मुख्य समाचार

नवनियुक्त गभर्नर डा पौडेलले लिए प्रधानन्यायाधीश राउतबाट शपथ

काठमाडौं, ७ जेठ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा पौडेललाई शपथ ग्रहण गराएका हुन्। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । पुरा पढौ

विकास हाइड्रोको आइपीओमा पर्याे मागभन्दा बढी आवेदन

काठमाडौं, ७ जेठ । विकास हाइड्रोपावरकाे शेयर (आइपीओ) मा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्रीमा ल्याएकाे आइपीओमा रुपैयाँ ६ करोड ६४ लाख ७१ हजार बराबरको आवेदन परेको जनाएकाे छ । सीडीएसले आज बिहान १०ः०७ बजेसम्म २८ हजार ९९९ जना लगानीकर्ताले ६ लाख ६४ हजार ७१० कित्ता माग गरेका छन्। यो माग गरिएकाेभन्दा १.८७ गुणा बढी हो । कम्पनीले मंगलबार, जेठ ६ गते देखि साे शेयर बिक्रीमा ल्याएकाे हाे। यसमा३ करोड ५४ लाख ५५… पुरा पढौ

विकासका काम उच्च प्राथमिकतामा हुनुपर्छ-डा महत

दमौली (तनहुँ), ७ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विकास–निर्माणका कामलाई आफ्नो पार्टीले उच्च महत्व दिएको बताएका छन् । नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटमा उनले कांग्रेसको नेतृत्वमा नै देश विकासको पथमा सशक्त ढङ्गले अघि बढ्ने बताए। पूर्वअर्थमन्त्री महतले लोकप्रिय हुन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए। बजेट छर्ने प्रवृत्तप्रति लक्ष्य गर्दै उनले त्यसो भने। प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता आवश्यक रहेको औँल्याए। कांग्रेस एकताबद्ध भएमा… पुरा पढौ

सुन ताेलाकाे १ लाख ८९ हजार ८ सय, चाँदीकाे भाउ पनि बढ्याे

काठमाडौं, ७ जेठ । एकैदिन सुनकाे भाउ ताेलामा रुपैयाँ ५ हजारले बढेकाे छ । चाँदीमा रुपैयाँ ५० ले बढेकाे छ । साताकाे सुनचाँदीकाे काराेबार हुने चाैथाे दिन आज बुधबार सुनचाँदीकाे भाउमा उच्च वृद्धि भएकाे हाे । नेपाली बजारमा सुनचाँदीको भाउमा उल्लेख्य वृद्धि हुनुमा अन्तराष्ट्रिय बजारकाे प्रभाव मुख्य कारण रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी संघले छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । मंगलबार बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा… पुरा पढौ

बिर्तामोडका सडकमा धमाधम कालोपत्र गरिँदै

झापा, ७ जेठ । सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत रु एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ । विश्व… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७… पुरा पढौ

गभर्नरमा डा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं, ७ जेठ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा दिनेश भट्टराईसहित तीन… पुरा पढौ

प्रधानमन्त्री कप भलिबल भाेलिदेखि पाेखरामा हुने

कास्की, ७ जेठ । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा सहभागी टोलीका खेलाडी पोखरा आउने क्रम सुरु भएको छ । कभर्डहलको आवश्यक मर्मतलगायत काम अन्तिम चरणमा पुगेको अध्यक्ष… पुरा पढौ

जैमिनी सुनसान बन्दै, २ वर्षमा १ हजार ७०९ जनाले गाउँ छाडे

ढोरपाटन (बागलुङ), ६ जेठ । बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन्भने घर जीर्ण बन्दै गएका छन् । सेवासुविधाको खोजीमा गाउँबाट शहर बजार झर्ने प्रचलन बढेको हो । जिल्लामै सबैभन्दा बढी बसाइँसराइ हुने पालिकाका रुपमा जैमिनीलाई लिइन्छ । जैमिनीबाट पछिल्लो दुई वर्षमा ४८२ घरपरिवारका एक हजार ७०९ जनाले गाउँ छाडेका छन् । विसं २०८० मा २६३ घरपरिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन्भने विसं २०८१… पुरा पढौ

नेप्से ४९ अङ्कले बढ्याे, ७ अर्ब ३१ कराेडकाे काराेबार

काठमाडौं, ६ जेठ । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा परिसूचक बढेकाे छ । नेप्से परिसूचक ४९ अंकले बढेर २६८१.३६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ९.६१ अंकले बढेको छ । फ्लोट इण्डेक्स ३.८० अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४० अंकले बढेको छ। नेप्से उकालाे लागेकाे भएपनि कुल कारोबार रकम अघिल्लाे दिनकाेभन्दा कम भएकाे छ । सोमबार ७ अर्ब ३५ करोडको काराेबार भएकाे थियाे । यसदिन ३१० कम्पनीकाे ७३ हजार ५४ पटकको कारोबार हुँदा रुपैयाँ ७ अर्ब ३१ करोड… पुरा पढौ