मुख्य समाचार

राष्ट्र बैंकद्वारा पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस

काठमाडौं, २४ वैशाख । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२ / ८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाईन् । उनुभएको हो । कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराए । सो अवसरमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पु¥याउने बताएको उनको सचिवालयले… पुरा पढौ

नेप्से ६२.२५ अंकले बढ्याे, साढे १० अर्बकाे काराेबार

काठमाडौं, २४ वैशाख । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो । आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाँघेको छ । तीन सय आठ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता शेयर ९९ हजार चीन सय पाँच पटक खरिदबिक्री हुँदा रू… पुरा पढौ

होटल श्रमिक हुँदै मालिक बनेका पर्यटन व्यवसायी पाण्डे

चितवन, २४ वैशाख । उच्च शिक्षा अध्ययनका लागि पोखरा पुग्नुभएका अर्घाखाँचीका ओमप्रकाश पाण्डेलाई अहिले पर्यटन व्यवसाय फलिफाप भएको छ । पर्यटकीय सहर पोखरामा ‘कमाउँदै–पढ्दै’ गर्ने क्रममा २०४५ सालमा होटलबाट काम सुरु गरेका पाण्डे अहिले स्थापित पर्यटन व्यवसायी बनेका छन् । पोखरास्थित होटलको आंशिक रोजगारीबाट यस क्षेत्रमा प्रवेश गरेका पाण्डे अहिले ६ वटा होटलको मालिक बनेर धेरैकाे प्रेरणाका स्रोत बनेका छन् । पोखराका होटल तथा ट्राभल एजेन्सीमा काम गरेको ज्ञान, सीप, अनुभव र सम्पर्कलाई सदुपयोग गर्दै अघि बढेका पर्यटन व्यवसायी पाण्डेले… पुरा पढौ

अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

काठमाडौं, २४ बैशाख । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ ।स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो । अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन् । जसका लागि आफू बसेको ठाउँबाट सेवा… पुरा पढौ

अहिलेकाे सन्दर्भमा पत्रकार र पत्रकारिता (विचार)

काठमाडौं २४ वैशाख । एक पटक कक्षाबाट बाहिरिँदै गर्दा लालदेउसा राई भन्दै हुनुहुन्थ्यो, पत्रकार पहिले जन्मिए, त्यसपछि मात्र संसारमा पत्रपत्रिकाको जन्म भएको हो । केही जिज्ञासु विद्यार्थी कक्षा कोठा बाहिर पनि झ्याम्मिएर उहाँको रमाइलो कुरा सुनिरहेका थिए । हल्का ढङ्गले अभिव्यक्त उहाँको संक्षिप्त र अनौपचारिक तर्कले मलाई पनि तान्यो । तर आज जति जति समय बित्दै जाँदैछ, म उति बुझ्दैछु उहाँले भन्नुभएको कुरा कति गहिरो रहेछ । यदि पत्रकारितालाई सूचना र समाजका विभिन्न तह र तप्काहरुबीचको अन्तरसम्बन्ध अनि एकीकरणको औजार… पुरा पढौ

विद्युत बिक्री बढेपछि अरुण भ्याली हाइड्रोकाे नाफा बढयाे

काठमाडौं, २४ वैशाख । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे नाफामा बृद्धि भएकाे छ । कम्पनीको सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा अघिल्लाे पटककाे भन्दा बढेकाे हाे । चैत मसान्तसम्म विद्युत बिक्री गरेर १९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा २२८.२५ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा ६ करोड १ लाख रुपैयाँ कमाएकाे थियाे। कम्पनीको खुद नाफा ५ हजार ७९९.८८ प्रतिशतले बढेको… पुरा पढौ

देशकाे आर्थिक अवस्था सुधार गर्न जरुरी छः सांसद कोइरी

काठमाडौं, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लक्ष्मी महतो कोइरी मुलुकमा देखापरेका सबै समस्या समाधानको निम्ति सबैभन्दा पहिला देशको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिन्छन्। महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद कोइरीले आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । सांसद कोइरीसँग राससका समाचारदाता सुशील दर्नालले गरेकाे कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ । संविधानको कार्यान्वयन भइरहेको छ । संविधान एकैपटक कार्यान्वयन हुने होइन । यो विस्तारै कार्यान्वयन हुने कुरा हो । यो दश… पुरा पढौ

सुन तोलामा रु १७ सयले बढ्यो

काठमाडाैं, २४ वैशाख । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । साताकाे सुनचाँदीकाे काराेबार हुने चाैथाे दिन आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ । मङ्गलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै… पुरा पढौ

‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

गण्डकी, २४ वैशाख । कास्कीको रुपा गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि खानेपानी समस्या समाधान भएको छ । सोह्र हजार जनसङ्ख्या रहेको उक्त पालिकामा सङ्घ र प्रदेशका साथै अन्य सामाजिक सङ्घसंस्थाको सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको पालिका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिईन् । गाउँपालिकाले खानेपानीलाई व्यवस्थित र दीर्घकालीन बनाउन कार्यविधि बनाएर मुहान दर्ता प्रक्रिया अघि बढाएको छ । पालिकामा हालसम्म आठवटा मुहान दर्ता भएकाे उनले बताईन्। पुरा पढौ

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

काठमाडौ, २४ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् । राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५… पुरा पढौ