मुख्य समाचार

राष्ट्रिय राजमार्ग निर्माणका गतिरोध हटाउदै कार्य भइरहेको छ: मन्त्री दाहाल

काठमाडौं, २१ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल राष्ट्रियसभाको सदस्य पनि हुनुहुन्छ । विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मेका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ को स्थायी बसोबासी हुन्। नेपाल कम्युनष्टि पार्टी (एमाले)बाट मन्त्री बनेका दाहाल पार्टीको पोलिटब्यूरो सदस्य हुन्। उनले पञ्चायती व्यवस्थाविरुद्ध विसं २०३६ मा सुरु भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए । लामो समय झापा जिल्लाको राजनीतिमा रहेर विभिन्न तहको जिम्मेवारी पूरा गरेका मन्त्री दाहाल सङ्गठन सञ्चालन काम गर्ने क्रममा २०४५ सालदेखि तत्कालीन नेपाल… पुरा पढौ

सुनमा रु ९ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, २१ फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ९ सय तथा चाँदीमा रुपैयाँ १० ले बढेको जनाएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको… पुरा पढौ

नेपाल माइक्रो इन्स्याेरेन्सको शेयर बाँडफाँड भोलि

काठमाडौं, २१ फागुन । नेपाल माइक्रो इन्स्याेरेन्सको शेयर (आइपीओ) भाेलि बिहीबार बाँडफाँड गरिने भएकाे छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले बिहान ८.३० बजे लाजिम्पाटमा रहेकाे कार्यालयमा आइपीओ बाँडफाँड गर्ने बताएकाे छ ।  आइपीओमा मागभन्दा धेरै आवेदन परेकाेले शेयर पाउन मुस्किल नै हुनेछ । मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको थियाे । शेयरकाे गोलाप्रथाबाट बाँडफाँड हुने भएकाे छ । शेयरमा १९ लाख ९७७ लगानीकर्ताले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए। उनीहरूमध्ये १ लाख ८४ हजार… पुरा पढौ

यस्तो छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २१ फागुन। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९५ पैसा, स्विस फ्र्याङ्क… पुरा पढौ

ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौं, २१ फागुन । ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिवादी कलाधर देउजासमेत रहेको विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएको भनी पुनरावेदन गरेको हो । आयोगले २०७६ माघ २२ गते विशेषमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेषले २०८० फागुन ३ गते केहीलाई… पुरा पढौ

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

काठमाडौं, २१ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका अन्य भागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ । बिहीबार बिहान… पुरा पढौ

‘कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै, सतर्कता अपनाउनुस्’-डा पुन

काठमाडौं, २० फागुन । वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो । दुईहप्ता घरमै आराम गरेर निको भए पनि उनलाई हल्का खोकी अझै लागिरहेको छ । भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लू (इन्फ्लुएन्जा) कडा महसुस गरिन्। उनले लामो समयसम्म खोकी लागिरहने समस्या पहिलो पटक भोग्नुपरेको सुनाइन्। “खोकी एकदमै लामो समयसम्म लागिरहेको छ । एक हप्ता टाउको उठाउनै सकिन । जीउ आलस्य र एकदमै कमजोर भएको छ”, खड्काले भनिन्।… पुरा पढौ

टीकाथलीमा बोरिङ खन्दा ग्यास लिकेज, स्थानीय त्रसित

ललितपुर (गोदावरी), २० फागुन । टीकाथली क्षेत्रमा बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’ भएपछि स्थानीय जनता त्रसित भएका छन् । घटनापछि ग्यास अन्वेषण तथा भण्डारण, बस्ती व्यवस्थापनलगायत विषयमा स्थानीयवासी विचारविमर्श गरिरहेका छन् । महालक्ष्मी नगरपालिका–५, टीकाथलीस्थित बुजुर्ग खोला करिडोर क्षेत्रमा खानेपानीका लागि ‘बोरिङ’ गर्नेक्रममा ग्यास निस्केपछि यसै विषयमा केन्द्रित भई तर्कवितर्क सुरु हुन थालेको हो । स्थानीय बासिन्दा महेश महर्जनले खानेपानीका लागि बोरिङ गर्ने सिलसिलामा करिब २७५ मिटर गहिराइमा पुगेपछि एक्कासी ग्यास लिकेज भई आगोको लप्का निस्केको घटनात्रलाई सामान्य रुपमा लिन… पुरा पढौ

खाना पकाउने ग्यासकाे भाउ १२ रूपैयाँ ७५ पैसाले बढ्याे

काठमाडौं, २० फागुन । ग्यासकाे मूल्य समायाेजन गर्ने सहमति भएपछि खाना पकाउने एलपि ग्यासकाे भाउ बढेकाे छ । सरकारले आन्दोलनरत ग्यास उद्याेगीसंग १२ रूपैयाँ ७५ पैसा मूल्य बढाउने बारेमा सहमित भएपछि अब उपभाेक्ताले साविक मूल्यमा थप १२ रूपैयाँ ७५ पैसा व्ययभार व्यहाेर्नु पर्रे भएकाे छ । ग्यास उद्याेगीहरू तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितको सरकारी वार्ता टोलीबीच १२ रूपैयाँ ७५ पैसा मूल्य समायाेजन गर्ने सहमति भएपछि उद्योगीहरूको आन्दोलन फिर्ता भएकाे छ । संघले माघ २४ गते… पुरा पढौ

शेयर बजार राताम्मै, करिब १३ अर्बकाे काराेबार

काठमाडौं, २० फागुन । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार शेयर बजार राताम्मै भएको छ । कारोबार रकम अघिल्ला दिनको तुलनामा केहि घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक ३०.३६ अंकले घटेर २८४६.३० विन्दुमा झरेको छ । नेप्सेमा १.०५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.३१ अंकले घटेर ४७५.२७ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये सबैमा रातो लागेको छ । कुल ३१८ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयरको… पुरा पढौ