८९७ आवेदन रद्द भएकाे क्यापिटलले… पुरा पढौ

राप्ती हाइड्रोकाे हकप्रद शेयरमा आजदेखि आवेदन खुला

काठमाडौं, १ असार । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आजदेखि हकप्रद शेयर निष्काशन गरेकाे छ । कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको शतप्रतिशत हकप्रद खुलाएकाे हाे । कम्पनीका अनुसार कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता रेुसियाेमा हकप्रद शेयर निष्काशन गरिएकाे हाे । जसमा ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ६१ लाख २७ हजार ९३८ कित्ता शेयर निष्काशन गरिएकाे छ । शेयर निष्काशनकाे प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुकक्लोज… पुरा पढौ

‘पर्यटकको बसाइ बढाउन वेलनेश पर्यटनबाट सहयोग पुग्ने’

काठमाडौं, १ असार । नेपालमा स्पा र वेलनेशमार्फत पर्यटन प्रर्वद्धन गर्न विश्व वेलनेशु दिवस मनाइएको छ । स्पा सङ्घ नेपालले विश्व वेलनेश दिवसका अवसरमा काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि नेपाल पर्यटन वोर्ड भृकुटीमण्डपसम्म प्रभातफेरी आयोजना गरेको हो । विश्व वेलनेश दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले मसाज, स्पा, थेरापी, वेलनेशमार्फत पर्यटन प्रवर्द्धनका लागि स्पा सङ्घ नेपालले खेलेको भूमिका सराहनीय रहेको बताए। उपाध्यक्ष सापकोटाले वेलनेस मनोरञ्जनको साधन नभएर स्वास्थ्य र आर्थिक समृद्धिको आधार हुनसक्ने बताए। उनले नेपालको… पुरा पढौ