मुख्य समाचार

मुग्लिन–नौबिसे सडक दिउँसोमा एक साता आंशिक बन्द हुने

चितवन, ५ पुस । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इ.विजय दरइका अनुसार बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सवारी रोकेर काम गर्न लागिएको हो । उनका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने… पुरा पढौ

नेपाल चिया बिकास निगमले आइपीओ जारी गर्ने

काठमाडौं, ५ पुस । नेपाल चिया बिकास निगम लिमिटेडले आइपीओ जारी गर्ने भएकाे छ । निगमले सर्वसाधारणका लागि खुलाउने साे शेयर बिक्रीकाे पस्ताव आगामी साधारण सभामा राख्ने भएकाे छ । सभा यही पुस २९ गते डाकिएकाे छ । निगमकाे सञ्चालक समितिको पुस २ गते बसेकाे १८५औं बैठकले शेयर खुलाउने निर्णय गर्दै साधारण सभाकाे मिति तय गरेकाे हाे । साे सभा होटल रोयलसिंधिं, कमलादी, काठमाडौंमा अपरान्ह ४ः३० बजे बाेलाइएकाे छ । सभाबाट निगमको चुक्ता पुँजी बृद्धि गर्ने, सर्वसाधारणलाई शेयर बिक्री गर्ने, सञ्चालक… पुरा पढौ

सुनको भाउ घट्दै, आज तोलाको १ लाख ४८ हजार ५ सय

काठमाडौं, ५ पुस । आज पनि सुनचाँदीको भाउमा गिरावट भएको छ । साताको सुनचाँदीको कारोबार हुने छैंटौ दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेर अघिल्लो दिनकोभन्दा तल झरेको छ । नेपाल सुनचाँँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको हो । छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको… पुरा पढौ

महुली लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुला

काठमाडौं, ५ पुस । महुली लघुवित्त वित्तीय संस्थाकाे एफपीओमा आज आजदेखि आवेदन खुल्ला भएकाे छ । लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ खुलाएकाे हाे । यसका लागि लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।  आवेदन दिने मिति पुस ९ गतेसम्म ताेकिएकाे छ । सो मितिसम्म पूरा आवेदन नपरेमा पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्तले घटपीमा १० तथा बढीमा १ हजार कित्ताका… पुरा पढौ

प्रथम चौमासिकमा १२४ अर्बको सामग्री आयात, १२ अर्ब बढी राजस्व संकलन

रसुवा, ५ पुस । केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाएका छन् । स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, खेलौना गरी विविध प्रकारका मालसामान आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका दुई सयभन्दा बढी कन्टेनर भन्सार प्रकृयामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद… पुरा पढौ

अमेरिकी डलरले रेकर्ड बनाउदै, युरो र पाउण्ड घट्याे

काठमाडौं, ५ पुस । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा कायम भएको… पुरा पढौ

महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसनबीच उत्पादन प्रवर्द्धन गर्ने समझदारी

काठमाडौं, ५ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसन (कोइमा)बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्ने विषयक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवाङ्ग कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवर्द्धन र सर्वसाधारणलाई सुलभ रूपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्थाका रूपमा स्थापित छ… पुरा पढौ

विशेष कार्यक्रमसहित इप्पानले रजत महोत्सव मनाउने

काठमाडौं, ५ पुस । मुलुकको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत महोत्सव मनाउने भएको छ । इप्पानले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो । इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत महोत्सव , २०८१’ भव्यताका साथ मनाउन विभिन्न समिति बनाएर कार्यक्रमको तयारी अघि बढाइसकेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए। लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र पाँच सयभन्दा… पुरा पढौ

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच लगानी बिस्तारमा सहकार्य हुने

काठमाडौं, ४ पौष । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरि त्यहाँ उत्पादन नहुने सामान आयात गरि औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो । आयातलाई… पुरा पढौ

नेप्सेमा ३१.२४ अंकको गिरावट, पौने ५ अर्बको कारोबार

काठमाडौं, ४ पुस । साताको शेयर कारोबार हुने अन्तिम तथा पाँचौ दिन बिहिबार नेपाली शेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा झरेको छ । नेप्सेमा १.१९ प्रतिशतले बृृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.३५ अंकले घटेर ४४५.७७ विन्दुमा रहेको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । यसदिन कुल ३१० कम्पनीहरुको शेयर खरिदबिक्री भएको छ । उनीहरुको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ७६ करोड २ लाख… पुरा पढौ