मुख्य समाचार

सिटिजन्स बैंकका ७९ जना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

काठमाडाैं, १ चैत । सिटिजन्स बैंकका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरिएकाे छ । १८ वर्ष अघि २०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको हाे । आज (चैत्र १) गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले अठारौँ वर्ष पुरा गरी उन्नाइसौँ वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी… पुरा पढौ

सरकारको आम्दानी भन्दा खर्च बढी, ८ महिनामा विकास खर्च २३ प्रतिशत मात्रै

काठमाडौं, १ चैत । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक सम्म सरकारको आम्दानी भन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । दाेस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा १ खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ । त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन… पुरा पढौ

महिलाका सवालमा हाम्रो संविधान उत्कृष्ट छः सांसद घिमिरे (अन्तर्वार्ता)

काठमाडौं, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष हुनुहुन्छ । उहाँ २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएको थियो । विसं २०४७ मा अखिल नेपाल महिला सङ्घ हुँदै राजनीतिमा प्रवेश गर्नुभएकी उपाध्यक्ष घिमिरे २०६८ मा एमालेको कपिलवस्तु जिल्ला कमिटी सचिव, २०६६ मा पार्टी जिल्ला कमिटी उपसचिव, २०६२ मा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र २०५९ मा जिल्ला कमिटी सदस्य भएर काम गरिसक्नुभएको छ । उपाध्यक्ष घिमिरेसँग राष्ट्रियसभाको सदस्य र उपाध्यक्ष हुँदाको अनुभव, राष्ट्रियसभाका… पुरा पढौ

अमेरिकाबाट फर्किएर कृषि उद्यम गर्दै सुशील

म्याग्दी, १ चैत । मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन्। हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्नुहुने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुख्र्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गरेका हुन्। मङ्गला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गरेका छन् । “हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका… पुरा पढौ

प्रधानमन्त्रीद्वारा साहित्यकार क्षेत्रीको निधनमा शोक व्यक्त

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उनका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन् । “लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उनको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, आसाम, मेघालय र भुटानतिर बसाइँ सर्न… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, १ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८० रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५८ रुपैयाँ १५… पुरा पढौ

तराई तथा मधेसमा आज होली मनाइँदै

नवलपरासी, १ चैत । रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई… पुरा पढौ

उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं, १ चैत । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै… पुरा पढौ

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौं, २९ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन्। भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि आज नयाँ दिल्ली पुगेको उनको सचिवालयले जनाएको छ । मन्त्री डा राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले स्वागत गरे। मन्त्री डा राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ… पुरा पढौ

स्वरोजगार लघुवित्तको एफपीओ चैत १ गते बाँडफाँड गरिने

काठमाडौं, २९ फागुन । स्वरोजगार लघुवित्त वित्तीय संस्थाकाे एफपीओ चैत १ गते, शुक्रबार बाँडफाँड गरिने भएको छ । बिक्री प्रबन्धक रहेकाे एनएमबि क्यापिटलले जनाए अनुसार साे दिन बिहान १० बजे बालुवाटारमा रहेकाे कार्यालयमा एफपीओ बाँडफाँड गरिने भएकाे छ ।  स्वरोजगारको एफपीओमा मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेकोले शेयर हात पार्न भाग्यमै लेखिएकाे मान्नु पर्नेछ । एफपीओकाे बाँडफाँड गोलाप्रथाबाट गरिने भएकाे छ । एफपीओ १८ लाख ८२ हजार ४२२ जना लगानीकर्ताले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ता माग गरेका छन्… पुरा पढौ