मुख्य समाचार

मेची भन्सार-१० महिनामा १३ अर्ब राजस्व सङ्कलन

भद्रपुर (झापा), ८ जेठ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंका अनुसार चालु आवको वैशाख महिनासम्म रु १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । “गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु १५ अर्ब आठ करोड ६४ लाख… पुरा पढौ

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

गलकोट (बागलुङ), ८ जेठ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् । समुदाय, सहकारी र विद्यालय मिलेर चियाखेती गरेका थिए । रेशको बौर, तिङरिङलगायतका ठाउँमा हाल १६२ रोपनी जग्गामा चियाखेती भइरहेको छ । गत वर्ष नमूनाका रूपमा परम्परागत शैलीबाट चिया उत्पादन गरे पनि यस पटक स्थानीयले चिया उत्पादन गर्ने उपकरण खरिद गरेका छन्भने ७० रोपनी जग्गामा… पुरा पढौ

तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

धरान (सुनसरी), ८ जेठ । शहर नबिउँझिनुअघि नै बिउँझिनुहुन्छ शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्नुहुन्छ । मकै किनेर फेरि धरान । यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ । त्यसपछि सुरु हुन्छ आगो र धुवासँग खेल्न । उहाँले दिनहुँ करिब १६० घोगा मकै पोलेर बेच्नुहुन्छ । एकदिन होइन, दुई दिन पनि होइन, तीन दशकदेखि यस्तै चलिरहेको छ धरान उपमहानगरपालिका–१६ निवासी ५९ वर्षीया श्रेष्ठको दिनचर्या । उमेर ढल्किँदै छ, तर जाँगर उस्तै छ ।… पुरा पढौ

आज चार संसदीय समितिका बैठक बस्दै

काठमाडौं, ८ जेठ। सङ्घीय संसद्अन्र्तगत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्र्तगतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई)बीच छलफल हुनेछ । प्रतिनिधिसभा, सार्वजनिक… पुरा पढौ

१० महिनामा साढे ३ अर्ब बढीकाे चिया निर्यात

भद्रपुर (झापा), ७ जेठ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार रु तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको छ । चालु आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार हुमागाइँले जानकारी दिनुभयो । गत आव २०८०/८१ को सोही अवधिमा रु दुई अर्ब ५२ करोड १० लाख १४ हजार बराबरको चिया निर्यात भएको… पुरा पढौ

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’ जेठ १६ देखि २१ गतेसम्म मनाईने

बेनी (म्याग्दी), ७ जेठ । अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) मा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव आयोजना हुने भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १६ देखि २१ गते ‘अन्नपूर्ण हीरक महोत्सव’ हुने भएको हो । आधार शिविरबाट सुरु हुने म्याराथन प्रतियोगिताको उद्घाटनसँगै मूल समारोह आयोजना हुने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। उनका अनुसार आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक… पुरा पढौ

नेप्से ७.९४ अंकले घट्याे, साढे १० अर्बकाे काराेबार

काठमाडौं, ७ जेठ । बजार खुलेपछि निकै सकारात्मक रुपले अगाडि बढेकाे शेयर बजार बन्द हुँदाकाे अवधिमा भने नकारात्मक बन्याे । पहिलाे प्रहरमा नेप्से २७७२ विन्दुकाे नजिक पुगेकाे थियाे। बढेकाे माैकामा शेयर बिक्रीकाे चाप बढ्याे तर अन्तिम प्रहरमा घटेर बन्द भयाे । अघिल्लाे दिन बुधबार नेप्से ४९.०९ अंकले बढेको थियो । साे समयमा लगानीकर्ताहरु हावी भए। कारोबार रकम राम्राे रह्याे। अब बजार सकारात्मक लयमा जाने अपेक्षा गरिएकाे छ । आज नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ अंकमा झरेकाे छ भने १०… पुरा पढौ

घट्दो नाफाले संकटमा टेलिकम सेवाप्रदायक

काठमाडौं, ७ जेठ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनमा खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले ओरालो लागेको उल्लेख छ । टेलिकमले गत आवको तेस्रो त्रैमासमा रु पाँच अर्ब ५३ करोड ७५ लाख ६२ हजार खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा टेलिकमको खुद नाफा रु दुई अर्ब ६९ करोड ५२ लाख ७३ हजारले घटेर रु दुई अर्ब ८४ करोड २२ लाख ८९ हजारमा सीमित भएको छ । टेलिकमको चालु लगानी… पुरा पढौ

नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्छ: नवनियुक्त गभर्नर डा.पौडेल

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् । वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्दै उनले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारे । “वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ”, उनले भने, “नियमन र सुपरीवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछ । यसका लागि… पुरा पढौ

सङ्घीयता लोकतन्त्रको गहना हो : सांसद सिंह

काठमाडौं, ७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष शेखरकुमार सिंहले संविधान संशोधन गरी मधेसी समुदायको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् । मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित उनले राजनीतिक दलको अबको मुद्दा देशको आर्थिक विकास हुनुपर्नेमा जोड दिए । राष्ट्रियसभा सदस्य सिंहसँग राससका समाचारदाता सुशील दर्नालले गरेकाे कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ । देश निर्माणमा लाग्नुपर्ने युवा विदेश पलायन हुनु राम्रो होइन । तर वैदेशिक रोजगारीको धेरै पाटाहरू छन् । एकातिर देशका युवा विदेश जाँदा विप्रेषण… पुरा पढौ