मुख्य समाचार

डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको घट्यो

काठमाडौं, २५ पुस । सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ । समितिका अनुसार बुधबार थोकमा डल्ले च्याउ प्रतिकेजी अधिकतम रु दुई सय ८० तोकिएकामा आजका लागि रु तीन सय ३० तोकिएको छ । साथै घिउ सिमीको मूल्य आज प्रतिकेजी रु २५ ले घटेर रु ५० कायम… पुरा पढौ

लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै

पाेखरा, २५ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरे । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको… पुरा पढौ

अमेरिकी डलरकाे भाउ बढ्दै, अन्यकाे कति ?

काठमाडौं, २५ पुस । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ३५ पैसा, स्विस… पुरा पढौ

एचएमपिभी भाइरसबाट आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं, २५ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ । “जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता… पुरा पढौ

मध्यपहाडी लोकमार्ग-कास्की-बागलुङखण्ड १९३ किमि कालोपत्र

गण्डकी, २५ पुस । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किमि सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । लमजुङसँगको सिमानामा पर्ने कास्कीको भैँसेदेखि रुदीखोलासम्म १६ किमि सडक भने पर्वतस्थित आयोजना कार्यालयका प्रमुख… पुरा पढौ

नेप्सेमा ६.५३ अंकको बृद्धि, ६ अर्ब ४० करोडको कारोबार

काठमाडौं, २४ पुस । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजार सकारात्मक देखिएको छ । नेप्सेमा भएको सामान्य सुधारले लगानीकर्ताहरुलाई अब बजार स्थिर हुन्छकि भन्ने आशा जगाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा पुगेको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.०१ अंकले बढेर ४५१.५० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ६ वटामा हरियो लागेको छ । बाँकी रहेका ७ वटामा रातो लागेको छ । कुल ३०५ कम्पनीहरुको… पुरा पढौ

बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २४ पुस । बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् । हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उनले बताए। बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहराले बताए। पुरा पढौ

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को आग्रह

काठमाडौं, २४ पुस । नेपाल निर्माण उद्योग परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहितका पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्कामा मूल्य समायोजनलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउनेगरी काम गर्न… पुरा पढौ

त्रैमासिक समीक्षाःआर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित

काठमाडौं, २४ पुसः चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) तीन दशमलव चार प्रतिशतमा खुम्चिएको छ । गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा तीन दशमलव चार प्रतिशत मात्र हासिल भएको हो । अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छभने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ । चालु… पुरा पढौ

राष्ट्र बैंकका २६ निर्देशकको विभागीय सरूवा

काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकका विभिन्न विभागका निर्देशकहरूको सरुवा गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीले एकैपटक २६ जना निर्देशकहरुको सरुवा गरेका हुन्। हाल नियमन विभाग रहेका निर्देशक डा. सत्येन्द्र तिमिल्सिनालाई गभर्नरको कार्यालयमा तानिएको छ भने उनको ठाउँमा नियमन विभागमा नेपालगन्ज कार्यालयमा रहेका देवेन्द्र गौतमलाई ल्याइएको छ। नियमनका रहेका राजनदेव भट्टराईलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ। बैंक सुपरिवेक्षणका सुदीप फुयाललाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ। वीरगन्ज कार्यालयका शरणकुमार अधिकारीलाई गैरबैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागमा ल्याइएको छ।… पुरा पढौ