काठमाडौं, ११ जेठ । नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । प्राकृतिक सुन्दरताले नै नेपाल संसारको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । नेपालका हिमाल, पर्वतीय सांस्कृतिक, प्राकृतिक, भौगोलिक, जातीय, भाषिक, वातावरणीयलगायतको विविधता रहेको छ । नयाँ ठाउँ हेर्ने, नयाँ कार्य गर्ने, नयाँ विषय खोज्ने तथा बुझ्ने साथै मनको आनन्द लिने कार्य नै पर्यटनको मूल मर्म हो । भौगोलिक विविधता नेपालको विशिष्ट पहिचान हो । नेपाल पर्यटकीय दृष्टिले र पर्यटकीय क्रियाकलापहरूको सम्भावनालाई बढोत्तरी गर्नमा भौगोलिक विविधताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ…
पुरा पढौ