मुख्य समाचार

भारतमा सिकेको स्याउखेतीको सीप मुस्ताङमा प्रयोग

जोमसोम (मुस्ताङ), ५ वैशाख । कृषक खेमबहादुर शाहीले हिमाली मुस्ताङको थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीप मुस्ताङमा स्याउको नर्सरी स्थापना गरी प्रयोग गरिरहेका छन् । करिब १४ रोपनी जग्गा भाडामा लिएर ‘केबी शाही फुड्स एण्ड फरावर नर्सरी फार्म दर्ता’ गरी उनले दुई वर्षदेखि स्याउका बिरुवा उत्पदान गरिरहेका छन् । साढे दुई दशकबढी भारतमा स्याउ फार्ममा मजदुरका रूपमा सिकेको सीपलाई ४४ वर्षीय शाहीले मुस्ताङको उर्वर भूमिमा फेरि ब्यूँताउने जमर्को गरे । केबी शाही (खेमबहादुर) जाजरकोट गाउँपालिका–२ निवासी हुन्। शाही… पुरा पढौ

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री ओली

चितवन, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन्। चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताए । प्रधानमन्त्री ओलीले भने, “देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्ण रुपमा लागेका… पुरा पढौ

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

गण्डकी, ५ वैशाख । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताए । मन्त्री लेखकले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्ने बताए। नेपालमा सात दशकको अन्तरालमा सात वटा संविधान बनेको उल्लेख गर्दै उनले वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको धारणा… पुरा पढौ

गभर्नर बन्ने संकेत पाएपछि डा भट्टले दिए कार्यकारी निर्देशक पदबाट राजीनामा

काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने संकेत पाएपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । दलका शिर्ष नेताहरूबीच भएकाे छलफलपछि भट्टकाे नाममा सहमति भएपछि र गभर्नर बन्ने पक्का भएपछि डा भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा भट्ट नाममा सहमति भएको बताइएकाे छ । नेताहरबीचकाे सहमतपपछि उनले राजीनामा दिएका हुन् ।  अब अर्थमन्त्री बिष्णु पौडेलले गभर्नर नियुक्तिका लागि डा भट्टसहित… पुरा पढौ

नेको इन्स्याेरेन्सले २ लाख २५ हजार कित्ता शेयर लिलाम गर्दै

काठमाडौं, ५ वैशाख । नेको इन्स्याेरेन्सले २ लाख २५ हजार २६१.३५ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउदैछ । कम्पनीले वैशाख १२ गतेदेखि साे शेयर बिक्रीमा ल्याउने भएकाे हाे । कम्पनीले संस्थापक समूहको ४३ हजार ७७९.५२ तथा सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३  कित्ता श्सेयर लिलाममा बिक्री गर्न लागेको जनाएकाे छ ।  यसमा लगानी गर्न चाहने लगानीकर्ताले रु १०० लाई आधार मानेर बोलपत्रबाट सहभागी सकिनेछ । संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि बढीमा सबै कित्ताका लागि… पुरा पढौ

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा

बागमती, ५ वैशाख । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए। नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था… पुरा पढौ

सान्भि इनर्जीकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, ५ वैशाख । सान्भि इनर्जीले आजदेखि शेयर आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुलाएकाे हाे । कम्पनीका अनुसार ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ मूल्यमा ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि खुलाएकाे हाे । शेयरमा लगानीका लागि ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बर सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार… पुरा पढौ

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ, ५ वैशाख । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजङ्घा हिरक महोत्सव–२०८२’ भव्य रूपमा आयोजना हुँदैछ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुन लागेको महोत्सव आजदेखि आइतबार (५ देखि ७ गते)सम्म सञ्चालन हुने छ । महोत्सवको उद्घाटन आज गरिने छभने तीनदिने महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत विविध गतिविधि हुनेछन् ।… पुरा पढौ

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेज

काँक्रेविहार (सुर्खेत), ५ वैशाख । कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख देवीलाल सापकोटाले बताए। खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग छन् । दैलेखमा एक हजार ६७५ वटा उद्योग खारेज भएका छन् । दोस्रो खारेजीमा पर्नेमा सुर्खेत छ । सुर्खेतमा एक हजार ४५५ वटा खारेज भएका छन् । कालिकोटमा चार सय ७८, जुम्लामा… पुरा पढौ

लेखा समितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन पेस

काठमाडौं, ५ वैशाख । संसद्को सार्वजनिक लेखा समितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदन पेस भएको छ । समितिले राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा उपसमिति गठन गरेर सो विमानस्थल निर्माणका सम्बन्धमा भएको समग्र पक्षको अध्ययन गरेको थियो । उपसमितिमा सांसद अर्जुननरसिंह केसी, अमनलाल मोदी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, प्रेमबहादुर आले र रामकृष्ण यादव सदस्य थिए। उपसमितिको प्रतिवेदन समितिमा पेस हुने र आवश्यक छलफलपछि निर्णय हुने समितिले जनाएको छ । विभिन्न… पुरा पढौ