मुख्य समाचार

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा… पुरा पढौ

‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’

काठमाडौं, ३० जेठ । भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तरराष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ । जहाजले धावनमार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रीको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । दुर्घटनामा… पुरा पढौ

हीरक महोत्सवमा लोक सेवा आयोगः आर्जित छवि र साखलाई बढावा दिन चुनौती

काठमाडौं, ३० जेठ । ‘योग्यता, निष्पक्षता र स्वच्छता’ भन्ने मूल मर्मका साथ अगाडि बढेको लोक सेवा आयोगले आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सवलाई विभिन्न कार्यक्रमको आयोजना गरी ‘हीरक महोत्सव’का रूपमा मनाउने भएको छ । सो अवसर पारेर आयोगले आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरिरहेको छ । नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवाका पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी आयोगको छ । हीरक महोत्सव प्रचारप्रसार… पुरा पढौ

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने, अध्यक्ष ढकाल र सोक लोरबीच सम्झाैता

काठमाडौं, २९ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले यही जुन १० मा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक कार्यक्रममा सो समझदारीपत्रमा हस्ताक्षर गरेको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ । समझदारीपत्रमा दुवै पक्षले रोजगारी, श्रम कानुन, व्यवसायका उत्कृष्ट अभ्यासबारे जानकारी साझेदारी गर्ने, तालिम, अनुसन्धान… पुरा पढौ

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्री ओलीको जोड

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिए। यसका लागि काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको उनको भनाइ थियो । उनले स्वास्थ्य, शिक्षा र अन्य विषयमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनःविचार… पुरा पढौ

नेप्से ९.०८ अङ्कले घट्याे, काराेबार बढेर साढे १२ अर्ब पुग्याे

काठमाडौं, २९ जेठ । साताकाे शेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेपाली शेयर बजारमा गिरावट भएपनि काराेबार भने अघिल्ला दिनहरुकाेभन्दा बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.०८ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशतले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा सीमित भएको छ । विभिन्न तीन सय ११ कम्पनीका दुई करोड ८६ लाख सात हजार ६५८ कित्ता शेयर एक लाख दुई हजार ८९५ पटक खरिद बिक्री हुँदा रु १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१… पुरा पढौ

विश्व बैङ्कको सहयोगमा पोखरामा बन्दैछन् ३ वटा सडक

पाेखरा, २९ जेठ। नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा ३ वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक स्तरोन्नतिको काम भइरहेको हो । पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण अगाडि बढेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए। परियोजनाको सम्झौता पाँच वर्ष रहेकामा हाल एक वर्ष थप भएको उहाँको भनाइ छ । तीन सडकमध्ये शिशुवा–सिसाघाट सडकको भौतिक… पुरा पढौ

साझेदारी र कनेक्टिभिटी नेपाल-भारत साझा समृद्धिका आधारः परराष्ट्रमन्त्री राणा

काठमाडौं, २९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकि छन्। नेपाल–भारत रणनीतिक संवादसम्बन्धी आज काठमाडौँमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीब्रता दिई कनेक्टिभिटीकाे माध्यमले आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्ने बताईन् । नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत् समृद्धिमा रूपान्तरण गर्ने समय आएको उाको भनाइ थियो । उनले भनिन्, “म एउटा यस्तो भविष्यको प्रतिक्षामा… पुरा पढौ

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लव कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क

काठमाडौं,२९ जेष्ठ । ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् । ग्लोबल आइएमई बैंक नेपाली बैंकिङ क्षेत्रमा नयाँ–नयाँ सेवा र स्कीम… पुरा पढौ

तेह्रथुम पावरकाे हकप्रद शेयर असार १६ गतेदेखि आउदै

काठमाडौं, २९ जेठ । तेह्रथुम पावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर खुलाउन लागेकाे जनाएकाे छ । यसअनुसार कम्पनीले अ सार १६ गतेदेखि हकप्रद शेयरकाे बिक्री खुला गर्ने भएको हाे । हाल कायम रहेकाे १ कित्ता शेयर बराबर नयाँ १ कित्ताकाे रेसियाेमा हकप्रद बिक्री गरिने भएकाे छ । कम्पनीले रुपैयाँ ४० करोड बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता बिक्रीमा ल्याउने भएकाे हाे । यसकाे प्रयाेजनका लागि जेठ ५ गते बुकक्लोज भइसकेकाे छ । जसमा जेठ ४ गतेसम्म नेप्सेमा शेयर… पुरा पढौ