मुख्य समाचार

कोप-२९ मा नेपालको सहभागिता प्रभावकारी-मन्त्री शाही

काठमाडौं, ४ मङ्सिर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले अजरबैजानको बाकुमा जारी जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (यूएनएफसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा नेपालको सहभागिता प्रभावकारी रुपमा भइरहेको बताएका छन् । उक्त सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कने क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सम्मेलनमा नेपालले प्राथमिकताका साथ आफ्ना मुद्दा उठाइरहेको र सोही विषयसँग सम्बन्धित विभिन्न उच्चस्तरीय भेटवार्तासमेत भएको बताए। उक्त सम्मेलनमा नेपाललाई जलवायु सङ्कटसँग जुध्नका लागि विभिन्न अनुदान उपलब्ध गराउनेलगायतका विषयमा सम्झौतासमेत भएका छन् । सम्मेलनमा मन्त्रालयलका… पुरा पढौ

लुम्बिनी लगानी भित्र्याउन दातृ निकायसँग छलफल

लुम्बिनी, ४ मङ्सिर । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज ब्रिटिस राजदूतावासका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गर्दै प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरे । सरकारले लगानीको वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका योजनामा साझेदारी गर्न उनले अनुरोध गरे। प्रदेश राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमूना सहर बनाउन लगानी… पुरा पढौ

तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो

काठमाडौं, ४ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई रू चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) रू चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ ।… पुरा पढौ

आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण

काठमाडौं, ४ मङ्सिर । यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ । सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ । सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन चापागाईँले सो पुरस्कार ग्रहण गरेको आइएफआरसीले जनाएको छ । आइएफआरसीको सर्वाेच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुन्। रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उनले अतुलनीय नेतृत्व… पुरा पढौ

सुनमा रु ११ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, ४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ११ सयले बढेको जानकारी गराएकाे छ । चाँदीमा रुपैयाँ ३५ ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ ३५… पुरा पढौ

अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

काठमाडौं, ४ मङ्सिर । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ । विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय… पुरा पढौ

पहिलो चार महिनामा रु २ अर्ब २० करोडकाे चिया निर्यात

भद्रपुर (झापा), ४ मङ्सिर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। चालु आवको पहिलो चार महिनामा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ ।… पुरा पढौ

प्राकृतिक विपद्ः ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी

काठमाडौं, ४ मङ्सिर । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ । बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन् । प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ… पुरा पढौ

प्रभु केवलकार एण्ड टुरिजमकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडाैं, ४ मंसिर । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले शेयर खुलाउन कुमारी क्यापिटल लिमिटेडलाई शेयर निश्काशन तथा बिक्री प्रबन्धक ताेकेकाे छ । यसका लागि दुबै कम्पनीबीच सम्झौता गरिएकाे छ । सम्झौता भएपछि रूपैयाँ ३० करोड राबरको शेयर निष्काशनकाे प्रकृया शुरू भएकाे छ ।  प्रभु ग्रुप्स एण्ड कम्पनीका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडसहित चार कम्पनीको लगानीमा प्रभु केवलकार निर्माण गरिएकाे हाे… पुरा पढौ

फिस्टेल आईभिएफ फर्टिलिटि सेन्टर सोमबारदेखि संचालनमा, ‘अब आशाको किरण जगाउँछु’ : डा.हिराचन

पोखरा, ३ मंसिर । पोखराको गैह्रापाटनमा रहेको फिष्टेल हस्पिटलमा सोमबारदेखि फिस्टेल आईभिएफ फर्टिलिटि सेन्टर संचालनमा आएको छ । फिस्टेल हस्पिटलको तेश्रो तल्लामा सेवा प्रारम्भ गरिएको फिष्टल आईभिएफ केन्द्रको आज बिहान फिस्टेल हस्पिटलका मेडिकल डिरेक्टर दिपेश कार्किले स्त्री तथा प्रसुती र बाँझोपन रोग विशेषज्ञ डा.अनु हिराचन, डा राजिब लालचनका साथमा रिबन काटेर शुभारम्भ गरेका हुन् । यसअघि शुभसाईतमा पूजा गरिएको थियो । म मेडिकल कलेजमा काम गर्दाखेरि मलाई बाँझोपनको विषयले निकै छोयो । धेरैजना दम्पितीहरुले बाँझोपनसंग संघर्ष गरिरहेको पाएँ । उहाँहरुको… पुरा पढौ