मुख्य समाचार

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौं, ५ वैशाख । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५५ पैसा कायम गरिएको… पुरा पढौ

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : भाेलि गण्डकी र काठमाडौं उपाधिका लागि भिड्ने

पाेखरा, ४ वैशाख । पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी हिरोज र सिइसी काठमाडौँ भिड्ने भएका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा आज वर्षाका कारण पहिलो सेमिफाइनल खेल पाँच ओभरको खेलाइएकाेमा काठमाडौँले हिमाल फ्रेण्ड्स क्रिकेट एकेडेमीलाई १० रनले पराजित गरी फाइनल प्रवेश गर्न सफल भयो । यसैगरी दोस्रो सेमिफाइनल खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि खेलको नतिजा टसबाट गरिएकाेमा गण्डकी भाग्यमानी बन्दै उपाधि नजिक पुग्न सफल भयो… पुरा पढौ

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन्। नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताए। उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले… पुरा पढौ

नेप्से २६.४९ अङ्कले बढ्यो, १० अर्ब ७९ कराेडकाे काराेबार

काठमाडौं, ४ वैशाख । साताकाे शेयर काराेबार हुने पाँचाै दिन बिहिबार नेपाली शेयर बजार उकालाेकाे यात्रामा गएकाे छ । यसले लगानीकर्ताकाे मनाेबल बढाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ को कारोबार… पुरा पढौ

ढाकावाङका किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण

अर्घाखाँची, ४ वैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङका मौरीपालक किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरिएको छ । प्रगति किसान सहकारी संस्थामार्फत मौरीपालक किसानको लागत घटाउँदै बढी मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको हो । यहाँ आयोजित एक कार्यक्रमकाबीच भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बञ्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली र सहकारीका अध्यक्ष भुवानन्द भुसालले किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरे। नगरप्रमुुख थापाले आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउन र मौरी संरक्षण गर्न… पुरा पढौ

सन्दर्भ ‘हेमोफिलिया’ दिवस : ‘उपचारमा पर्याप्त औषधि छैन’

काठमाडौं, ४ वैशाख । ‘हेमोफिलिया’का बारेमा जनचेतना एवं रक्तदान कार्यक्रम आयोजना गरी आज आज विश्व हेमोफिलिया दिवस मनाईँदै छ । हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंगाशुणगत समस्या हो । चिकित्सकहरुका अनुसार हेमोफिलिया मानव रक्त तत्वहरुमा कुनै एउटा तत्वको कमी भएर सिर्जना हुने अवस्था हो । यो रोगमा घाउ, चोट, ठक्कर आदिका कारण मात्र नभई आफैँ–आफैँ आन्तरिक रक्तस्राव भइरहने हुन्छ । त्यसैगरी, अत्यधिक पीडा हुने, पटक–पटकको रक्तस्रावका कारण जोर्नी वा मांसपेसीहरु सुन्निने र रक्तस्रावका कारण जोर्नीहरु बिग्रने, जोर्नीहरु बिग्रिएपछि मांसपेशीहरु… पुरा पढौ

विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउँदै नेपाली सेना

कञ्चनपुर, ४ वैशाख । विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउन नेपाली सेनाको भगतपुरस्थित श्रीदल गुल्मले जिल्लास्तरीय सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी तीन दिने तालिम सञ्चालन गरेको छ । शुक्लाफाँटा नगरपालिकामा आयोजित तालिममा नौ वटा स्थानीय तहका विपद् व्यवस्थापन शाखाका कर्मचारी, नेपाली सेनाका जवान, नेपाल स्काउटका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका प्रतिनिधि, एनसिसी क्याडेट, सशस्त्र प्रहरीका जवान र नेपाल प्रहरीका विपद्सम्बन्धी कार्यमा संलग्न जवानहरूको सहभागिता छ । तालिममा सहजीकरण श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेल, कालिरक्षा गण(ई) कैलालीका उपसेनानी… पुरा पढौ

सुनमा ऐतिहासिक रेकर्ड, ताेलाकाे १ लाख ९० हजार ६ सय

काठमाडौं, ४ वैशाख । पछिल्ला दिनहरुमा सुनले नयाँ नयाँ रेकर्डहरु बनाइरहेकाे छ । नेपाली बजारमा सुनचाँदीकाे काराेबार हुने पाँचाै दिन बिहिबार पनि अर्को नयाँ ऐतिहासिक रेकर्ड बनेकाे छ । बिहबार एकैदिन सुन ताेलामा ३ हजार ६ सय रुपैयाँ बढेकाे छ । चाँदीमा रुपैयाँ ५ ले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसिदन सुनमा रुपैयाँ ३ हजार ६ सयले बढेर ताेलाकाे १ लाख ९० हजार ६ सय कायम भएकाे छ । यसअघि बुधबार छापावाल सुन ताेलाकाे १ लाख ८७ हजार… पुरा पढौ

आयोडिनयुक्त नुन सम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा

काठमाडाैं, ४ बैशाख । जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भएपछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ । ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा… पुरा पढौ