मुख्य समाचार

रैथाने खाद्यान्नको ब्राण्डिङ गरी ‘अनदीको खट्टे’ उत्पादन

डुम्रे (तनहुँ), २१ चैत ।भानु नगरपालिका–१२ कवाचितस्थित रुप एण्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘भानुको अनादीको खट्टे’ उत्पादनमा जुटेका छन् । अनादीको चामललाई प्रवद्र्धन र आम्दानीसँग जोड्ने उद्देश्यले फार्मले भानुको अनादीको खट्टे बजारमा ल्याएको हो । जिल्ला तथा नगरपालिका क्षेत्रमा उत्पादित अनादीको धानखेतीमा प्रोत्साहन पु¥याउने लक्ष्यका साथ ब्राण्डिङ गरी अनादीको खट्टे बजारमा ल्याइएको फार्मका सञ्चालक रामकृष्ण अधिकारीले बताए। भानु नगरपालिकाको समन्वयमा अनादी धानलाई खट्टे बनाएर बजार पठाइएको हो । अनादीको धानखेती लोपोन्मुख भएकाले यसको प्रवद्र्धनका लागि अनादीको खट्टे… पुरा पढौ

२५ करोड विदेशी मुद्राका मालिक नारायण पौडेललाई पक्राउ पुर्जी जारी

काठमाडौं, २१ चैत्र । एउटा लाेड गरिएकाे ट्रकबाट प्रहरीले बरामद गरेको २५ करोड बराबरको डलर र युरोका मालिककाे पहिचान गरिएकाे छ । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोक जिल्लाका नारायण पौडेल रहेको बताइएकाे छ । प्रहरीले उनको नाममा पक्राउ पुर्जी जारी गरेकाे छ । गएकाे चैत ४ गते काठमाडौंको टोखाकाे झोरमा रकम लाेड गरेकाे ट्रक अन्यत्रै लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर सिन्धुपाल्चोकका साे ट्रकका चालक ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । पुरा पढौ

सानिमा जीआइसी इन्स्याेरेन्सको एजिएम आज

काठमाडौं, २१ चैत्र । सानिमा जीआइसी इन्स्याेरेन्स साधारण सभा आज बस्दैछ । कम्पनीले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि आज चैत २१ गते सभा बेालाएकाे हाे । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ । सभाले छैटौं साधारण सभाबाट पारित भएकाे २५ प्रतिशत हकप्रद सेयर संशोधन गरेर १७ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमाेदन गर्नेछ । सभामा प्रबन्धपत्र… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रूपैयाँ १० पैसा कायम… पुरा पढौ

भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशत

काँक्रेविहार (सुर्खेत), २१ चैत । आर्थिक वर्ष २०७१÷७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पु¥याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३ दशमलव सात प्रतिशत पुगेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२ दशमलव दुई किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसाल्न लागिएको छ । छयालिस मेगावाट विद्युत् उत्पादनसहित बाँके र… पुरा पढौ

काठमाडौंको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

काठमाडौं, २१ चैत। विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन् । हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन्। बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार… पुरा पढौ

नेप्से २३.८६ अंकले बढ्याे, ५ अर्ब ४४ कराेडकाे काराेबार

काठमाडौं, २० चैत्र । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्सेमा सकारात्मक माहाेल देखिएकाे छ । अघिल्लाे दिन सामान्य करेक्सन भएकाेमा त्यसकाे भाेलिपल्टै उकालाे लागेकाे छ । नेप्से २३.८६ अंकले बढेर २७००.०४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ । फ्लोट इण्डेक्स ०.८३ अंक तथा सेन्सेटिभ इण्डेक्स ०.४५ अंकले बढेको नेप्सेले जनाएको छ । आज कारोबार रकम घटेको छ। मंगलबार ५ अर्ब ७९ करोडको काराेबार भबृद्धि आज ३१८ वटा कम्पनीको काराेबार भएकाे छ । ५३ हजार ८८४ पटकको कारोबार… पुरा पढौ

नेपाल र थाइल्याण्डबीच ८ वटा समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, २० चैत । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरे। सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए । दुवै… पुरा पढौ

नेपाल उद्योग परिसङ्घ र थाई उद्योग महासङ्घबीच लगानी प्रवर्द्धनसम्बन्धी समझदारी

काठमाडौ, २० चैत। नेपाल उद्योग परिसङ्घ (सिएनआई) र थाई उद्योग महासङ्घ (एफटीआई) बीच लगानी प्रवद्र्धन तथा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणका क्रममा दुई देशका निजी क्षेत्रबीच लगानी प्रवद्र्धन, आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि समझदारी भएको सिएनआईले जनाएको छ । समझदारीपत्रमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरे। “लगानी तथा व्यापार प्रवद्र्धनसँगै आर्थिक तथा व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदान–प्रदानलगायतमा सहकार्य गर्न… पुरा पढौ

स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

काठमाडौं, २० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेपनि स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य निषेधित भएको बताएका छन् । सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालको हीरक महोत्सवलाई आज सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने बताउँदै संविधानको व्यवस्था, मर्म र भावना कसैले भुल्न नहुने स्पष्ट पारे। राष्ट्रपति पौडेलले भने।, “नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेको छ । स्वतन्त्रताको नाममा हिंसा,… पुरा पढौ