मुख्य समाचार

आइपीओ प्रस्तावसहित युनिटेक हाइड्रोपावरकाे एजिएम तय

काठमाडौं, २९ चैत्र । युनिटेक हाइड्रोपावर कम्पनीले साधारण सभा डाकेकाे छ । कम्पनीले शेयर (आइपीओ) निष्काशनकाे प्रस्तावसहित वैशाख २० गते सभा डाकेकाे हाे । साधारण सभा कम्पनीकाे राजिष्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा साे मितिमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा कम्पनीले शेयर खुलाउने बारेकाे प्रस्ताव पेश गर्ने भएकाे छ । यस्तै सभामा आर्थिक वर्ष २०८०-८१ को नाफा नोक्सान लगायतका वित्तीय हिसाब किताबका बारेमा छलफल गरि पारित गरिने भएकाे छ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षककाे नियुक्ति र निजकाे पारिश्रमिक… पुरा पढौ

सानिमा रिलायन्स लाइफकाे संस्थापक शेयर बिक्रीमा

काठमाडौं, २९ चैत्र । सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको १५ लाख ७४ हजार २५१ कित्ता शेयर बिक्रीमा ल्याएको हाे । संस्थापक शेयरमा लगानीका लागि कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गर्न सक्नेछन् । साथै अन्य जो कोही व्यक्ति वा संघ संस्थाहरु शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयरमा लगानीका लागि इच्छुक संस्थापक शेयरधनीहरु आज चैत २९ गतेदेखि १५ दिनसम्म कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा आफुले खरिद गर्न चाहेकाे शेयर खुलाएर… पुरा पढौ

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौं, २९ चैत । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको प्रतिवेदन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारसमक्ष प्रस्तुत गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले आज अर्थमन्त्रालयमा उक्त प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन पेस गर्दै अध्यक्ष खनालले समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार बढ्न नसक्नु, घरजग्गा कारोबार खुम्चिनुलगायत देशको समग्र अर्थतन्त्रमा देखिएका समस्याका कारण आर्थिक अवसर सिर्जना गर्न नसकिएको बताए। “समग्र माग पक्ष कमजोर भएकोले आर्थिक वृद्धि दर सुस्त… पुरा पढौ

नेशनल लाइफ इन्स्योरेन्सको ८५ रुपैयाँसम्मकाे बोनसदर कायम

काठमाडाैं, २९ चैत । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम् ८५ रुपैयाँसम्मकाे बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएर बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।   कम्पनीले जारी गरेको विभिन्न पोलिसीहरुमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको बताएकाे छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ,… पुरा पढौ

म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन

म्याग्दी, २९ चैत । कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ४ सय ५६ दशमलव ५ मेगावाट विद्युत् थपिने छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट पछिल्लो पाँच वर्षमा चारवटा आयोजनाले १११ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाएका छन् । निर्माणाधीन आयोजनामध्ये केही यसै आर्थिक वर्ष र केही आउँदो वर्ष केन्द्रीय प्रसारण लाइनमा जोडिँदै छन् । केही आयोजनाले भने पहुँचमार्ग निर्माण गरी टनेल खन्ने तयारी गरेका छन् । त्यस्तै ४० दशमलव ७… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, २९ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रूपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ६७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ २८ पैसा र बिक्रीदर १६५ रूपैयाँ कायम भएको… पुरा पढौ

विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा

काठमाडौं, २९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले बैंकिङ प्रक्रियाविपरीत कर्जा प्रवाह गरी रु तीन करोड ८७ लाख ९४ हजार ७२४ बराबरको रकम हिनामिना गरेको अभियोगमा नागरिक लगानी कोषका प्रतिनिधि सञ्चालक छविरमण अधिकारी, साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका अध्यक्ष वसन्त मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दाका सम्बन्धमा विशेषले २०८० फागुन १० गते फैसला गरेको… पुरा पढौ

चाइना साउदर्नले काठमाडौं-ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

काठमाडौं, २८ चैत । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौँ ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुने छ । “अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुने छभने जुनदेखि… पुरा पढौ

नेप्से ५.५७ अंकले घट्याे, ५ अर्ब ६३ करोडको कारोबार

काठमाडौं, २८ चैत्र । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुनामा केहि बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.५७ अंकले घटेर २६७०.७० को विन्दुमा झरेको छ । नेप्सेमा ०.२० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डडेक्स ०.१९ अंकले घटेर ४४६.०३ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । यसदिन कसल ३२१… पुरा पढौ

निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने सङ्कल्प प्रकट भएकामा खुसी व्यक्त गरे। उनले निजी क्षेत्र विकासका लागि आत्मविश्वासका साथ अघि बढेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट गरे। “सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश बनाउनुपर्छ ।… पुरा पढौ