मुख्य समाचार

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, २९ जेठ । नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि बिहिबार जेठ ३० गते बुकक्लोज गर्ने जनाएकाे छ। यसक लागि हेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले साे हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। इन्स्योरेन्सलका अनुसार १० कित्ता साधारण शेयर बराबर नयाँ ४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयर खुलाइने भएकाे छ । यसकाे प्रतिशेयर रुपैयाँ १०० अंकित दरकाे ६५… पुरा पढौ

११ करोड लगानीकाे हिमालयन फरेष्ट रिसोर्ट सञ्चालनमा

पाेखरा, २९ जेठ । प्रकृतिप्रेमी पर्यटकलाई लक्ष्य गरी कास्कीको पोखरा महानगरपालिका–३१ पचभैयामा हिमालयन फरेष्ट रिसोर्ट सञ्चालनमा ल्याइएको छ । रु ११ करोड लगानीमा बनेको उक्त रिसोर्टमा ११ जनाले रोजगारी पाएका सञ्चालक प्रमोद भण्डारीले बताए। पोखराको दोस्रो ठूलो ताल बेगनास र रुपाताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधायुक्त रिसोर्ट सञ्चालन गरेको उनको भनाइ छ । रिसोर्टमा विभिन्न श्रेणीका २१ वटा कोठा छन् । “न्यूनतम रु दुई हजारदेखि बढीमा रु पाँच हजार ५०० सम्मका कोठा हामीकहाँ छन्, खानामा पनि स्वदेशी… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १० पैसा र बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५… पुरा पढौ

मनसुनको अवस्था-ठाउँठाउँमा वर्षा, तापक्रम घट्दै

काठमाडौं, २९ जेठ । मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताए। पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढी तातो हुने पनि… पुरा पढौ

दूध र मह बिक्रीबाट मनग्य आम्दानी गर्दै रघुनाथ

गलकोट (बागलुङ), २९ जेठ । बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ । आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती । यसैबाट गाउँमै सम्भावना खोजिरहेका छन्, रघुनाथ पौडेल । उमेरले ६२ वर्ष पुगेका पौडेल र उनका ३३ वर्षीय छोरा राजन पौडेल दिनभर गाईभैँसीको स्याहार र दूध व्यवस्थापनमा व्यस्त हुन्छन् । गाईभैँसीपालन, तिनको मलबाट व्यावसायिक घाँसखेती गर्दै आउनुभएका पौडेल परिवारसँग… पुरा पढौ

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने

काठमाडौं, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिए। मतदान विद्युतीय मेसिनबाट हुनेछ । उनका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ । २४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन… पुरा पढौ

दुई दिनपछि नेप्से ओरालो लाग्याे, करिब १० अर्बको कारोबार

काठमाडौं, २८ जेठ । लगातार दुई दिन उकालाे लागेकाे नेप्सेमा बुधबार ब्रेक लागेकाे छ । दुई दिनकाे याे करेक्सनले लगानीकर्तालाई पर्ख र हेरकाे अवस्थामा पुर्याएकाे छ । नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा रहेकाे छ। सेन्सेटिभ इण्डेक्स ०.६८ अंकले घटेकाे छ । फ्लोट इण्डेक्स ०.७३ अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१२ अंकले बढेको नेप्सेले जनाएकाे छ। यसदिन काराेबार रकम पनि कम भएकाे छ । मंगलबार १० अर्ब १६ करोड बढीकाे काराेबार भएकाे शेयर बजारमा बुधबार ३०७… पुरा पढौ

यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णयहरु (सूचीसहित)

काठमाडौं, २८ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को बैठकले यही जेठ २६ गते गरेको निर्णय सार्वजनिक गरेका छन् । सरकारले कैलालीको लम्कीचुहा अस्पताललाई १५ श्ययाबाट ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले बताए। सरकारले २०८२ जेठ ३१ गतेदेखि असार ६ गतेसम्म इजरायलमा आयोजना हुने ‘मुनि वर्ल्ड एक्स्पो–२०२५’ मा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान… पुरा पढौ

व्यापार तनाव र नीति अन्योलताका कारण विश्व बैङ्कद्वारा आर्थिक सङ्कटको चेतावनी

न्युयोर्क, २८ जेठ । व्यापारमा बढ्दो तनाव र नीति सम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी पूर्वानुमानमा कटौती गरेको जानकारी गराएको छ । विश्व बैंकद्वारा मंगलबार सार्वजनिक गरिएको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदन अनुसार, हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर घटाउने प्रभाव पारेको छ, जसमा सबै भू–भाग र आम्दानी वर्ग समावेश छन् । प्रतिवेदनअनुसार, सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशत बनाइएको छ। यस्तै, सन् २०२६ का लागि यो दर २.७… पुरा पढौ

‘विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती’

वालिङ (स्याङ्जा), २८ जेठ । एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरे । दुई वर्ष रसियामा कृषि क्षेत्रमै काम गरेको अनुभव संगालेका तिवारी आफ्नै ठाउँमा फर्केर व्यवसाय थाल्ने हुटहुटीसहित स्वदेश फर्किए । स्वदेश फर्केको २–३ महिनापछि नै उनी व्यावसायिकरुपमा अकबरे खुर्सानी लगाउने योजना बनाएर अगाडि बढे। “स्थानीय बजारसहित देशैभर र अन्तरराष्ट्रिय बजारमा समेत अकबरे खुर्सानीको माग उच्च रहेको पाएँ”, उनले भने,… पुरा पढौ